नेपाललाइ  ससारमा  चिनाउने सगरमाथा,बुद्ध पछि अर्को कडी विवाह पञ्चमी

इन्दु भूषण गौतम, भर्जिनिया २०८१ मंसिर १९ गते १:५४ मा प्रकाशित

धेरै जना बिदेशी मित्रहरुले मलाइ सोध्नु भयो – भगवानको पनि बिबाह हुन्छ र, यो त मान्छे को जस्तो भएन र ?? भगवान भन्ने बित्तिकै अनादिकाल – जसको कुनै समय सिमा नै हुदैन जो infinite छ , नित्य छ, सधै एउटै उमेर छ कसरी बिबाह हुन्छ ?? बिबाह त मानिस को पो हुन्छ, यो त अतिरञ्जित भएन र ?? ससारका कुनै पनि धर्मग्रन्थहरुमा बिबाह कर्मलाइ कुनै महत्व दिएको देखिदैन तर जन्म र मृत्यु सस्कारलाइ महत्व दिएको देखियो । बुद्ध धर्ममा बिबाहलाइ बन्धन कै रुपमा हेरियो भने अन्य धर्म जस्तो जैन , बोन, कृष्टियाँन , इस्लाम, यहुदी, सिन्थो , सिख, बहाई, इस्माइलि, बुधु, Zoroastrianism आदि जति पनि धर्म ससारमा चलेका छन तिनीहरु सबैको एकै मत छ – बिबाह भनेको कर्म बन्धन हो । हिन्दु धर्ममा त्यो पनि राम आबतारमा मात्र यसलाई पवित्र बन्धन हो जसले मानव जातिलाई सहि दिशानिर्देश गर्छ भनिएको छ ।

हिन्दु धर्ममा पनि भगवान बिष्णु का २४ अबतार मध्धे कुनै पनि अबतारमा बिबाहको सौभाग्य भगवानलाई मिलेको थिएन । कृष्ण अवतारमा भएका बिबाह कुनै पनि सहज परिस्थितीमा भएका थिएनन र ति बिबाहको प्रसङ्ग अरुनै ज्ञानमा प्रकास पार्न गरिएका थिए । बिबाह मानव जातिको लागि एउटा उत्कृष्ट नगरी नहुने कर्म हो चाहे जुनसुकै धर्म , सकृति , जाति बिशेषको किन नहोस । भगवानको अबतारमा जनकपुरमा भएको बिबाह नै सम्पूर्ण मानव जातिको लागि कसरी आफ्नो बिबाह गर्नु पर्छ भन्ने एउटा मापदण्ड (yardstick) स्थापन गरेको छ । भगवान रामसीताको बिबाह भएको दिन विवाह पञ्चमी बृहस्पतिवार, डिसेम्बर ५ तारिखको दिन जनकपुरमा भव्यताका साथ् मनाइदै छ भने ससार भरका हिन्दु नारिले त्यसलाई बिशेष महत्वले मनाउदै छन ।

बिबाह पंचमीको बारेमा जान्नु पुर्ब यस धर्तीमा जम्मा ४ यस्ता परिवार रहेछन जसमा भगवान राम सीता , राधा कृष्णले अबतार लिदा उनीहरु परिवार मार्फत जन्म लिनु भयो । जस मध्धे रामायणमा राजा जनक र राजा दशरथको परिवारको बिशेष चर्चा छ ।।

