डा. सन्देश लम्साल आठ दिने चीन भ्रमण सकेर नेपाल फिर्ता

इनेप्लिज २०८१ मंसिर २५ गते १२:०१ मा प्रकाशित

.२०२४/२५ सत्रबाट सुरु हुने गरि नेपाल स्थित चीनको दूतावासले “चाइनिज एम्बेसी युथ पाइनियर प्रोग्राम” (CNYP) का लागि २० जना नेपाली युवा युवतिहरूको हालसालै मात्र छनोट गरेको थियो।

सो अभियानको पहिलो कार्यक्रम स्वरूप CNYP का १० जना सदस्यहरूलाई डिसेम्बर १ देखि ८ सम्म चीनको ग्वाङझाउ र शेन्जेन सहरको भ्रमण गराइएको थियो।

उक्त भ्रमणमा ग्वाङ्झाउ सिवेज ट्रिटमेन्ट प्लान्ट, क्यान्टन टावर, ग्वाङ्झाउ अटोमोबाइल ग्रुप, Aion न्यू इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड, ग्वाङ्डोङ म्युजियम, चिमेलङ सफारी पार्क, चिमेलङ इन्टरनेशनल सर्कस, BYD कम्पनी लिमिटेड, Huawei टेक्नोलोजी कम्पनी लिमिटेड, Mindray मेडिकल इन्टरनेशनल लिमिटेड, शेन्जेन रिफर्म एण्ड ओपनिङ हल , अन्तर्राष्ट्रिय वित्तीय केन्द्र जस्ता विश्व प्रख्यात तथा अन्तर्राष्ट्रिय कम्पनीहरू र मनोरञ्जनात्मक ठाउँहरूको अवलोकन गराइनुका साथै ग्वाङ्झाउ र शेन्जेन गरि दुवै सहरमा रिभर क्रुज गराइएको थियो।

सो भ्रमणबाट चीनको संस्कृति, परम्परा, इतिहास, भाषा, भेषभूषा, परराष्ट्र नीति, असल राजनीति तथा अनुशासनको महत्त्व, पर्यावरण र प्रकृतिको संरक्षण जस्ता विभिन्न विषयको बृस्तित रुपमा जानकारी प्राप्त भएको डा. सन्देश लम्साल बताउनुहुन्छ।

यस्ता भ्रमणका कार्यक्रमहरुले चीन र नेपालबिचको दुईपक्षिय सम्बन्धलाई प्रगाढ बनाइ दुई देशबिचको सांस्कृतिक, सामाजिक, राजनितिक, आर्थिक र भौगोलिक भिन्नतालाई न्युनिकरण गर्न मद्तत पुर्याउने डा. लम्सालले अपेक्षा राख्नुहुन्छ।

यो भ्रमणबाट प्राप्त जानकारीले नेपालको विकासमा आफूले सक्दो योगदान पुर्याउनुका साथै नेपाल- चीनबिचको दुईपक्षिय सम्बन्धलाई प्रगाढ राख्न हामी सबै सदैव तत्पर रहनुपर्ने डा. लम्सालको सुझाव पनि दिनुभएको छ।

प्रतिक्रिया