कोठा मिलाउँदा पुरानो फोटो एल्बम भेटें । हेर्दै जाँदा मनकामना मंन्दिरतिर गएको फोटो पनि निक्कै रहेछ । ओहो, मत तिस बर्ष अगाडीका अतितका दिनमा पो पुगेछु । त्यो लाँउलाँउ, खाँउखाँउ टिनेजर उमेर , जे लगाउँदा पनि सुहाउने , स्वतंन्त्र भएर उड्न मन लाग्ने तर समाजको डर , तेस्तै आफ्नो उमेरका दौंतरीसँग अनेक गफ गरेर बिना कारण आँसु चुहिने गरी हाँसिने ती दिन सोच्दासोच्दै धेरै बेर हराएको पत्तै भएन । झंसग भएर फेरी कोठा मिलाउन थालें ।
लेख्ने आदत बसेको छ मलाई आजकल । फुर्सद हुँदा केही न केही कोरीरहन्छु । लेख्ने बिषय खोजिनै रहेको हुन्छु । आज मनकामना मंन्दिरको बारेमा लेख्ने बिषय भेटिंहाले र लेख्न थालें ।
समयसँगै नेपाल पनि आफ्नै तालमा परिवर्तन हुँदैछ । कुनैबेला ठ्याक्कै दुईदिन जान /आउन लाग्ने मनकामना मंदिर आजकल केबलकारले एकदिनमा नै पुर्याइ दिन्छ ।
नामै त मनकामना यानी मन भित्रका अनगिन्ती कामना पुर्याइदिने देवी भनेर प्रसिद्ध , प्राय: सबै “ मेरो पनि मनको कामना पुगोस् “ भन्दै दर्शन गर्न पुग्छन् ।
हिंडेर मनकामना मंन्दिर जाँदा चाहीं आबु खैरेनीसम्म गाडीमा गयो। अनि झोलुङगे पुल तरेर उकालो ४-५ घण्टा हिंडदै हिंडदै माथी मंन्दिर भएको ठाउँमा पुगिन्छ । तर आजकल केबलकार चल्ने हुनाले हिंडेर जाँदैनन् धेरै जसो । केबलकारबाट जान चाहीं कुरीनटारसम्म गाडीमा जाने र त्यहाँबाट केबलकारमा चडेर सरर लगभग आधा घण्टामा माथी मंन्दिर पुग्न सकिन्छ ।
म छ पटकसम्म पुगेको रहेछु । तिनपटक हिंडेर र तिन पटक केबलकार चडेर रहेछ । मेरो अनुभबमा दुबै तरीकाले जाँदा उस्तै रमाईलो लाग्यो । हिंडेर जानेताका केबलकार बनिसकेको थिएन । नहिंडी जान असम्भंव । अहिले केबलकारको व्यवस्था छ । कोही हिंडेर जानेवाला छैनन् ।
म छ पटकसम्म पुगेको रहेछु । तिनपटक हिंडेर र तिन पटक केबलकार चडेर रहेछ । मेरो अनुभबमा दुबै तरीकाले जाँदा उस्तै रमाईलो लाग्यो ।
मनकामना मंन्दिर , मनकामना पुरा होस भनेर आशा गरेर मात्र जाने हैनकी, कति हिंन्दुहरू “ भाकल “ पुरा भएपछि जसरी पनि जानै पर्छ भनेर पुग्छन् । कतिलाई “ भाकल “ भनेको के हो भन्ने लाग्ला । सुख होस् वा दुख परोस् । मनमा कामना राखेर , काम पुरा होस् भन्दै , पुरा भयो भने यो यो मंन्दिरमा हाँस , कुखुरा वा बोकाको वली , नरीवल , लड्डु चडाउँछु वा दर्शन गर्न आउँछु भनेर मनमनै चिताएको हुन्छन् । हो त्यसैलाई भाकल भनिन्छ । हामी पुराना पुस्ताका हिंन्दु धर्म मान्नेहरू चाहीं असाध्यै भाकल गर्नेमा पर्छौं । सायद हुर्कंदा अग्रजहरूले गरेको देखासिखीले पनि होकी ?
उहिले “भाकल” भएर त होला कति बुढाबुढीहरू र ससाना केटाकेटीहरू डोकोमा बोकिएर पनि गएको देखिन्थे । कतिले बोका डोर्याएर र हाँस कुखुरा बोकेर उक्लेका भेटिए । सबैको आआफ्नो बिश्वास हो र देवी प्रति आस्था !
