अहिले नेपाली समाजको विवाहको मौसम हो । धमाधम साथीहरूले फेसबुकमा फोटो राखिरहेका छन् । रमाईलो चाहीं अब त हाम्रा संतान पुस्ताको विवाह खाने दिन आयो । समय कता बित्यो पत्तै भएन । खैर यस्तै हो जिन्दगी, खोला जस्तै बगिरहन्छ ।
फोटो हेर्दै जाँदा फूलहरूले वरीपरी सजाएको स्वीमिंग पुल अगाडी साथीहरू राम्रा भएर फोटो खिचेका रहेछन् । पछाडी हिमाल पनि छ । नेपाल त हो तर कँहा रहेछ एकछिन भेउ पाईन । अरू फोटोहरू हेर्दै जाँदा बल्ल पत्ता लाग्यो , चन्द्रागिरी हिल रिसोट पो रहेछ । म पनि केही बर्ष अगाडी केबलकारबाट माथिसम्म गएर भालेश्वर महादेवको दर्शन गरेको त हो। तर अहिले त्यो डाँडामा रिसोट पनि खुलेछ र त्यहा विवाह आदी समारोह नै हुन थालेछ । गज्जब, लाग्यो !
चन्द्रागिरी डाँडा , त्यहाको ऐतिहासिक भालेश्वर महादेव मंन्दिर र त्यहाबाट काठमाडौंको मनोरम दृश्य र हिमाल देखिन्छ भन्ने कुरा स्कुलमा इतिहास पढ्दा थाहा पाएको थिंए। उहिले नेपाल एकिकरण गर्ने सिलसिलामा बिभिन्न ठाउँ लुकीछिपी बुझ्दै हिंडेको बेला राजा पृथ्वी नारायण शाह चन्द्रागिरीमा रहेको एक बुढी आमाको घरमा बास बस्न पुगेछन् । थालमा मकै दिंदा उनले बिचबाट निकालेर खान थालेछन् । त्यो देखेर बुढीआमाले यी बाबु त गोरखाका राजा जस्तै रहेछन् । एकै पटक बिचबाट टिपेर खान थाले जसरी उनले बिचको नेपाल खाल्टो ( उबेला काठमाडौ उपत्यकालाई नेपाल भनिन्थ्यो ) जित्न खोज्दैछन् । त्यो जित्न त पहिले वरपरको राज्य जित्नु पर्छ नी । त्यो कुरा मनन गरेर राजाले पहिले वरपर डाँडाको नुवाकोट, किर्तिपुर राज्य बिजय गरेरमात्र पछि काठमाडौं , ललितपुर र भक्तपुर जितेका हुन्।
उबेला इगिहासमा पढेको ठाउँसम्म पुग्न पाए हुन्थ्यो भनेर कल्पना त गरिन्थ्यो तर जान सकिएको थिएन् । केबलकार बनेपछि पुग्न पाईयो । केबलकार घना जंगल नै जंगलबाट माथि जाने रहेछ । काठमाडौं वरीपरी परपरको मनोरम दृश्य हेर्दै , रमाउँदै , कतै डराउँदै माथि पुगिनेरहेछ ।
अझ रमाईलो प्रसंग त हामी सानो हुँदा काठमाडौं जोडने बाईरोडको बाटोमात्र थियो । टिस्टुगं पालुगं हुँदै नौ घुम्ती घुमाउरो बाटो , रिंगटा लाग्ने साथै यस्तो डर लाग्ने बसबाट तल हेर्दा । त्यो बाटोबाट बिजुलीको तारमा बक्साबाट सामान यताउता गईरहेको देखिन्थ्यो । यति रमाईलो लाग्थ्यो बक्सा गन्न । त्यो नेपालको पहिलो सामान ओसार्ने “रोप वे” थियो काठमाडौंदेखि हेटौंडासम्म पुग्ने । अहिले तेहीं नजिक मान्छे बक्सामा बोकेर तारमा चन्द्रागिरी केबलकार ओहोरदोहोर गर्छ ।
हामी सन् २०१९ मा ड्याडीमम्मी सहित तिन पुस्ता मिलेर केबलकार चडेर चन्द्रागिरी गएका थियौं । माथि भालेश्वर मंन्दिर अगाडी फोटो खिचिरहँदा एकछिन भावुक पनि भएँ । ओहो, केबलकार नहुँदो हो त कल्पना पनि गर्न सकिन्न यो ठाउँ आउने जस्तो लाग्यो ।
त्यो दिन मंन्दिर दर्शन लगायत त्यहा नजिकै रहेको रेष्टुरेन्टमा थरीथरीको खाना किनेर खायौं । तेतीमाथि राम्रोसँग रेष्टुरेन्ट संचालन गरिएको रहेछ । काठमाडौंको मनमोहक दृश्य देखियो । तर हिमाल चाहीं बादल लागेकोले देख्न सकिएन् । राजा पृथ्वी नारायण शाहले काठमाडौं हेरेको ठाउँ , जँहाबाट मनमोहक काठमाडौं देखिन्छ त्यहा उनको शालिक पनि बनाईएको रहेछ । सबै चन्द्रगिरी त्यहा तेंहा पनि अनिवार्य फोटो खिचेकै हुन्छन् ।
