सबैमा नमस्कार
अमेरिकाको राजनीतिको बारेमा संसारभर चासोको बिषय बन्नु स्वाभाविक कुरा हो किनकि अमेरिका अझैसम्म शक्तिशाली राष्ट्रमा नै गनिन्छ अनि चुनिन्छ पनि।
अहिले मैले समर्थन गरेको पार्टीका राष्ट्रपति बनेका छन् ।
अघिल्लो चुनावमा पनि मैले उनैलाई समर्थन गरेकी थिए।
हामीलाई अमेरिकाभित्र बस्ने जनतालाई राम्रो गर्ने नेता चाहिएको हो।
कोरोना( covid- 19) को समयमा राष्ट्रपति डोनाल्ट ट्रम्पले जनताहरुलाई काम नगरेर घर बसेको बेला पनि तलब भत्ता प्रदान गरेका थिए।
गैर कानूनी रुपमा बसेर गैरकानुनी काम गरेकाहरुलाई देश निकाला गर्नु ठूलो कुरा होईन ।
अर्को तर्फ Mr. ELON MuSK को बारेमा बिरोध गर्नुपर्ने कुनै कारण नै देख्दिन् किनकि संसारको बन्द भएको आँखा खुलाउने , बन्द भएको ब्रह्माण्डको आँखा खुलाउने मान्छे खराब हुन कहिल्यै सक्दैन, उसको उन्नतिको रिस गर्ने शत्रुहरु वरिपरि धेरै छन् !
उसले गरेको संघर्षको पछि कति कठिन यात्राहरु थिए होलान् ! Mr. Elon Musk भनेको भगवानले यो धर्ती र आकाशलाई मिलाउन पृथ्वीमा मनुष्यको रुपमा पठाएको दुत हुन् ।
संसारको छोरा हुन त्यसैले उसलाई अगाडि बढ्न अझ संसारले माया अनि हौसला दिन जरुरी छ, पछाडिबाट झार्ने काम गर्नु हुँदैन।
अहिलेको अवस्थामा संसारकै धनाढ्य ब्यक्ति इन्जिनियर Mr. ELON MUSK को बिरोध गर्नुपर्ने कुनै कारण देख्दिन् ,उनले सरकारको तलब भत्ता खाएर राम्रो काम नगरेका कर्मचारीहरुको खोज तलासी गर्नु स्वाभाविक कुरा हो।
हरेक सरकारी कार्यालयमा कर्मचारीको मनपरी तन्त्र चलेको छ, HRA देखि हरेक ठाउँका कर्मचारीहरुलाई छानबिन गर्नु अति नै आवश्यक छ।
MR. Elon MUSK ले अहिले जे गरिरहेका छन् ठिक गरेका छन्, केहीले आफ्नो गल्ति फुस्किने डरले बिरोध गर्नु स्वाभाविक हो भने धेरै कुराको लागि कर्मचारीहरुको खोज तलासी गरेको कुरा मलाई चाहिँ चित्त बुझेको छ।
कोरोना( covid- 19) को समयमा राष्ट्रपति डोनाल्ट ट्रम्पले जनताहरुलाई काम नगरेर घर बसेको बेला पनि तलब भत्ता प्रदान गरेका थिए।
उनले अहिले जे गरिरहेका छन् यो कुराले गलत काम गर्ने कर्मचारीहरुलाई सुधार्ने अनि सुध्रिने मौका दिएका छन् ।
सम्माननीय राष्ट्रपति डोनाल्ट ट्रम्प र माननीय Mr. ELON MUSK लाई मेरो समर्थन छ।
उहाँहरुको कार्यकालमा बिश्वले एउटा राम्रो सन्देश पाउनेछ भन्ने आशाका साथ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
make America great again.
Kamala Prasai ( Writer )
New York
प्रतिक्रिया