YouthCAN.org को वार्षिक साझेदारी कार्यक्रमले नेपालमा युवा नेतृत्वमा भएको जलवायु क्रियाकलापर हरित वृद्धिको तीन वर्षको यात्रामा प्रकाश पार्यो

इनेप्लिज २०८१ फागुन १० गते १८:०१ मा प्रकाशित

काठमाडौं, २१ फेब्रुअरी २०२५ 

युथ इनोभेशन ल्याब र यसका  साझेदार संस्थाहरू Restless Development, CREASION र CDMS
ले, युरोपियन युनियनको सहयोगमा, नेपाली युवाको जलवायु क्रियाकलाप र हरित  वृद्धि (YouthCAN.org) को तेस्रो वार्षिक साझेदारी कार्यक्रमको सफलतापूर्वक आयोजना गरेका छन्।विगत तीन वर्षमा, यस पहलले हजारौं नेपाली युवाहरूलाई सशक्त बनाएको छ, जसले उनीहरूलाई जलवायु क्रियाकलाप, शासन र हरित उद्यमितामा  संलग्न हुन प्रोत्साहित गरेको छ। 


यस कार्यक्रमले यस परियोजनाको उल्लेखनीय उपलब्धिहरु र प्रभावलाई मनाएको छ, जसले मधेश, कर्णाली, र सुदूरपश्चिम प्रदेशहरूमा ७,९२१ युवा, १,४४४ सरकारी प्रतिनिधि, र १०,५५३ समुदाय सदस्यहरूलाई सक्रिय रूपमा संलग्न गराएको छ। यस कार्यक्रमले स्थानीय स्तरमा नीतिगत परिवर्तन, जलवायु-अनुकूल उद्यमहरू, र दृढ प्राकृतिक प्रकोप प्रतिरोधक ढाँचा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। 


कार्यक्रमको मुख्य आकर्षणको रूपमा, एक इनोभेशन वाक प्रस्तुत गरिएको थियो, जहाँ सहभागीहरूले क्लाइमेट फेलोहरूका अनुभव, डिजिटल स्वयंसेवकहरूको माध्यमबाट TagMe जस्ता डाटा-आधारित वकालत पहलहरू र इनोभेशन ग्रान्ट विजेताहरूका सफलताका कथाहरू प्रदर्शित गरे।यस अवसरको एक प्रमुख आकर्षण युथ प्रोफाइलको शुभारम्भ थियो, जसले नेपालमा जलवायु क्रियाकलापमा अग्रणी युवा चेंजमेकर्सहरुको प्रेरणादायक कथाहरु दस्तावेजीकरण गरेको छ।

 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि यूरोपीय संघकी राजदूत महामहिम भेरोनिक लोरेंजोले भनिन्, “जलवायु परिवर्तन विरुद्धको लडाइँ हामी सबैको जिम्मेवारी हो, र जलवायु अनुकूल उद्यमहरूमा युवाले आफ्ना विचारहरू रूपान्तरण गर्नु निर्णायक छ। नीति निर्माताहरू, उद्यमीहरू र समुदायहरू बीचको सहकार्य नै दिगो र सहनशील भविष्य निर्माणको प्रमुख कुञ्जी हो। 

२०२२ मा सुरु भएदेखि YouthCAN.org ले नेपालमा जलवायु क्रियाकलापको परिप्रेक्ष्यमा महत्वपूर्ण योगदान पुर्याएको छ, जसमध्ये प्रमुख उपलब्धिहरू यस प्रकार छन्: ४,२७४ महत्त्वपूर्ण संरचनाहरूको म्यापिङ गरियो जसले आपत्ति तयारीमा सुधार ल्याएको छ, ३,११० भूस्खलन-संवेदनशील क्षेत्रहरूको पहिचान गरियो, ५,००५ फोहोर डम्पिङ स्थलहरूको म्यापिङ गरियो, ३० क्लाइमेट फेलोहरूलाई स्थानीय तहमा नियुक्त गरियो जसले नीति कार्यान्वयनलाई समर्थन गरेको छ, २७ स्थानीय आपत्ति र जलवायु सहनशीलता योजना (LDCRPs) विकास गरियो र जलवायु स्मार्ट उद्यमशीलता मार्फत ६ नवप्रवर्तक उद्यमीहरूको समर्थन गरिएको छ। थप रूपमा, १,५५० भन्दा बढी भूस्खलन डाटा पोइन्टहरू सङ्कलन गरिएको छ जसले आपतकालीन प्रतिक्रिया प्रक्रियामा सहयोग पुर्याएको छ। 


कार्यक्रममा बोल्दै युथ इनोभेशन ल्याबकी परियोजना प्रमुख गोमा कार्कीले जलवायु क्रियाकलापमा नेपाली युवाहरूको भूमिका र शासन, डिजिटल वकालत र नवीनताको माध्यमबाट दिगो भविष्य निर्माणमा गरेको योगदानको महत्त्वलाई जोड दिइन्। 


फेलोको भूमिकालाई बिशेष टिप्पणी गर्दै दोधारा चाँदनी नगरपालिकाका मेयर श्री किशोर कुमार लिम्बूले भन्नुभयो, “नगरपालिकामा एक समर्पित फेलोको नियुक्ति र उनले संकलन गरेको डेटा प्रभावकारी विपद्व्य वस्थापन योजनामा महत्वपूर्ण साबित भयो। हालैको समयमा ६२४ मिमीको उच्चतम वर्षा भए तापनि, हाम्रो नगरपालिकाले सफलतापूर्वक विपद्को प्रभाव न्यून गर्न सक्यो, जसका कारण त्यसताका कुनै पनि मानविय क्षति भएन।” 


मुख्य वक्ता तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का प्रमुख कार्यकारी अधिकृत डा. भीष्म कुमार भुसालले डेटा-आधारित निर्णय प्रक्रियाको महत्वलाई उजागर गर्नुभयो र दिगो उद्यमशीलतामा युवा उद्यमीहरूको नविन सोचको प्रशंसा गर्नुभयो। उहाँले मेन्टरहरुको योगदानको कदर गर्दै नेतृत्वमा महिलाहरूको भूमिकाको महत्त्वलाई पनि उल्लेख गर्नुभयो र युवाहरुलाई प्रोत्साहित गर्दै भन्नुभयो, “धेरै नविन विचारहरू असफल हुन सक्छन्, तर असफलताबाट भाग्न हुँदैन। हामीसँग अन्वेषण गर्न लाखौँ नयाँ विचारहरू छन्, त्यसैले हार नमान्नुहोस्। नयाँ सुरू गर्नुहोस्, मेहनत गर्नुहोस्, र निरन्तर अगाडि बढ्नुहोस्।” 

युथ इनोभेशन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले युरोपियन युनियन र अन्य सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै जलवायु परिवर्तन, उद्यमिता, र डिजिटल वकालतमा युवाहरूलाई सशक्त बनाउने संस्थाको प्रतिबद्धता जनाए। 


थप जानकारीको लागि सम्पर्क गर्नुहोस्: 
Youth Innovation Lab 
Bashidhar Marga, Kathmandu Nepal 

फोन: +977 9851115919 
ईमेल: [email protected] 
तत्काल सम्पर्क 
Goma Karki, Project Lead, +977 9840401567 
ईमेल: [email protected]

प्रतिक्रिया