राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार दक्षिण अफ्रिकालाई दिइने सबै सहायता रोक्का गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आदेशमा भनिएको छ “संयुक्त राज्य अमेरिकाले जातीय भेदभावपूर्ण सम्पत्ति जफत सहित सरकार-प्रायोजित जाति-आधारित भेदभावबाट भागेका अफ्रिकी शरणार्थीहरूको पुनर्वासलाई प्रवर्द्धन गर्नेछ।”
एबिसीन्यूजक अनुसार ट्रम्पको नयाँ कार्यकारी आदेशले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले हस्ताक्षर गरेको अधिग्रहण ऐनलाई उल्लेख गर्दछ।
ट्रम्पले पहिले दक्षिण अफ्रिकालाई दिइने कोष रोक्ने धम्की दिएका थिए । उनले गोरा दक्षिण अफ्रिकीहरूलाई राष्ट्रको रंगभेद पछिको सरकारले दुर्व्यवहार गरिरहेको आरोप लगाएका थिए ।
इलन मस्कले पनि बारम्बार आफ्नो जन्म देशको सरकार गोरा विरोधी भएको आरोप लगाएका छन्।
विदेश सचिव मार्को रुबियोले दक्षिण अफ्रिकालाई “अमेरिका विरोधी” आरोप लगाए । उनी यसको कारणले दक्षिण अफ्रिकामा हुने जी२० मा भाग नलिने बताएका छन् ।
प्रतिक्रिया