समाजवादी प्रेस संगठन नेपालको प्रेस विज्ञप्ती

इनेप्लिज २०८१ मंसिर ३० गते १४:५३ मा प्रकाशित

नेपाल पत्रकार महासंघको सम्पन्न हुनैलागेको २७ औँ महाधिवेशनअन्तर्गत मतगणनाक्रममा महासंघमा उम्मेदवार बनेका व्यक्तिहरुबाटै शनिबार राति केन्द्रीय कार्यालयमा तालाबन्दी भएको घटनाले हाम्रो ध्यानाकर्षण भएको छ । निर्वाचन समितिले निर्वाचन मत प्रविष्ट गराइरहँदा राज्यसत्ताको दुरुपयोग गर्दै प्रहरीको कमाण्डसहित केन्द्रीय कार्यालय पुगेर मतगणनामा सरिकहरुलाई पनि बाहिर निकालेर तालाबन्दी गरिएको छ । कैयौँ उम्मेदवारहरु पनि भएको अवस्थामा एकाएक तालाबन्दी गर्ने र मतगणना प्रभावित पार्ने सत्ता गठबन्धनको अभ्यासका विरुद्ध हामी खेद प्रकट गर्दछौँ ।

यस्तै, अछाममा मतगणना भइरहँदा सुदूरपश्चिम प्रदेश समितिमा महासचिवका उम्मेदवार हरि जोशी जित्ने निश्चितता भएपछि प्रतिनिधि नराखी एकलौटी मतगणना गरेर राज्यसत्ताको दुरुपयोग गर्दै सत्तागठबन्धनले अर्को नांगो हस्तक्षेप देखाएको छ । यो नांगो हस्तक्षेपको विरोध गर्दै त्यहाँ अर्को मतगणनाका लागि विभिन्न संगठनहरुले गरेको निवेदनमा तत्काल सुनुवाइ होस् भन्ने हाम्रो माग छ । अन्यथा संगठन यसको प्रतिवादमा उत्रने जानकारी गराउँदै सम्पूर्ण पत्रकार साथीहरु, संघसंगठनहरुलाई पनि राज्यसत्ताको यस्तो चरम दुरुपयोगविरुद्ध उभिन अपिल गर्दछौँ ।

विश्वमणि सुवेदी
अध्यक्ष
मितिः २०८१ मंसिर ३० गते

प्रतिक्रिया