देशको वर्तमान अवस्थालाई परिवारसँग दाँज्दा

इनेप्लिज २०८१ माघ २५ गते ११:२६ मा प्रकाशित

देशको यस्तो अवस्थालाई एउटा संयुक्त परिवारसँग तुलना गर्दा कस्तो देखिन्छ हेरौँ है त। यो परिवार अलिक पहिलाको परिवार जहाँ हजुरबा, हजुरआमा, आमाबाबु, छोराछोरी, भाइ, बुहारीहरू, नातिनातिनाहरू छन्। यो परिवारको आम्दानीको गतिलो स्रोत छैन। खेतीपातीबाट उब्जिएको अन्नले खान पुग्दैन।

खाद्यान्न किनेर खानुपर्छ। किन्नका लागि पैसा आउने स्रोत भनेको अरूकोमा काम गर्न गएर ल्याएको ज्याला हो। घरमा आफैँ फलाएका र उब्जाएको खाद्यान्न दुई मुरी धानबाहेक केही छैन। अरूकोमा काम गर्न जाँदा लिएर आएका केही सरसमान छन्। उब्जनी हुने जग्गा बाँझो छ। काम गर्न कसैलाई मन छैन। अरूकैमा ज्यालादारी गर्न रुचाउँछन् तर आफ्नोमा काम गर्न मान्दैनन्, अल्छी गर्छन्, लजाउँछन्। भरसक अरूकैमा बस्न रुचाउँछन्। ज्यालादारीबाट आएको पैसा र अन्नले बिहान बेलुकाको छाक टार्छन्। बचेको बाँकी पैसाले कसैले ट्याटु खोप्छन्, कपाल रंगाउँछन्, फिल्म हेर्छन्, मोबाइल किन्छन्। मोबाइल डेटा चलाएर सिध्याउँछन्।

दैनिक घर खर्चकै लागि ऋण काढ्नुपर्ने अवस्था छ। चाडवाड र केही परम्परागत कर्म गर्नका लागि लिएको ऋण तिर्न सक्ने अवस्था छैन किनकि त्यो ल्याएर भोज खाएर पचाइसकियो अब तिर्ने स्रोत छैन। पहिलेपहिले दया मायाले सहयोग गर्नेहरू पनि थिए तर हिजोआज घरको तमासा देखेर कसैले सित्तैमा केही दिँदैन। घर खर्चकै लागि फेरि ऋण गर्नुपर्ने अवस्था छ। अबको विकल्प पत्याए पहिलेकै साहूबाट नपत्याए नयाँ साहूबाट ऋण खोज्नु छ। कृषि विकास बैंकबाट पशु पाल्न र खेती गर्न भनेर ल्याएको पैसाले किनेर पालेका बाख्राहरू पनि स्याहार नपुगेर त्यत्तिकै ठिमुरिए, आम्दानी दिने अवस्थामा छैनन्। आधाउधी त मरिसके।

कुखुरा पाल्न भनेर खोर बन्यो, केही चल्ला लिएर खोरमा हालेको कुन नाति केटाले कहिले पोलेर खायो पत्तै भएन। त्यसपछि कुखुराको खोर पनि अलिअलि गरेर जाडोमा दाउरा बालेर सकियो। बारीका पाटामा केही बन्दा र काउली रोपेको थियो। मल र पानी नपुगेर बन्दा ठिमुरिएर त्यत्तिकै बिलायो। अलिअलि फलेको काउली किन्न कोही आएन। परिवारले खाएर बचेको बारीमै सुक्यो। चेलीबेटीहरूले सुरक्षित ठानेर हजुरबालाई राख्न दिएका सुनका गरगहना पनि हजुरबाको विश्वासिलो नाति केटाले गर्लफ्रेन्डलाई लगेर दिएछ।

