४७ औ अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण लिए लगत्तै नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ “मुक्ति दिवस” भएको दाबी गरे । उनले सम्बोधनकै क्रममा अमेरिकाको स्वर्ण युग” सुरु भएको बताए ।
ट्रम्पले “राष्ट्रिय ऊर्जा आपतकाल” को घोषणा गरे र मूल्य घटाउने वाचा दोहोर्याए । अत्यन्तै मुल्य वृद्धि भएको कारण उनले आफ्नो मन्त्रिपरिषद्लाई सामानको मूल्य घटाउन उनीहरूको अधिकारमा रहेको विशाल शक्ति प्रयोग गर्न निर्देशन दिने जनाए ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले सोमबार अमेरिकालाई पहिलो स्थानमा राख्ने” वाचा गरे। उनले आफ्नो भाषणको सुरुमा ट्रम्पले उपस्थित धेरै पूर्व राष्ट्रपतिहरू र निवर्तमान राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिए।
“आजदेखि, हाम्रो देश फस्टाउनेछ र विश्वभर फेरि सम्मानित हुनेछ।” ट्रम्पले भने। मन्तब्य कै क्रममा उनले “न्यायको तराजु पुन: सन्तुलित गरिने र न्याय विभागको हतियारीकरण अन्त्य गर्ने बताए।
ट्रम्पले आफ्नो उद्घाटन भाषणमा शिक्षा र स्वास्थ्य सेवा प्रणालीको आलोचना गर्दै देश हाल पतनमा रहेको बताए। उनले “धेरै छिटो” परिवर्तन ल्याउने वाचा गरे। “घरमै सामान्य संकट” व्यवस्थापन नगरेकोमा ट्रम्पले बाइडेन प्रशासनको आलोचना गरे ।
प्रतिक्रिया