सामाजिक अभियन्ता तथा चर्चित टिकटकर गिभिना मगरलाई एकसाथ दुई पारिवारिक शोक परेको छ । दुर्घटनामा आमा गुमाएको केही समयमा उनले भाइसमेत गुमाएकी छन् । आमाको निधनले विक्षिप्त छोरा गिभिनाका कान्छा भाइ० ले पनि घरमै आत्महत्या गरेका छन्।
उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो । आमाको निधनपछि शोकाकुल बनेका २६ वर्षका भाइ रामकुमार बुढा समेत शनिबार मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पोखराको याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते आमा धनकुमारी बुढा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुकी मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।
प्रहरीका अनुसार रामकुमार पोखरास्थित कोठामै मृतावस्थामा फेला परेका थिए । आमाको मृत्युको खबर सुनेपछि बिछिप्त भएका रामकुमार राति १२ बजे झुण्डिएको अवस्थामा फेला परेको बताइन्छ ।
प्रतिक्रिया