बोल्न, बाझ्न, झगडा गर्न सबैले जानेका छन् तर काम गर्ने जाँगर र सिप थोरै जनासँग मात्र छ। जागर र सिप हुनेहरूको कुनै सुनुवाइ हुँदैन। परिवारमा कोही पढेलेखेका र सिप जानेका पनि छन्। केही उद्यम गर्छु भन्ने पनि छन् तर उनीहरू निरीह छन्। एउटाले किराना पसल गर्छु भनेर सुरु गरेको व्यापार घरकै मान्छेले खाएर सकाइदिए। अर्को एकजना जागिर गर्ने पनि छन्। घरमा आउँदा उनको पैसा खल्तीबाटै गायब हुन्छ। त्यसैले उनी घरमा आउनै मान्दैनन्।

परिवारमा अभिभावकबीच झै–झगडा भइरहन्छ। कहिलेकाहीँ कुटाकुट पनि हुन्छ। मनपरि भनाभन गर्छन्। घरको अरनखटन हजुरबा आफैँले गर्छन्। तालाचाबी उनैसँग हुन्छ। बाबु, काकाहरू र हजुरबाबीच घरमूली बन्न तँछाडमछाड भइरहन्छ। हजुरबा भन्नुहुन्छ, म बाँचुन्जेल मेरो तालाचाबी र जगरबगर कसैलाई दिन्न। म मरेपछि जेसुकै गर। परिवारमा आमा, दिदीबहिनी, भाउजू काकीहरूको खासै हैसियत छैन।

घरमूली बन्ने विषयमा उनीहरूको खासै नाम आउँदैन। परिवारभित्रै झैझगडा देखेर छिमेकीहरूले कहिले एउटालाई उकास्ने कहिले अर्कोलाई उकास्ने गरिरहन्छन्। नातिनातिना पनि ठूला भइसकेका छन् तर हजुरबा, बाबु र काकाहरूको घरमूली को बन्ने भन्ने झगडाले उनीहरू घर बस्ने मन गर्दैनन्।

देशको वर्तमान अवस्थालाई परिवारसँग दाँज्दा देखिने दृष्य यही नै हो। आफ्नो परिवार र नातागोताका लागि देशलाई दोहन गरेर सुखी परिवार बनाएँ भन्नेहरूले सोच्नुपर्छ, देश बनाए मात्र परिवार बन्छ किनकि हामी सबै यही देशका परिवार सदस्य हौँ। त्यसैले परिवारको हित सोचिरहँदा देशको हित भुल्नु हुँदैन।कस्तो देखिन्छ हेरौँ है त। यो परिवार अलिक पहिलाको परिवार जहाँ हजुरबा, हजुरआमा, आमाबाबु, छोराछोरी, भाइ, बुहारीहरू, नातिनातिनाहरू छन्। यो परिवारको आम्दानीको गतिलो स्रोत छैन। खेतीपातीबाट उब्जिएको अन्नले खान पुग्दैन।

खाद्यान्न किनेर खानुपर्छ। किन्नका लागि पैसा आउने स्रोत भनेको अरूकोमा काम गर्न गएर ल्याएको ज्याला हो। घरमा आफैँ फलाएका र उब्जाएको खाद्यान्न दुई मुरी धानबाहेक केही छैन। अरूकोमा काम गर्न जाँदा लिएर आएका केही सरसमान छन्। उब्जनी हुने जग्गा बाँझो छ। काम गर्न कसैलाई मन छैन। अरूकैमा ज्यालादारी गर्न रुचाउँछन् तर आफ्नोमा काम गर्न मान्दैनन्, अल्छी गर्छन्, लजाउँछन्। भरसक अरूकैमा बस्न रुचाउँछन्। ज्यालादारीबाट आएको पैसा र अन्नले बिहान बेलुकाको छाक टार्छन्। बचेको बाँकी पैसाले कसैले ट्याटु खोप्छन्, कपाल रंगाउँछन्, फिल्म हेर्छन्, मोबाइल किन्छन्। मोबाइल डेटा चलाएर सिध्याउँछन्।

