मिस्सिसागा, तमु धिं क्यानडाले प्रत्येक बर्ष मनाउन्दै आएको ल्होसार कार्यक्रम यस बर्ष पनि बिबिध कार्यक्रम सहित भब्य तथा आकर्षक रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा तमु धिं क्यानडाका अग्रज तथा सल्लाहकार डा. हरि गुरुङ्ले कलात्मक पानसमा दीप प्रज्वलन गरि उदघाटन गर्नु भए पछि तमु ल्होसारको उपलक्षमा सम्पूर्ण महानुभाबहरुमा शुभकामना ब्यक्त गर्नु भयो ।तत्पस्चात क्यानडा, नेपाल तथा गुरुङ समुदायको राष्ट्रिय गान प्रस्तुत गरिसकेपछि बृत्तचित्र मार्फत भूमि अभिस्विकृति ज्ञापन (ल्यान्ड एकनलेज्मेन्ट) गरिएको थियो।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु हुन्दै तमु धिं क्यानडाका सल्लाहकार राजकुमार गुरुङ्ले कार्यक्रमको उपादेयता तथा महत्वबारे प्रकाश पार्नु भएको थियो भने गुरुङ परम्पराअनुसार समुदायका बयोबृद्द महिलाहरुले सर्पबर्गका महानुभाबहरुलाई “स्याई स्याई” गरि शुभ आशिष दिनु भएको थियो। सोहि कार्यक्रममा नेपलिज जनजाति एसोसियसन क्यानडाका सभापति बीरकाजि गुरुङ्लाई उहाँले सस्कृति संरक्षण, प्रबर्द्दन को साथै समुदायिक सेवामा योगदानको कदर गर्दै सिनेटर विक्टर हो द्वारा प्रदान गरिने “लिगासि अवार्ड” क्यानेडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष डा. तुल्सी धरेलले प्रदान गर्नु भयो भने तमु धिं क्यानडाले पनि उहाँलाई गुरुङ परम्परा अनुसार फेटा बांधेर सम्मान गरेको थियो।
औपचारिक कार्यक्रम पछि सास्कृतिक कार्यक्रममा गुरुङ भेषभुषामा सजिएर बाजागाजा सहितको झाँकीले कार्यक्रम स्थल परिक्रमा गर्दा नेपालकै गुरुङ गाउँमा भएको जस्तो सहभागिहरुले महसुस गरे। सास्कृतिक कार्यक्रममा स्वागत नृत्य, घाटु, सोरठी,सालैजो झ्याउरे, कौडाको आकर्षक नृत्यले सहभागिहरुलाई पनि छमछमि नचाएको थियो भने युबाहरुको समूहले “रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो” गीत प्रस्तुत गर्दा कार्यक्रम स्थल नेपालमय भएको थियो। साथै गुरुङ समुदायकै ससाना नानीहरुले हिस्सी परेको नृत्य तथा सांगितिक प्रस्तुति गर्दा तमु धिं क्यानडाको आफ्नो सस्कृतिको पुस्तान्तरण गर्ने प्रयास सफल भएको सहभागिहरुले प्रतिकृया दिएका थिए । यसबर्षको कार्यक्रममा युबा बर्गको अधिक सहभागिताले भबिष्यमा क्यानडामा पनि गुरुङ संस्कृति प्रबर्द्दन र संरक्षण पक्कै पनि हुने छ भन्ने सबैले आश गरे।
कार्यक्रमको अन्त्यमा तमुधिं क्यानडाका बोर्ड डाइरेक्टर अमृता गुरुङ्ले कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण महानुभाबहरुलाई धन्यबाद ब्यक्त गर्नु भयो भने कार्यक्रमका प्रायोजकहरुलाई परम्परागत गुरुङ नृत्यले स्वागत एबम सम्मान गरि मायाको चिनो प्रदान गरिएको थियो। मिस्सिसागा स्थित अनापिलिस बन्क्वेट हलमा आयोजना गरिएको सो कार्यक्रममा करीब सातसय जनाको सहभगिता रहेको आयोजक निकायले जनाए ।
प्रतिक्रिया