इजरायलले सिरियाको डमास्कसमा हवाई आक्रमण गरेको छ । आइतवार राती इजरायली हवाई आक्रमणले सिरियाको डमास्कसका धेरै सरकारी र सैन्य सुविधाहरूमा आक्रमण गरेको इजरायल रक्षा बलका अधिकारीहरूले बताएका छन् ।
इजरायल रक्षा बलले आक्रमणहरुको विवरणहरू प्रदान गर्न अस्वीकार गरेको एबिसीन्यूजले जनाएको छ । यसअघि आइतवार आईडिएफले इजरायलसँगको सिमानामा रहेका पाँचवटा सिरियाली गाउँका बासिन्दाहरूलाई चेतावनी दिँदै दुई देशबीचको बफर जोन अर्थात् मध्यवर्ती क्षेत्र नियन्त्रणमा लिएको बताएको थियो।
गोलान हाइट्समा रहेको सिरियाको भ्रमणको क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिरियाली सेनाले त्यहाँ आफ्नो स्थान त्यागेको कारण आइडिएफले मध्यवर्ती कब्जा गरेको बताए । हामी कुनै पनि शत्रु शक्तिलाई हाम्रो सीमामा स्थापित हुन दिने छैनौं,” नेतान्याहुले भने।
प्रतिक्रिया