नेपाल आमाको काखमा शिर राखेर सुत्नु छ
देशभक्ति हाम्रो नसा नसामा बग्छ
वीरहरुको भुमी हो यो यहि हाम्रो पहिचान छ
यो माटाेलाई नमन गरौ यसको इतिहास महान छ
यो धर्ती आफै मुस्कुराउ छ मुस्कान सधै रहिरहन्छ
ज्यानको बलिदान दिएर भए पनि देशको सुरक्षा गर्नु छ
यो देशको नाम संसारमा फैलाउनु छ
नेपाल आमाको आवाजलाई चिन्नु पर्छ
यो देशको स्वाभिमानको कथा लेख्नु छ
देशभरी शान्तिको सन्देश फैलाउनु छ
हातमा देशको झन्डा र दिलमा नेपाल देश छ
देशभक्ती हाम्रो पहिलो कर्म हुनेछ
नेपाल आमाको काखमा शिर राखेर सुत्नु छ
देशभक्ति हाम्रो नसा नसामा बग्छ
वीर भुमी हो यो यहि हाम्रो पहिचान छ
यो माटाेलाई नमन गरौ यसको इतिहास महान छ
लेखक : गोबिन्द राज ओझा (राजन )
प्रतिक्रिया