रछानमा मिल्काइएका तत्वहरू पूनरागमनको दिवासपनामा छन् पूर्वराजा ज्ञानेन्द्रलक्षित प्रचण्डको टिप्पणी

इनेप्लिज २०८१ फागुन १० गते १०:५० मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्रलक्षित प्रचण्डको टिप्पणीः इतिहासको रछानमा मिल्काइएका तत्वहरू पूनरागमनको दिवासपनामा छन्
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको पर्फर्मेन्स दिनप्रतिदिन घट्दै गएको र जनतामा आक्रोशको बढ्दै गएको टिप्पणी गरेका छन् । आज (शनिबार) माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै उनले यसरी जनतामाझ बढ्दै गएको सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो किसिमले प्रयोग गर्ने कोशिस गरिरहेको बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको शुभकामना वक्तव्यतर्फलक्षित गर्दै उनले सरकारको असक्षमताका कारण इतिहासको रछानमा मिल्काइएका तत्वहरुपनि पुनरागमनको दिवा सपना देखेर कराउन थालेको बताए । उनले त्यस्ता खालका प्रचार–प्रसारसमेत भइरहेको भन्दै विशेष ध्यान पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

‘सरकारको पर्फर्मेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ । जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आ–आफ्नो हिसाबले प्रयोग गर्ने कोशिस पनि गरिरहेकै छन् । मलाई लाग्छ– तपाईँहरु सबैले यो कुरालाई पनि महशुस गरिराख्नु भएकै छ ।’ प्रचण्डले भने, ‘इतिहासको रछानमा मिल्काइएका तत्वहरु पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवा सपनामा छन् । त्यसका खालका प्रचारवाजीहरु पनि भइराखेका छन् ।’

बेद प्रसाद घिमिरे

प्रतिक्रिया