सत्ता र सडक दुबैतिरबाट जसरी लोकतन्त्रमाथि तरबार हानिँदै छ, के लोकतन्त्र सग्लो रहला ?लोकतन्त्रलाई परिणाममुखी बनाउने महत्त्वपूर्ण कडी हो– सुशासन । भ्रष्टाचारमा शून्य सहनशीलता, सेवा प्रवाहमा सुधार, कानुनी शासनको प्रत्याभूति आदि पनि । यसैका लागि हामीसँग अख्तियार, सम्पत्ति शुद्धीकरण र सतर्कता केन्द्र जस्ता महत्त्वपूर्ण अङ्गहरू छन् । तर, यी अङ्गहरूमाथि जनताको विश्वास घट्दो छजब समाजमा भ्रष्टहरू रजगज गरेर हिँड्छन् र इमान्दारहरू अपहेलित हुन्छन्, तब लोकतन्त्रमाथि मान्छेको विश्वास हट्छ । हेरौँ त अहिले के भइरहेको छ ? अहिले राजनीति स्वयम् भ्रष्टाचारको संरक्षक बन्दै छ । नेताहरू दर्जनौं काण्डमा मुछिएका छन् र दलाली राजनीतिको आम चरित्र बनेको छ ।
सबैलाई थाहा छ, आज दलतन्त्रले लोकतन्त्रमाथि शासन गरिरहेको छ । क्षमता हुनेहरू पाखामा छन् र चाकरी गर्नेसँग छ राज्यको चाबी । राज्यबाट वेतन लिने कर्मचारी, शिक्षक र प्राध्यापकहरू दलीय संरक्षणमा पार्टी पूर्वाग्रहको खोतिपाती गरिरहेका छन् ।
के यो सबै निराशा, विश्वासहीनता र अराजकताका लागि पर्याप्त छैन?आज देशको सार्वभौमसत्ता, स्वाधीनता र आत्मसम्मानमा क्षयीकरण भइरहेको छ । राज्य र राजनीतिक नेतृत्वसँग विश्वको समकालीन शक्ति सम्बन्ध र भूराजनीतिक जटिलताबीच यथोचित, समन्वयात्मक, सन्तुलित गर्ने विवेक, सामर्थ्य र क्षमता छैन । उल्टो दलहरू छिमेक नीतिलाई सत्ता राजनीतिको रङ्गले पोतिरहेका छन्।
परिणाम, देश भूराजनीतिक स्वार्थ र टकरावमा फस्दै छ । यसलाई सम्बोधन नगर्ने हो भने हाम्रो राज्यहीनता र अराजकतामा खेल्न अनेक स्वार्थ समूहहरू प्रकट हुनेछन् । यसो भयो भने अराजकता बढ्नेछ, रोकिने छैन पहिचान र अधिकारका आवाजहरू नै सम्बोधन हुन सके, न त वित्तीय तथा प्रशासनिक सङ्घीयता नै लागू भयो । न सिमान्तकृत मुद्दाहरू सम्बोधन भयो, न त समावेशिता नै मूर्त बन्यो ।
यसले के गर्यो ? नागरिकले पटक-पटक गरेका आन्दोलनहरू परिणामविहीन भए । आन्दोलनका समयमा देखिएका सपनाहरू पूरा भएनन् । पटक-पटक सङ्घर्ष गरेको मान्छेले जब आफ्ना सपनाहरू कचेल्टिएको अनुभव गर्यो।सबैलाई थाहा छ, आज दलतन्त्रले लोकतन्त्रमाथि शासन गरिरहेको छ । क्षमता हुनेहरू पाखामा छन् र चाकरी गर्नेसँग छ राज्यको चाबी । राज्यबाट वेतन लिने कर्मचारी, शिक्षक र प्राध्यापकहरू दलीय संरक्षणमा पार्टी पूर्वाग्रहको खोतिपाती गरिरहेका छन् ।सत्ताले भ्रष्टहरूको संरक्षण गर्ने र देशमा यसरी नै बेथितिको रजगज चलिरहने हो भने अराजकता अझ पल्केने छन।