म चाहीं यस्तै अनेक तरीका अपनाएर जान नपरोस् भनेर भाकल गर्दिन । बरू कोही टाढाको मंन्दिर जस्तै मुक्तिनाथ , भारतको केदारनाथ , कैलाश पर्वत आदी जान लागेको थाहा पाए भने “ मेरो नाममा पनि दर्शन गरिदिनु र शशी आउन सकिनन् मेरो तर्फबाट उनको पूजा पनि स्वीकार गरिदिनु भन्नु ल भगवानलाई भन्छु “ । आजकल युट्यबमा बिभिन्न ठाउँका कैयौं मंन्दिरहरूको भिडियो हेर्न पाईन्छ । जान नसकिने तर जान मन लागेको मंन्दिरहरू भिडियो हेरेर चित्त बुझाउँछु ।
मनकामना जाँदाको कुरा गर्दा पहिलो पटक सानो हुँदा मम्मीसँग टोलको अंकल आन्टीहरूसँग गएको थिंए । ओहो, गाडी लागेर बाटोभरी बान्ता भयो । माथी पुगेर होटलमा बास त बस्यौं । तर हामीसँग जाने एक अंकल र ड्राईभरले रक्सी खाएर राती आतंक नै मचाउनु भयो । मज्जा नै आएन । धन्न भोलीपल्ट ड्राईभर चाहीं भेटिए र फर्किन पायौं । धर्म गर्न मंन्दिर जाँदा किन रक्सी पिउनु है ?
आजकल युट्यबमा बिभिन्न ठाउँका कैयौं मंन्दिरहरूको भिडियो हेर्न पाईन्छ । जान नसकिने तर जान मन लागेको मंन्दिरहरू भिडियो हेरेर चित्त बुझाउँछु ।
दोस्रो पटक त रमाईलो भयो । हामी ठुलोआमा, सानोआमा र उँहाका छोरीहरू मिलेर गएका थियौं । अनि हाम्रोसाथमा एकजना दाई केटामान्छे पनि लगेको, हाम्रो सुरक्षाको लागि । जमाना तेस्तै उबेला , छोरीमान्छे एक्लैदुक्लै घर बाहिर जाने चलन थिएन ।
सबै कलेज पढ्ने टिनेजर उमेरका , यति रमाईलो गर्र्यौं भनि साध्यै छैन् । बाटोभरी कहिले रूखमा चडे जस्तो , कहिले कुदेर र बिच्चबिच्चमा फोटो खिच्दै , खाँदै, हाँस्दै , रमाउँदै बाटो उक्लियौं।
हामी काठमाडौं शहरमा हुर्केका, हिंडेको भनेको तेही कलेज र घर आउँदा जाँदा सिधा बाटो न थियो । त्यो पनि कहिलेकाहीं त बस, टेम्पुमा चढ्थ्यौं। हाम्रोपालामा अहिले जस्तो छोरीहरूलाई ट्रेकिंग , हाईकिंग जान दिने चलन पनि थिएन ? सबैलाई मनकामनाको उकालो चढ्न हम्मे हम्मे नै पर्र्यो, सास फुलेर ,गोडा दुखेर हैरान ।
हामी चारजना टिनेजर केटीहरू , बाटोमा भेटिने गाउँले केटाहरूले जिस्काएर, छिटो न हिंडनु “ कैंडा “ लाग्ला भने । तेती भएपछि हामीलाई पुगी हाल्यो । “ कैंडा “ भनेको खुट्टा बाउँडेला आदी यस्तै केही भनेको रहेछ , पहिलो पटक सुनेको शब्द हामीले , मरीमरी हाँस्न थाल्यौं । आजसम्म पनि हामी “कैंडा” भन्दै हाँस्छौं ।
माथी पुगेपछि बेलुका एउटा होटलमा बस्यौं । मंन्दिर साझँको आरती हेर्न गयौं । खाना खायौं । अनि भोलीपट्ट बिहानै लामो लाईन बसेर मनकामना माताको दर्शन गर्र्यौं । तेसपछि केही चियानास्ता खाएर ओर्लियौं । ओहो, ओर्लन त झन् गारो हुने रहेछ । बिस्तारै झरेर तल पुल तरेपछि एकछिन खोलामा पानीसँग रमायौं । अनि खोला छेउको होटेलमा लंन्च गरेर काठमाडौं जाने बसमा घर फर्कियौं । कैंडा त एक हप्ता मज्जाले लाग्यो नी घर पुगेर , खुट्टामा तेल मालिस नै गर्नु पर्र्यो । तेस्रो पटक बिएस्सी भुगर्भशास्त्रको स्थलगत प्रयोगात्मक कक्षा पढ्न मलेखुमा बस्दा गएको थिंए ।
