आफनो गाँऊमा आफै बिरानो !

डिग बहादुर तामाङ्ग,हाल काठमाडौ,नेपाल २०८१ माघ ३० गते १०:४० मा प्रकाशित

आफनै देशमा फर्किदाँ, आफै पर्यटन बन्नु परेको अवस्था । दशैपछि तिहार अगि, नेपालमा आँउने सोच बनाए, टिकटको खोजिमा लागें । यूरोप,अमिरीका, दक्षिणी अमेरिका, अफ्रिकाको भ्रमण गरि सकेकोले आफनै देश नेपालमा किन नजाने ? गत डिसेम्बर महिना पाँच तारिकको दिन टर्किसएयरलान्सको बिमान बोइङ ७७७ को व्यापारिक सिटमा बसेर भोलिपल्ट दिँउसोको ४ बजे इष्टम्बुल अन्तरास्ट्रीय बिमानस्थलमा ओर्लेपछि, व्यापारिक लाउन्जमा मेरा आदरणीय दाई डाक्टर श्याम लामाबलको साथमा करिब आठ घण्टा बसेर नेपालका लागि विहान दुई बजे अर्को बिमानमा चडेर काठमाडौमा डिसेम्बर सात तारिखका दिन आईपुगेँ । नेपालको अन्तरास्ट्रीय बिमानस्थलका कर्मचारिहरुका शिष्टता, छिटो छरितो सेवालाई धन्यवादका पात्र बनेका छन मेरा तर्फबाट ।

बाहिर सामान लिएर निस्केँ, मेरी ठूली बहिनी र भान्जा डिएसपी राजुलामा प्रहरीको भ्यानलिएर मलाई लिन आउनु भएको रहेछ, मलाई लिन बिमानस्थलमा साथै अर्को गाडी पनि आएको रहेछ,कम्पनीको तर्फ बाट त्यो गाडिका चालाकले ठानेछन् के काम बिगारे इनले प्रहरीले समाएर लगे भनेर फर्केछन् पछि थाह भयो यो कुरा । सेवानिबृत्त भएको व्यक्ति भएकोले होटेलतिर जाने कुरा आएन, सोझै छोरीहरुले बनाएको घरतिर लागेँ । तल्लोकोठाहरु भाडामा दिएको रहेछ, माथिल्लो कोठाहरु ताल्चा लगाएको रहेछन,माथिल्लो कोठाहरुमा आफनै मान्छेलाई बस्न दिएको रहेछ, धन्न बैठक कोठा खुलेको रहेछ र हामीहरु त्यहि बैठक कोठामा बस्यौं, बहिनीलाई र भान्जालाई कोसेली दिए पछि, थाह भयो, माथिल्लो तलामा बस्ने मितछोरा गाँउमा गएको रहेछ, भाईको विवाहको लागि उन्की एक महिनाकी सुत्केरी श्रीमती र भर्खर जन्मेकी छोरीलाई छाडेर । हवाईजाहजमा दिएखाना मात्रैले बाँच्न गाह्रो भएको थियो ।भान्जासंग सिल्पिङ्गव्याग मगाए, मंसिर महिनाको जाडो काठमाडौं उपत्यकाभित्र निकै बढेको थियो । भोलिपल्ट चार हजार दिएर खाद्यन्न र तरकारीहरु खरिद गर्न पठाए, पहिलो चोटि घरमा पकाएको खाना खाँदा स्वादिलो लाग्यो । बाहिर डुल्न निस्कने आँट आएन । मोटरगाडि र मोटरसाइकलहरुले, बटुवाहरुलाई ब्यबस्था गरेको देखेर, अमेरिकाको बटुवाहरुको पहिलो हग भन्ने नारालाई सम्झेर शिरमा पारो चडेको थियो तर कस्लाई भन्ने र कस्ले सुन्ने ? ।

तेस्रो दिनमा आफन्तको सहयोगमा पठाउ लिएर सुन्धारास्थित थकाली भोजनलयमा अमेरिकाबाट पठाएको सामान बुझाउन पुगें खिच्चापोखरी भएर,जुद्धसडक ईन्द्रचोक,असन जमलबाट पठाउ लिएर नेपालटारबाट उकालो लागें । काठमाडौंको बसाई कष्टदायक भए, भान्जालाई गाँउजाने उपाय सोधेपछि, थाह भयो, निकासीका बुद्धलामाले मााईक्रोमा ग्रहाक लिएर, काठमाडौं, दोलाखा निकासीसम्म ल्याउने लाने गर्छन भन्ने खबर पाएपछि, भान्जाको घर कपनमा बेलुकी गएर बसें, भोलिपल्ट बिहान पाँचबजे मेरी ठूलिबहिनी र म सो गाडिमा साथमा अरु आठ नौ जनाहरु प्नि थिए, बनेपा, धुलिखेल,भकुण्डे ब्याँसी सम्म राम्रो बाटो थियो तर रोशिखोलाले बगाएको रोशिखोलाको बस्तिहरु बिस्थापित सारा घरकारहरु, मोटोरबाईकहरु बगाएको घरहरुको भग्नाबेसहरु देखेर जो कोहिलाई पनि आँखाबाट आँसु नआउने कोहि देखिएन ।

पंक्तिकार २०३८ सालमा चैत्र महिनादेखि बैशाख सम्म काभ्रेपलांचोक जिल्लाको ६८ वटा गाँऊपन्चायतहरुको तत्कालिन सहायक मन्त्री स्वर्गीय सत्यमान लामासंग घुम्दा माथी च्यासिंखर्काबाट देखिने खनालथोक, शीसाखानीबाट देखिने मंगलटार, पैतालो हिंडेर पुगेको पिन्थुली,मंगलटारको घट्टामा बास बसेर त्यसभेगका बहिनीहरुसंग तामाङ्ग गीतमा खेलेको ज्वाहारीले मेरो मनालाई अतितका घटनासंग जोडे, तर तीभेगमा बनाएका संरचनाहरुलाई प्रकृतीप्रकोपले ध्वास्त पारे, बीमा भएको भए केहि क्षेतिपुर्तिहरु पाँउथे होलान, सरकारले द्रैबीप्रकोपका लागि सहयोग गरे वा गरेन, तर कहिले उठन नसक्ने गरि प्रकृती प्रकोपका दिदीबििहनीहरु, दाज्यूभाईहरु प्रति मेरो मनले सहनाभुति जनाए ।

आफनै बारीतिर घुम्ने योजना बनाए, लौरोलिएर,घरबारीबाट तल्लोबारी, ठाडोबारी,पल्लोबारी, कातदोङ –ओखरबोटबारी,अरलेखेतको बल्लाबल्ल घुमेंपछि,आँखा रसाए मेरो, उरवरबारीखेत जंगलमा परिणत भएको रहेछ ।.