पहिलो कुरा कुनै पनि विषयलाई हामीले बुझ्ने कसरी? के–के विषयलाई कसरी बुझने? जनप्रतिनिधि भनेको के हो? के जनताले मत दिएर निर्वाचित गरेका प्रतिनिधिहरु साँचो जनताका प्रतिनिधि हुन? जनताको प्रतिनिधि भनेको जनताको आवश्यकताको प्रतिनिधि, जनताको रुचिको प्रतिनिधि, जनताको चासोको प्रतिनिधित्व गर्नु हो। जनताले नेता चुन्न पाउँछ तर नेताले बदमासी गरेमा फिर्ता बोलउने अधिकार छैन। नेता आफूले प्रतिनिधित्व गरेको क्षेत्रप्रति जवाफदेही छैन्। जनताले कर तिर्छ तर जनताको जनप्रशासकमाथि नियन्त्रण छैन। जनतालाई विकास बजेटमाथि नियन्त्रण छैन। जनताको सरकारी अधिकारीमाथि नियन्त्रण छैन। लोकतन्त्रमा जनता सार्वभौम भन्ने तर केही कुरामाथि उसको नियन्त्रण नहुने। त्यसले गर्दा प्रतिनिधिमूलक लोकतन्त्रमा लोकतन्त्रका आधारभूत पक्षहरु कमी छन्। लोकतन्त्रको आवरणमा धनतन्त्र वा डनतन्त्रले शासन गरिरहेका छन्।लोकतन्त्रमा नागरिक बलियो हुन्छ तर यहाँका नागरिक निर्धो हुँदै गएका छन् भने दलका सीमित नेता शक्तिशाली बन्दै छन् । दल बलियो हुँदैमा लोकतन्त्र बलियो भने हुँदैन । दलका नेता जसरी शक्तिशाली र धनी हुँदै गएका छन् त्यसरी नै जनता शक्तिशाली हुनुपर्ने हो । विडम्बना जनताको दैनिकी दिनानुदिन महँगो र कमजोर हुँदै गएको छ ।
लोकतन्त्र बलियो हुन दलभन्दा नागरिकको भूमिका उन्नत हुनुपर्छ । अहिले झैँ दल र नागरिकबीचको दूरी बढ्दै गयो भने लोकतन्त्र असुरक्षित हुन्छ । बहुदल त रहला तर लोकतन्त्र नरहन सक्छ । दलबाट नागरिकको आकाङ्क्षा पूर्ण गर्ने सवालमा लोकतान्त्रिक क्रियाकलाप प्रदर्शन भइरहेको छैन ।
नेपालका दलका स्वार्थ एकै किसिमका छैनन् । उनीहरू सीमित स्वार्थी घेराको मात्र प्रतिनिधित्व गर्छन्, आम नागरिकको भावनाको होइन । दलको मूलभूत स्वार्थ समग्र जनताको हित र स्वार्थ हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । यसले लोकतन्त्रलाई बलियो नबनाई कमजोर बनाउँछ । दलको काम नागरिकको हितलाई प्रवद्र्धन गर्ने, लोकतन्त्रलाई सुदृढ गर्नुपर्ने हो । दलीय क्रियाकलाप र नागरिकको आकाङ्क्षालाई एकै ठाउँमा राखेर मूल्याङ्कन गर्ने हो भने नागरिक र दल विपरीत दिशामा हिँड्दै छन् । त्यो दूरीमा कम नभएमा खतरनाक स्थिति पैदा हुन सक्छ ।
