कहाँ छौ कहाँ …………………….

इनेप्लिज २०८१ पुष १० गते ०:०६ मा प्रकाशित

कहाँ छौ कहाँ सम्झनाले मुटु छोएको छ
यी हिमाल ,पहाड सबैतिर घुमिरहु लाग्छ
बिर्सनु कसरी मैले सम्झना आईरहन्छ
कहाँ बाट होला उनको खबर म सम्म पुग्छ

आखामा उनको तस्बिर सधै घुमिरहन्छ
दिल भित्र बसेको मान्छे ,उनको काख प्यारो छ
किन परदेश जान्छौ प्रियसि आखामा तिम्रो तस्वीर घुमिरहन्छ
चाहिदैन धन सम्पती यो जिन्दगी अनमोल छ

किन जान्छौ प्रदेश मलाई एक्लो छोडेर
बाच्न सक्छु मैले कसरी सम्झना मनमा बोकेर
नाचिरहन मन छ मलाई तिम्रो वरिपरि
बोलिरहन मन लाग्छ अब कसो गरौ नि

कहाँ छौ कहाँ सम्झनाले मुटु छोएको छ
यी हिमाल ,पहाड सबैतिर घुमिरहु लाग्छ
बिर्सनु कसरी मैले सम्झना आईरहन्छ
कहाँ बाट होला उनको खबर म सम्म पुग्छ

लेखक : गोबिन्द राज ओझा (राजन )

प्रतिक्रिया