थाईल्याण्डका बौध्दिष्ट धर्ममा आस्था राख्ने अत्यन्तै लोकपृय राजा भुमि बल अधुल्यदेज ले सन् १९९९ तिर एउटा किताब लेख्नु भयो नेपालका जनकपुरका राजा जनकको बारेमा “King Mahajanaka” उक्त पुस्तकमा प्रसङ्ग अरुनै भए पनि यो कुरा प्रष्ट हुन्छ कि थाई राजा भूमिबल राजा जनक संग वहा बुद्ध भगवान जत्तिकै प्रभावित हुनुहुन्थ्यो । नेपालको जनकपुरको पौराणिक इतिहास अनुसार राजा जनकको राज्य ज्ञान , एश्वोर्य , सम्वृद्धीको सर्बोच्च र उत्कृष्ट बिश्वकै नम्बर एक राज्य थियो ।। यो सबैको तरक्कीनै माता लक्ष्मीले जनकपुरमा माता सीताकै रुपमा अबतार लिएर मात्र सभ्भव भएको हो । यिनै राजा जनक प्रभावले थाईल्याण्डमा रामायणलाइ Ramakien भनिन्छ र प्रसिद्ध बैककको सुनौला बुध्द दरबार Wat Phra Kaew (Temple of the Emerald Buddha) राम सीता हनुमान रामायण संग सम्बन्धित मुर्ति कला हेर्न पाइन्छ । अझ इन्डोनेसियाको बालीमा Ayung River Ubud, दुवै किनाराको १० किलोमिटर लामो क्षेत्रमा रामायणमा वर्णित सबै घटनालाइ ठुला ठुला पहरा , दुवै किनाराका बिसाल ढुङ्गाहरुमा रामायणका बिभिन्न आकृतिका सुन्दर मुर्तिहरु १४ औ शताब्दी देखि कुदिएका छन । इन्डोनेसियाका बालि, जाभा, यज्ञाकार्ता आदि स्थानहरुमा प्रसस्त हिन्दु मन्दिरहरु ११ औ देखि १५ औ शताब्दिमा बनाईका थिए , जब मुस्लिमहरुले अतिक्रमण गरे त्यसपछाडी यी मन्दिरहरुमा पुजा हुन् छोडेको छ । Candi Prambanan भन्ने जाभामा करिब २४० वटा विभन्न हिन्दु देवताका मन्दिर ११ औ सताब्दी देखि छन, यी संसारकै ठुला हिन्दु मन्दिर हुन् । इन्डोनेसियाका प्रभावशालि रास्ट्रपति सुकार्नोले भनेका थिए “इस्लाम हाम्रो धर्म भए पनि रामायण हाम्रो सस्कृति हो ” ।

माता सीताको बिबाहमा जनकपुरमा अयोध्याबाट ११ लाख जन्ती, घोडा आएका थिए, तिनीहरुलाई ३ दिन सम्म जनकपुरले उत्कृष्ट आथिथ्य सत्कार, स्वागत, खानपान , दक्षिणा र उपाहार सहित बिदाइ गरेको थियो । बिदाइमा दाइजो स्वरुप सुन चादी , पहाडको राडी पाखी सहित लाखौ रथ भरि सामाग्री दिइएको थियो , जो यति धेरै थियो कि कुनै पनि राज्यका राजाहरु संग त्यति सम्पत्ति थिएन।

थाईल्याण्डका आलावा कम्बोडिया , लाओस, मलेसिया , फिजीमा समेत रामायणकै ठुलो प्रभाव परेको देखिन्छ ।एघारौ शताब्दी देखिनै बर्मामा रामायण लाइ Yama Zatdaw भनिछ भनेर मानिन्छ । यसै गरि रामायाणको सस्कृति अफगानिस्थान देखि इन्डोनेसियाको बालि , कम्बोडिया लाओस सम्म ११ औ शताब्दी मै फैलिएको रहेछ । रामायण सस्कृतिलाई बिश्वका ४० प्रतिशत जनसङ्ख्याले मानेको देखिन्छ ।

बाल्मिकीले जब रामायण लेख्नु भयो र त्यसको गान लब – कुस ले गरेर रामलाई सुनाउनु भयो । माता सीताको अबतारको मुख्य दुइ कारण छन, पहिलो श्री राम संग बिबाह दोस्रो असुरहरुको बध गर्न श्री राको आल्हादिनी शक्ति बनेर सहायता गर्ने पृथ्वीलाई शान्त ,सभ्य योग्य बनाई धर्म को रक्षा गर्ने थियो ।

जब पृथ्वीमा असुर राजा रावणको पाप र अत्याचारले बस्न नसकिने भए पछि भगवान बिष्णुले मानव भएर भगवान श्री रामकै अबतार लिने हुनुभयो भने माता लक्ष्मीले जनकपुरमा माता सीताको रुपमा अबतार लिनु भएको थियो । यसरी भगवानको यी अबतार हुने भए पछि ४ बेदले पनि आफु रामायणको रुपमा अबतार लिने निर्णय गरे । जसरी बिज्ञानका जटिल सुत्रहरुलाई सरल ढंग बाट बुझाउन प्रयोगशालाको लागि भनेर छुट्टै Comprehensive Practical Science Hand Book हरु हुन्छन र बिज्ञानका सुत्रहरुलाई सरल ढङ्गले बुझाइन्छ त्यसै गरि ४ बेदको जटिल ब्रम्ह ज्ञानलाइ मानिसको सानो दिमागले बुझ्न (comprehend) सकुन भनेरनै बाल्मिकी रामायाण रुपी बेदको अबतार भएको हो । नारादले संक्षेप रामायण बाल्मिकी ऋषिलाइ सुनाउदा भन्नु भएको थियो ” रामायण भनेको सीताको चरित्र प्रधान ग्रन्थ हो ” । श्री रामको प्रसंग अत्यधिक आए पनि माता सीताकै गुणानुबाद छ बाल्मिकी रामायाण (मूल रामायण)मा ****।।

भगवान श्रीकृष्णकी आल्हादिनी शक्ति राधा भए जस्तै भगवान श्री रामकि आल्हादिनी शक्ति जगत जननी सीता हुनुहुन्छ ।।अधिष्ठात्रि शक्ति वा सम्पूर्ण शक्तिकै श्रोत शक्तिलाइ आल्हादिनी शक्ति भनिएको हो । जब भगवान श्री राम आफ्नी आल्हादिनी शक्ति माता सीताको सम्झना गर्नु हुन्छ तब वहामा शक्ति संचार भएर अहिल्याको उद्वार, ताडका रक्षानीको बध, रावण माथी बिजय प्राप्त भै लाखौ शिक्षाप्रद कर्म गर्न सक्षम हुनुहुन्छ ।बिना कुनै शत्रुता भएको रावणको शासन र त्यसको अत्याचारको अन्त नहुने देखेर माता सीता अग्निमा लुक्नु भएर एउटा प्रतिमूर्ति सीता उत्पन्न हुनु भयो रावणबाट अपहरित हुनुभयो ।माता सीता माता लक्ष्मी कै अबतार हुनु भए पनि नक्कली सीता जो रावणले अपहरण गरेर लंका लगेको थियो लंका प्रबेश गर्दा उल्टो प्रभाव पर्यो र सुनको लंका कालन्तरमा जलेर ध्वस्त भयो।हुन त् यो असभ्भव नै थियो सक्कली सीतामाता अपहरण गर्न , यदी रावणले असली सीता अपहरण गरेर लान सकेको भए लंकाको लक्ष्मीकै रुप सीताको पदार्पण हुना साथ समृद्धि अरु थपिने थियो ।

सीता माता कुनै निरिह नारी थिइनन , उनि यस धर्तीको जगत जननी सबै भन्दा शक्तिशालि माता जगदम्बा हुन्। दश महाबिद्या, भगवान शिबले सधै आराधना गर्ने सर्बोच्च देबी हुनुहुन्छ, त्यहा भन्दा माथी र ठुलो शक्ति कुनै छैन । १० सिर भएको रावणको बध गर्नु अगाडी श्रीरामले माता सिताकै आराधना गर्नु भएको थियो ,र माता सीताले भगवान रामलाइ नै बरदान दिनु भएको थियो । यस भन्दा धेरै बर्ष अगाडी रावणको दाजु जसको १००० सिरहरु थिए जसलाई माता सीताले एक नजरमा भष्म गर्नु भएको थियो । रावण ले अपहरण गरेको सीता नक्कली प्रतिमुर्ति सीता भएकोले रावण माथी कुनै प्रभाव परेन । माता सीता चाहानु हुन्थ्यो भगवान श्री राम जसको अबतार नै रावण बध र सम्पूर्ण सुरहरुको बध गर्ने भएकोले उक्त कार्य रामलाइ नै छोडी दिनु भएको हो ।

माता सीताको बिबाहमा जनकपुरमा अयोध्याबाट ११ लाख जन्ती, घोडा आएका थिए, तिनीहरुलाई ३ दिन सम्म जनकपुरले उत्कृष्ट आथिथ्य सत्कार, स्वागत, खानपान , दक्षिणा र उपाहार सहित बिदाइ गरेको थियो । बिदाइमा दाइजो स्वरुप सुन चादी , पहाडको राडी पाखी सहित लाखौ रथ भरि सामाग्री दिइएको थियो , जो यति धेरै थियो कि कुनै पनि राज्यका राजाहरु संग त्यति सम्पत्ति थिएन। यो सबै गर्न माता सीता जो लक्ष्मी कै अबतार हुनुहुन्छ वहा कै कृपाले सभ्भव भयो ।

बिबाह पंचमी यस्तै रामायण को एक महत्वपूर्ण कार्य जो नेपालमै भएको हुदा र रामायणकै प्राण स्वरुपको यो कार्य नेपालीको लागी गौरब गर्ने दिन हो । हामी जहिले पनि भानुभक्तीय रामायण जो बिल्कुलै अधुरो र अपुरो ग्रन्थ कै प्रभावमा परेर विबाह पंचमी यति ठुलो दिनलाइ सामान्य धार्मिक दिनको रुपमा हेर्नु बिल्कुलै अन्याय हो। सन् १९६७ सयुक्त राष्ट्र सघका महासचिब बर्मा का उथ्थांतले लुम्बिनीको भ्रमण गरेर अन्तमा आखा भरि आसु परेर भाबुक हुदै भन्नु भयो “यो नै मेरो जीबनको एक मात्र महत्वपूर्ण दिन हो ” भन्नु भए लगत्तै लुम्बिनी बिकाश कोषको स्थापना भएर लुम्बिनी अहिले ससार कै मानचित्रमा नेपाल लाइ चिनाई रहेको छ ।सीतामाताको गुणानुबाद गरिएको रामायण, सीतामाताको चरित्रको ग्रन्थ बाल्मिकी रामायण र त्यसको पनि प्राण रामसीता बिबाहको डकुमेन्ट ग्रन्थको बिबाह पन्चमी उत्सवले बुद्ध जन्म लुम्बिनी जस्तै ससारनै चिनाउने महत्वपूर्ण कडी हो । यसमा नेपालले थप अनुसन्धान ,अन्वेषण, विश्लेषण र सचेतना मुलक प्रचार प्रसार गर्नु जरुरि छ ।

**** नोट : रामायण माता सीताकै चरित्रको गुणाबाद डकुमेन्ट हो भनेर भारत अयोध्या राम मन्दिर राम लला ट्रस्टका अद्यक्ष्य जगतगुरु डा राघभचार्य गुरु को यो तलको लिङ्क मा भएको हालैको भिडियो क्लिपको ५६ मिनेट ३० सेकेण्ड जादा रामायणकै बाचन क्रममा भन्नु भएको छ।वहाका बिगत सबै धार्मिक प्रबचनमा यो रामायण भनेकोनै माता सीता माथी मात्र केन्द्रित भएर लेखिएको ग्रन्थ हो भनिएका छन । स्मरणरहोस अयोध्या राम मन्दिर ट्रस्टका विद्वान जगत गुरु बाट नै यो भनिएको हुदा अहिले भारत भरि यहि मान्यता छ – रामायण नै माता सीताको ग्रन्थ हो ।

प्रतिक्रिया