मेक्सिकोको उत्तरी सीमा राज्यको गोप्य चिहानमा १२ वटा शव फेला 

इनेप्लिज २०८१ पुष १२ गते १९:३९ मा प्रकाशित

मेक्सिकोका अन्वेषकहरूले उत्तरी सीमा राज्य चिहुआहुआनको गोप्य चिहानमा १२ वटा शव फेला पारेको घोषणा गरेका छन्।

राज्य अभियोजकहरूका अनुसार कंकालको अवशेष एसेन्सियनको उपनगरमा फेला परेको थियो। मेक्सिकोको सिउडाड जुआरेजबाट करिब ११० माईल (१८० किलोमिटर) पश्चिममा  पर्दछ भने टेक्सस राज्यको एल पासोबाट सीमा पारमा रहेको छ।

अन्वेषकहरूले डिसेम्बर १८ मा उजाड स्थलमा अन्वेषण गरे र  त्यसपछि  खोज क्षेत्र विस्तार गरेको विभिन्न सॅचार माध्यमहरुले जनाएका छन्।

तिनीहरूले अन्ततः ११ वटा अलग अलग खाडलहरू फेला पारे जसमा एक दर्जन शवहरू फ्याँकिएको थियो। 

अवशेषहरू सम्भावित पहिचानको लागि राज्य फरेन्सिक प्रयोगशालामा लगिएको छ ।

मेक्सिकोमा लागुऔषध गिरोह र अपहरणकारी गिरोहहरूले प्रायः आफ्नो पीडित वा प्रतिद्वन्द्वीहरूको लाशहरू हटाउन त्यस्ता गोप्य खाडल प्रयोग गर्छन्। 

 मेक्सिकोमा बेपत्ता व्यक्तिहरूको संख्या अहिले लगभग १ लाख २० हजार पुगेको छ।

प्रतिक्रिया