दैनिक घर खर्चकै लागि ऋण काढ्नुपर्ने अवस्था छ। चाडवाड र केही परम्परागत कर्म गर्नका लागि लिएको ऋण तिर्न सक्ने अवस्था छैन किनकि त्यो ल्याएर भोज खाएर पचाइसकियो अब तिर्ने स्रोत छैन। पहिलेपहिले दया मायाले सहयोग गर्नेहरू पनि थिए तर हिजोआज घरको तमासा देखेर कसैले सित्तैमा केही दिँदैन। घर खर्चकै लागि फेरि ऋण गर्नुपर्ने अवस्था छ। अबको विकल्प पत्याए पहिलेकै साहूबाट नपत्याए नयाँ साहूबाट ऋण खोज्नु छ। कृषि विकास बैंकबाट पशु पाल्न र खेती गर्न भनेर ल्याएको पैसाले किनेर पालेका बाख्राहरू पनि स्याहार नपुगेर त्यत्तिकै ठिमुरिए, आम्दानी दिने अवस्थामा छैनन्। आधाउधी त मरिसके।

कुखुरा पाल्न भनेर खोर बन्यो, केही चल्ला लिएर खोरमा हालेको कुन नाति केटाले कहिले पोलेर खायो पत्तै भएन। त्यसपछि खुकुराको खोर पनि अलिअलि गरेर जाडोमा दाउरा बालेर सकियो। बारीका पाटामा केही बन्दा र काउली रोपेको थियो। मल र पानी नपुगेर बन्दा ठिमुरिएर त्यत्तिकै बिलायो। अलिअलि फलेको काउली किन्न कोही आएन। परिवारले खाएर बचेको बारीमै सुक्यो। चेलीबेटीहरूले सुरक्षित ठानेर हजुरबालाई राख्न दिएका सुनका गरगहना पनि हजुरबाको विश्वासिलो नाति केटाले गर्लफ्रेन्डलाई लगेर दिएछ।

बोल्न, बाझ्न, झगडा गर्न सबैले जानेका छन् तर काम गर्ने जाँगर र सिप थोरै जनासँग मात्र छ। जागर र सिप हुनेहरूको कुनै सुनुवाइ हुँदैन। परिवारमा कोही पढेलेखेका र सिप जानेका पनि छन्। केही उद्यम गर्छु भन्ने पनि छन् तर उनीहरू निरीह छन्। एउटाले किराना पसल गर्छु भनेर सुरु गरेको व्यापार घरकै मान्छेले खाएर सकाइदिए। अर्को एकजना जागिर गर्ने पनि छन्। घरमा आउँदा उनको पैसा खल्तीबाटै गायब हुन्छ। त्यसैले उनी घरमा आउनै मान्दैनन्।

परिवारमा अभिभावकबीच झै–झगडा भइरहन्छ। कहिलेकाहीँ कुटाकुट पनि हुन्छ। मनपरि भनाभन गर्छन्। घरको अरनखटन हजुरबा आफैँले गर्छन्। तालाचाबी उनैसँग हुन्छ। बाबु, काकाहरू र हजुरबाबीच घरमूली बन्न तँछाडमछाड भइरहन्छ। हजुरबा भन्नुहुन्छ, म बाँचुन्जेल मेरो तालाचाबी र जगरबगर कसैलाई दिन्न। म मरेपछि जेसुकै गर। परिवारमा आमा, दिदीबहिनी, भाउजू काकीहरूको खासै हैसियत छैन।

घरमूली बन्ने विषयमा उनीहरूको खासै नाम आउँदैन। परिवारभित्रै झैझगडा देखेर छिमेकीहरूले कहिले एउटालाई उकास्ने कहिले अर्कोलाई उकास्ने गरिरहन्छन्। नातिनातिना पनि ठूला भइसकेका छन् तर हजुरबा, बाबु र काकाहरूको घरमूली को बन्ने भन्ने झगडाले उनीहरू घर बस्ने मन गर्दैनन्।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया