असदले सिरिया छोडेको रुसले जनाएको छ ।
सिरियाका राष्ट्रपति बसर अल असदले सिरिया छाडेको रुसको विदेश मन्त्रालयले आइतवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । अर्थात् उनले सिरिया छोडेको पक्का भएको छ ।
असदले “राष्ट्रपति पद छोड्ने निर्णय गरे र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न निर्देशन दिँदै देश छोडे,” विज्ञप्तिमा भनिएको छ, “रूसले यी वार्ताहरूमा भाग लिएन।”
रूसी संघ सिरियाली विपक्षीका सबै समूहहरूसँग सम्पर्कमा रहेको जनाएको छ ।
प्रतिक्रिया