जर्मनीमा युक्रेनका राष्ट्रपति जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति भान्स बीच भेटघाट 

इनेप्लिज २०८१ फागुन २ गते २१:३० मा प्रकाशित

जर्मनीमा युक्रेनका राष्ट्रपति जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्स बीच भेटघाट भएको छ ।

जे.डी. भान्सले जर्मनीमा भएको द्विपक्षीय बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग छलफल गरेपछि आफ्नो प्राथमिकता युद्ध अन्त्य गर्नु र “टिकाउ शान्ति” स्थापना गर्नु भएको बताए।

ट्रम्प प्रशासनको लक्ष्य युद्ध रोक्नु मात्र नभएर यस्तो सम्झौतामा पुग्नु हो जसले पूर्वी युरोपमा फेरि केही वर्षपछि द्वन्द्व नदोहोर्याओस्, उन्ले भने ।

भान्सले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँगको बैठकमा युद्ध अन्त्य गर्ने वार्तालाई लचिलो बनाइराख्न चाहेको बताएका छन्। 

यदि युक्रेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वार्ताको लागि तयार नभए के हुन्छ भन्ने सवालमा उनले वार्ताका सर्तहरूबारे धेरै नबोल्ने बताए।

उनले वार्ता लचिलो राख्न आवश्यक संवाद सुरू गर्नुपर्ने बताए तर विस्तृत विवरण दिन अस्वीकार गरे।

प्रतिक्रिया