अमेरिकामा हुने गायक सुजन चापागाई तथा ब्यान्डको कार्यक्रमको लागि अमेरिकामा मै रहेका महिला गायिकाको खोजी

इनेप्लिज २०८१ पुष १८ गते ०:४८ मा प्रकाशित

अमेरिकाको विभिन्न राज्यहरुमा आयोजना हुने गायक सुजन चापागाई तथा ब्यान्डको कार्यक्रमको लागि अमेरिकामा मै रहेका तथा बसोबास गर्ने महिला गायिकाको खोजी जारी राखेका छन् । आयोजकका अनुसार अमेरिका मै रहेका प्रतिभाशाली तथा उदियमान महिला कलाकारलाई प्राथमिकता दिईने छ ।

आयोजकका अनुसार अनुभवी मात्र नभई गायन क्षेत्र लागेका प्रतिभा भएका नयाँ महिला गायिकाको आवश्यक परेकोले आयोजकले दरखास्तको लागि आह्वान गरेका छन ।

सुजन चापागाई तथा ब्यान्ड युएस-टुर २०२५ को लागि महिला कलाकारको खोजी गरिएको हो । सुजन चापागाई तथा ब्यान्ड युएस-टुर २०२५ को लागि महिला कलाकारको खोजी गरिएको हो । सिन्को इन्टरटेन्टमेन्टको प्रस्तुति तथा आयोजक कोसेली कोलोराडो तथा नाम्लो रहेका छन् भने दुवैको सयुक्त आयोजनामा कार्यक्रम हुने लागेको हो ।

आयोजकले संयुक्त राज्य भरका दर्शकहरूलाई प्रभाव तथा मनोरंजन दिन सक्नु हुनुहुन्छ ? नेपालका प्रख्यात गायक सुजन चापागाईको बहुप्रतिक्षित २०२५ अमेरिकी यात्रामा साथ दिन सक्नु हुन्छ भन्दै खोजी जारी राखेका छन् ।

गायक सुजन चापागाईको भ्रमण अमेरिकाका प्रमुख शहरहरूमा १० देखि १२ वटा राज्यका शहरहरुमा प्रस्तुती हुने छन् ।

गायक सुजन चापागाईसँग फेब्रुअरी १५ ,२०२५ देखि अप्रिल १५ ,२०२५ सम्म अमेरिकाका बिभिन्न राज्यहरुमा भ्रमण मितिहरू सुरु हुनु अघि पूर्वअभ्यास (रिहर्सल ) गर्न समय प्रवन्ध गरिने भएको आयोजकले ईनेप्लिजलाई बताए ।

यदि तपाई अमेरिकामा जहाँ भए पनि यसमा जोडिन चाहनु हुन्छ भने आवेदन समय जनवरी २२ ,२०२५ सम्म राखिएको छ । जति सक्दो शीघ्र सम्पर्क र आवेदनको लागि आह्वान गरिएको छ ।

अमेरिकाको बिभिन्न राज्यहरुको भ्रमण फेब्रुअरी १५ देखि अप्रिल १५ , २०२५ रहने छ । बिस्तृत जानकारी लिन यस इमेल(बिधुतिय डाक)मार्फत सम्पर्क गर्न सकिने आयोजकले बताएका छन् ।

email : [email protected]

आवेदन भर्न यहाँ थिच्नु होस् : https://docs.google.com/forms/d/e/1FAIpQLSc19CMHbTukXi7vrQakAwQjoGp9Sr5POvwrU0E7PDe9g3yxbw/viewform

प्रतिक्रिया