पछिल्ला तीन पटक जाँदा केवलकार पनि चल्न थालिसकेको थियो र हिंड्नु परेन । हिंडेर जानेबेला उमेर थियो । हिंडियो पनि , रमाईलो पनि भयो । आजकल त कसैले हिंडेर जाउँ भन्यो भने रहर भएपनि जान सकिन्न होला । फेरी केबलकारको सुविधा पनि छ नै, किन हिंडनु पर्र्यो र ।
मलाई मनकामनामा केबलकार चल्दा सबैभन्दा सजिलो र खुसी चाहीं “ भाकल “ भनेर पशुपंक्षीलाई डोर्र्याएर वा बोकेर लग्नेहरूलाई भयो जस्तो लाग्छ ।
मैले पहिलो पटक केबलकार तेही मनकामना जाँदा नै चडेको हो । हिंन्दी सिनेमामा केबलकारमा चडेको दृश्य देख्दा ओहो, कस्तो रमाईलो होला जस्तो लाग्थ्यो । आफु पहिलो पटक चड्दा शुरूमा डर पनि लाग्यो । हुत्त हुत्याउँदा त आँङ सिरिंग नै गर्र्यो। तर बिस्तारै माथी लग्दा र वरीपरीको गाउँघरको दृश्य हेर्दा मन रोमान्चित भयो ।
केबलकारले आधा घण्टामा नै माथि पुर्र्याउने रहेछ । माथी पुगेपछि अलिकति हिंडेर मंन्दिर पुगिन्छ । सबैभन्दा रमाईलो पक्ष चाहीं हिंडदै गर्दा बाटोको दाँयाबाँयाका होटेलले खाना खान ग्राहक बोलाउने तरीका नै हो की । क्या मज्जाले खानाको बयान गर्छन् । हो न हो दर्शन गर्न छोडेर खाना खान बस्नु जस्तो पारिदिन्छन् । तेस्तै पूजा सामग्री आदी पनि लहरै बेच्न राखेको हुन्छ ।
मंन्दिरमा लाईन त सधैं लामो नै हुने । प्रत्येक पटक जाँदा तेस्तै महशुस भयो । झन् आजकल त केबलकारको सुविधाले हो की हिंडन नसक्ने , बुढाबुढी र केटाकेटीहरू पनि धेरै नै मंन्दिरमा पुगेको देखें । झन् भिंड ज्यादा देखें । होटेलहरूमा दर्शन गरेर फर्किएकाहरू खाना खाई रहेका थिए । सबै खचाखच भरीएको देखें । कति तिर्थालु चाहीं एक रात होटेलमा बसेर भोलीपल्ट बिहान पूजा गरेर फर्कने पनि हुने रहेछन् । होटेलमा रात बस्नेहरूको संख्या पनि निक्कै थियो ।
अहिले त मंन्दिर वरीपरी निक्कै घर बनेछ । बस्ती बिस्तार भएर माथी माथीसम्म पुगिसकेको रहेछ । आजकल जताततै अर्गानिक र लोकल खाना खुवाउने चलन बढेको छ । त्यहा पनि त्यही तरीका ल्याई सकेछन् । ठिक हो व्यापारीको कुरा पनि । पैसा कमाउन जे चल्छ तेही उपाय गर्नै पर्छ ।
मलाई मनकामनामा केबलकार चल्दा सबैभन्दा सजिलो र खुसी चाहीं “ भाकल “ भनेर पशुपंक्षीलाई डोर्र्याएर वा बोकेर लग्नेहरूलाई भयो जस्तो लाग्छ । कमसेकम केबलकारबाट छिट्टै माथि पुर्र्याउँदा सकस त कम भयो ।
अन्त्यमा, हाम्रा भगवान धेरै छन् र धेरै जसो नेपालका अनकंन्टार डाँडाका टुप्पामा बस्छन् । जबसम्म हिंन्दु धर्म मान्ने नेपालमा रहन्छन् । सकिनसकि भाकल वा आस्थाको कारणले पनि ती भगवानहरू भेट्न नपुगी छोड्दैनन् । बरू त्यसरी जाने तिर्थालुलाई सहज तरीकाले पुग्न सकुन भनेर गाडी वा हिंडेर जाने बाटो , तारमा झुण्डिने बातावरण मैत्री केबलकारको निर्माण गरेर वा होटेल आदी व्यवस्थित बनाएर खाने बस्ने सुविधा पनि थप्दै जानु पर्छ । जति सहज बन्छ उति धेरै तिर्थालु देशविदेशबाट पनि पुग्छन् । धार्मिक पर्यटक बढ्दै जाँदा ती अनकंन्टार ठाउँ पनि विकसित हुँदै जान्छ ।
लेखिका
प्रतिक्रिया