संघीय न्यायाधीशले बिहीबार संघीय कर्मचारीहरूका लागि ट्रम्प प्रशासनको स्थगित राजीनामा प्रस्ताव स्वीकार गर्ने अन्तिम समयसीमा रोकिदिएका छन्।
यो प्रस्तावअनुसार कर्मचारीहरूले सेप्टेम्बरसम्म तलबसहित जागिर छोड्न सक्थे।
यो स्थगन अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट एम्प्लोइज ( एएफजिइ)र अन्य सॅघ/ सॅगठनहरुले अमेरिकी जिल्ला अदालत म्यासाचुसेट्समा दायर गरेको मुद्दाका कारण आएको हो।
सॅघ/सॅगठनहरुले सरकारको “मनपरी र गैरकानुनी” नीतिविरुद्ध अस्थायी प्रतिबन्ध आदेश मागेका थिए।
बोस्टनका न्यायाधीश जर्ज ओ’टूलले सरकारलाई योजना कार्यान्वयन नगर्न आदेश दिएका छन्।
उनले थप कानुनी जानकारी लिइसकेपछि कार्यक्रम पूर्ण रूपमा रोक्ने कि नरोक्ने टुंगो लाग्नेछ। अर्को सुनुवाइ सोमबार हुनेछ।
प्रतिक्रिया