चन्द्रागिरीसम्म जाने केबलकार बनेपछि त्यहा वरीपरी निक्कै बिकाश हुन थालेछ । माथि हिंडेर वा गाडीको बाटोबाट पनि पुग्न सकिने रहेछ । होटेल, रिसोट धमाधम बन्न थालेछन् । राजधानीको नजिक रहेको ऐतिहासिक र धार्मिक ठाउँ राम्रो व्यवस्थित बन्दा आन्तरीक तथा विदेशी पर्यटकको घुईंचो लाग्न थालेछ ।
विदेशमा बसोबास गरेर बस्ने लाखौं नेपाली भई सके । तर जति विदेश बसेपनि धेरै नेपालीहरूलाई संतानको पास्नी, गुन्युचोलो, ब्रतबन्ध र विवाह नेपाल आफ्नो मातृभुमीमा लगेर गर्ने रहर हुन्छ र गएर गरि पनि रहेका छन् । कतिजनाले त चन्द्रागिरी हिल रिसोट पनि रोजेको देखियो ।
आजकल “ कमाउने साथै रमाउने “ बिचारबाट नेपाली पनि प्रेरित छन् । सपरिवार होटेलमा खान जाने , स्वदेश तथा विदेश घुम्न जाने , जन्मदिन , बर्षगाँठ आदी केक काटेर धुमधामले मनाउने गर्छन् । कति त चन्द्रागिरी हिल रिसोटमा स्वीमिगं खेल्दै रमाईलोसँग रात बिताएर , बिहानको सुर्योदयको रमाईलो दृश्य हेरेर केबसकारमा फर्कने रहेछन् ।
तेस्तै अहिले नेपालीहरू संसारभर फैलिएका छन् । विदेशमा बसोबास गरेर बस्ने लाखौं नेपाली भई सके । तर जति विदेश बसेपनि धेरै नेपालीहरूलाई संतानको पास्नी, गुन्युचोलो, ब्रतबन्ध र विवाह नेपाल आफ्नो मातृभुमीमा लगेर गर्ने रहर हुन्छ र गएर गरि पनि रहेका छन् । कतिजनाले त चन्द्रागिरी हिल रिसोट पनि रोजेको देखियो । तेसमध्ये माथि उल्लेख गरेको साथीले छोराको विवाह तेंही गर्दै रहिछन् ।
झन् आजकलका नँया पुस्ताहरू उहिले जस्तो विवाह भरी लाज मानेर टाउको निहुराएर बस्दैनन् । उनीहरू त आफु पनि जोडी नाचेर , फोटो सेसन गरेर रमाउन चाहान्छन् । विदेशीले जस्तै “ डेस्टिनेशन वेडिगं “ यानी संसारको प्रसिद्ध ठाउँ , वा देशहरूमा गएर रमाईलोसँग विवाह गर्न रूचाउँछन् । यी नँया पुस्ता जो विदेशमा मनग्गे कमाउँछन् । तिनीहरूलाई सुविधा संम्पन्न आकर्षक होटेल , रिसोट नेपालमा बनाएर नेपालमा खर्च गर्न आउने बनाउनु पर्छ ।
अनकन्टार ठाउँमा रहेको महत्वपुर्ण धार्मिक स्थलसम्म पुग्न केबलकार वा सजिलो बाटोघाटो बन्नु हो भने नेपाल लगायत विदेशबाट नेपाल घुम्न , रमाईलो गर्न, विवाह गर्न वा धार्मिक पर्यटक बनेर धेरै जना ती ठाउँमा पुग्छन् ।
मलाई त मनकामना जान केबलकार बनेर तिर्थालुलाई सजिलो भए जस्तै चन्द्रागिरीमा रहेको प्रसिद्ध भालेश्वर महादेवको दर्शन गर्न जान केबलकार , कालिन्चोक भगवती मंन्दिर जान केबलकार बन्नाले निक्कै सजिलो भए जस्तो लाग्यो ।
प्राकृतिक सुन्दरता, हिमाल , प्रसिद्ध ताल र ऐतिहासिक मंन्दिरहरू धेरै छ नेपालमा तर यातायातको सुविधा राम्रो नहुँदा जान चाहानेहरू पनि पुग्न सकिरहेका छैनन् । नेपालको विकास भएको हेर्न चाहानेले स्वदेशी वा विदेशी लगानीकर्तालाई केबलकार बनाउन लगानी गर्न प्रोत्साहित गर्नु पर्छ जस्तो लाग्छ। पहाडतिर जताततै बाटो खन्दा रूख काटिन्छ । प्राकृतिक प्रकोप, भुक्षय, बाढी पहिरोको जोखिम बेसी हुन्छ । बरू केबलकार चल्न दिए बातावरण मैत्री पनि हुन्छ । बिजुलीको तारमा बक्सा तल माथि कुदने न हो ।
शशी के.सी
लेखिका
प्रतिक्रिया