लोकतन्त्रलाई दलले खाली सत्तारोहणको बाटो मात्र बनाएको देखिन्छ । तिनीहरूले नागरिकलाई शिक्षाको माध्यमबाट चेतनशील बनाउन चाहँदैनन् । नागरिक चेतनशील भए आफ्नो अर्थ र भूमिका नरहने उनीहरूको जिकिर छ । लोकतन्त्र बलियो हुन दलभन्दा नागरिकको भूमिका उन्नत हुनुपर्छ । अहिले झैँ दल र नागरिकबीचको दूरी बढ्दै गयो भने लोकतन्त्र असुरक्षित हुन्छ । बहुदल त रहला तर लोकतन्त्र नरहन सक्छ । दलबाट नागरिकको आकाङ्क्षा पूर्ण गर्ने सवालमा लोकतान्त्रिक क्रियाकलाप प्रदर्शन भइरहेको छैन । दलका नेता कुनै नागरिकको सानो काम गरिदिनुप¥यो भने त्यसलाई दयाभाव, माया र निगाह भएको सम्झन्छन् ।
जनताको मतदानबाट प्रतिनिधि बन्न पुगेकाहरू पदमा पुगेपछि जनताप्रतिको उत्तरदायित्व बिर्सिन्छन् । पदासीन भएपछि मालिकजस्तै व्यवहार गर्छन् । निर्वाचनका बेला मत माग्न जाँदा जनतासमक्ष झुकेर दुई हात जोडी पाउ पर्न खोज्छ, मतको याचना गर्छ तर मतदानपछि त्यो पूरै बिर्सन्छ । यसरी जनतालाई बिर्सिने नेतालाई सचेत नागरिकले ठेगाना लगाउने निर्वाचनकै बेला हो ।
जनताले यस्ता नेतालाई पहिचान गरी बहिष्कार गर्नुपर्छ । भ्रष्ट र दलबदल गर्ने नेतालाई नो भोटको नीति प्रयोग गर्नुपर्छ । लोकतन्त्रप्रति समर्पित आस्थावान् र जनताको सुख–दुःखमा साथ दिने नेतालाई स्वविवेकले मतदान गर्नुपर्छ । क्षणिक प्रलोभनमा परेर पछि पछुताउने काम गर्नुहुँदैन ।
लोकतन्त्र बाँचिरह्यो भने हाम्रा सन्ततिले पनि लोकतान्त्रिक अधिकार उपभोग गर्न पाउनेछन् । संसदीय लोकतन्त्रले नै जनताका सबै आकाङ्क्षा परिपूर्ति गर्छ भन्ने सन्देश छाड्न सकियो भने हाम्रा सन्ततिले पनि त्यसको जगेर्नामा सघाउ पु¥याउँछन् । असंसदीय र अलोकतान्त्रिक व्यवस्थाले मुलुकमा निरङ्कुशता र सर्वसत्तावाद लाद्नेछ । यसतर्फ सबै सचेत भई स्थानीय निष्कर्षमा स्वच्छ, इमानदार र लोकतान्त्रिक उम्मेदवारलाई विजयी गराई लोकतन्त्र सुरक्षित र बलियो पारौँ।लोकतन्त्रले सेवाप्रवाह चुस्त राख्न सकेको छैन, सुशासन केवल दलहरूलार्ई छ उपभोक्तालाई देखिएन । जति लोकतन्त्र मजबुत हुँदै छ त्यति देशमा व्यापारघाटा र ऋण वृद्धि हुँदै छ र आपराधिक कर्म पनि बढ्दै छन् । काण्डहरू नसुनिएको दिन छैन, रात छैनउद्योगहरू स्थापना गरेर, उद्यमशीलता वृद्धि गरेर, प्रशस्त लगानी गरेर, देशमै सबैलाई रोजगारी दिएर, स्वस्थ मानव पुँजी निर्माण गर्नुपर्ने, मानव संसाधन विकास योजनाबाट दक्ष, इमानदार, जागरुक, सक्रिय नागरिक तयार गर्नुपर्ने तर लोकतन्त्रले बाटो बिराएको छ, उसले चुनाव देखेको छ, सत्ता देखेको छ, लोकतन्त्रलाई परिवारवादमा सीमित गराएर बद्नाम कमाएको छ, मान्छे बेचेर विप्रेषणको अब्बल देश भनी विश्वलाई चिनाएको पनि छ, हराभरा, सुन्दर र शान्त देश अहिले सबैको तारो बनेसगै लोकतन्त्र पनि खतरामा छ।
प्रतिक्रिया