विहानको नौ बजेतिर हामीहरुको गाडि खुरकोटको भोजनलायमा गएर रोके, बहिनी र मैले, सहकारी भोजन मगाए, केहि समयपछि, खुरकोटका भत्केको पुलमांथि प्रबेश गर्यौं, उत्तरपट्टिको भागलाई बगाएको रहेछ, बागमतीप्रदेशका यातायात मन्त्री कान्छाराम तामाङ्गको सकृयतामा तुरुन्त बेलिब्रिजलाई उत्तरी खण्डलाई जोडेर गाडिहरुलाई चलाउने बनाएको रहेछ, हामीसंग सवारहरुले मन्त्रीको प्रसंसा गरेको सुनियो । गाडिलाई रामेछापको भिरबाटोबाट कुदाइयो गुरुजीले, पारीतिर देखिन्थ्यो, माजीबस्ति, रजगाँऊ, गाईखुर, मुईटार मन्थलीबेँसि, खिम्तीबेंसि, मालुखोला, शीतली हुँदै दिँउसो बाह्रबजे मेलुङ पुर्यायो ,जनही रु १३५० तिरेर फेरि अकोै गाडि बलेरो ज्वाईले भेडापु जानका लागी तयार पारेर राख्नु भएको रहेछ । गाँऊमा क्षेत्रिहरुको देवालीको माहोल रहेछ, भूमिथान, फेट्केखोला, दमुवाखोला, च्यानडाँडामा, नखतेटोल, कोइरालाबोट, आफनै ठूलोखेत हुँदै दिउँसो २ बजे काँइला मामाको घरमा पुगें मंसिर २९ गते हाम्रो खेतको सिरानमा कालीदेवीको मन्दिर भएको सोहि दिनको साँझमा बत्तिबालेर, फूलमाला तारेर,दियोहरु सक्काएर पूजाको कार्यक्रम रहेछ, म पनि सामिल भएँ, नैबेद्यहरु ग्रहन गरेर फर्के रातभरि बाँसबोटे तिर देवाली भएकोले क्षेत्रीहरुका हेर,हेर को ध्वनीले रमाईलो बनाएको थियो ।

आफनै बारीतिर घुम्ने योजना बनाए, लौरोलिएर,घरबारीबाट तल्लोबारी, ठाडोबारी,पल्लोबारी, कातदोङ –ओखरबोटबारी,अरलेखेतको बल्लाबल्ल घुमेंपछि,आँखा रसाए मेरो, उरवरबारीखेत जंगलमा परिणत भएको रहेछ ।.खोदो,मकैफल्ने बारीहरुमा उत्तिसको रुखले ढाके.छन, बाँदरहरुको कृडामैदान, कालिज,मृगहरुको बासस्थान बनेछन । ९० रोपनी जग्गा, ४० रोपनी खेतका आलीहरुमा सिरुघाँसले ढाकेछन । एउटा परिचित व्यक्ति आएर “तिम्रो यो खेतमा मेरै हातले पचपन्न मुरि धान भरेको थियो यहि हातले” भने कोइरालाबोटका दान बहादुरले । ठूलो खलगरामाथिको गरमा काठमाडौंबाट आउने गाडि आउने बाटो भएकोले, मैले, गाँऊका किसिम भाईलाई लगाएर प्रतिघण्टा छ सयतिरेर, जोत्न लगाएँ,ढुंगा पन्छाउन लगाएँ ।

गाँउलेहरुको बानीव्यहोरामा केहि परिबर्तन भएको रहेनछ । “हामीहरु गोल्थोकरहरु अरुहरु हौ” अरु तामाङ्गहरु भनेको रैतिहरु हुन भन्ने बिचार गएको रहेन छ। यो बिषयले,दुखको समाचार बनेको छ । गाँऊपालीकाको अध्यक्ष र पउअध्यक्षहरु उहिलेका राजाहरु जस्तै बनेछन, ८० लाखको गाडी चडेर सदरमुकाममा बस्ने भएछन । गाँऊलेहरु पार्टिका भजन भन्दा अरु नगाउने भएकोले एकताको खडेरि आएको देखियो । १७ दिन गाँऊमा बसेर, भन्ज्याङबाट बस लिएर, काठमाडौंमा फर्कियो । गाँऊमा शान्तीसंग सास फेर्न पाएको थियो, काठमाडौंमा फेरि उहि धुलो, उहि मोटर साइकलहरुको बथान देखेर शहरको बसाईले मन तनलाई अशान्ती बनायो । २०४७ साल सम्म गाँऊका बस्तीहरु अतिनै रमाईलो थियो, यसरी उजाड होलान भनेर कसैले पनि चिताएको थिएन ।

डिग बहादुर तामाङ्ग,हाल काठमाडौं ।

प्रतिक्रिया