१० जना सवार रहेको अलास्का विमानको भग्नावशेष भेटिएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले गत बिहीबार अलास्कामा बेपत्ता भएको १० जना सवार विमानको भग्नावशेष फेला पारेको बताएका छन् । दुर्घटनामा सबै दश जनाको मृत्यु भएको आशंका गरिएको छ।
अमेरिकी तटरक्षक दलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमा प्रकाशित गर्दै बेपत्ता विमानको विवरणसँग मेल खाने विमान नोमबाट लगभग ३४ माइल दक्षिणपूर्वमा फेला परेको बताएको छ।
तटरक्षक दलले विमान भित्र ३ जनाको शव फेला परेको र अन्य ७ जनाको अवशेष विमान भित्र रहेको विश्वास गरिएको छ, तर “विमानको अवस्थाका कारण हाल पहुँचयोग्य छैन” भनी बताएको छ।
अलास्कामा बिहीबार बेपत्ता भएको बिमान तटरक्षक दलले शुक्रबार फेला पारेका छन् ।
अलास्का राज्यका सैनिकहरूले गत बिहीबार स्थानीय समय अनुसार साँझ ४ बजेतिर नौ यात्रु र एक जना बिमानचालक बोकेर उनालाक्लीटबाट नोम जाँदै गरेको बेरिङ एयर कारभानको विवरण प्राप्त गरेको बताएका थिए ।
शुक्रबार दिउँसो सामाजिक सञ्जालमा यात्रुहरूका परिवारलाई घटनाको बारेमा सूचित गरिएको थियो।
यो ८ दिनमा तेस्रो ठूलो अमेरिकी उड्डयन घटना हो । जनवरी २९ मा वाशिंगटन, डिसी नजिकैको पोटोम्याक नदीमा अमेरिकी एयरलाइन्स र सेनाको आर्मी ब्ल्याक हक उदग्रबिमान दुर्घटनामा दुई विमानमा रहेका सबै ६७ जनाको मृत्यु भएको थियो।
जनवरी ३१ मा फिलाडेल्फियामा एउटा चिकित्सा बिमान दुर्घटनाग्रस्त हुँदा सवार छ जना र जमिनमा एक जनाको मृत्यु भएको थियो ।
कूल १० जना सवार लिएर उडेको बिमान उनालाक्लीट पश्चिमी अलास्कामा लगभग ६९० मानिसहरूको समुदाय हो, जुन नोमबाट लगभग १५० माइल दक्षिणपूर्व र एन्कोरेजबाट ३९५ माइल उत्तरपश्चिममा अवस्थित छ।
नोम-आधारित बेरिङ एयर(बिमान)ले पश्चिमी अलास्कामा ३२ गाउँहरूलाई सेवा दिन्छ । धेरैजसो गाउँहरूले सोमबारदेखि शनिबारसम्म दिनमा दुई पटक निर्धारित उडानहरू पाउने सिबिएसन्यूजले समाचार लेखेको छ ।
तस्बिर : अमेरिकी तटरक्षक दल
प्रतिक्रिया