ए बहुरूपी मान्छे !

इनेप्लिज २०८१ मंसिर ९ गते १८:१६ मा प्रकाशित

तिमी सरकारमा आफै
तिमी सडकमा आफै
यत्र तत्र सर्वत्र, आफै
माओवादी सँग मिल्छौ आफै
कुरा मिलेन भन्दै छोड्छौ आफै
अन्यत्रै मुख मोड्छौ आफै
उखान टुक्का र गाली बर्साउँछौ आफै
काँग्रेसलाई सत्तो सराप गर्छौ आफै
प्रधानमन्त्री बन्न शरण पर्छौ आफै
हुने नहुने चुच्चे कुरा गर्छौ आफै
लम्पसार परी शरणमा पर्छौ आफै
मलाई “बा” भन पनि भन्छौ आफै
ए बहुरूपी मान्छे !
भाषणले पेट भरिन्न भन्ने बुझ
उखान टुक्काले तरिन्न भन्ने बुझ
गफले विकास गरिन्न भन्ने बुझ
आलोचना गर्दैमा मरिन्न भन्ने बुझ
तिम्रा नाति र हजुर बाउका कुरा,
हामीलाई के थाहा ?
जान तिमी र तिम्रा नाति आफै
नदेखाऊ नाना र भाँती आफै
जानै पर्छ एक दिन माथि आफै
ए बहुरूपी मान्छे !
अजम्मरी कोही छैन जान
कुरा हैन काम गर, भनेको मान !

  • रामप्रसाद खनाल, नोभेम्बर २३, २०२

प्रतिक्रिया