बेपत्ता भएका इजरायली यहूदी धर्मगुरु (रब्बी )युएईमा मा मृत फेला परेको इजरायलले जनाएको छ ।
संयुक्त अरब इमिरेट्समा बेपत्ता भएका एक इजरायली यहूदी धर्मगुरु मृत फेला परेको इजरायली अधिकारीहरूले आइतवार बताएका छन् । जसलाई उनीहरूले यहूदी बिरोधी आतंकवादी कार्यको संज्ञा दिएका छन् ।
सिएनएनका अनुसार जीभि कोगन मोल्दोभानका नागरिक हुन् । उनि धेरै देशहरूमा समुदाय, सभाघरहरू र अन्य संस्थाहरू भएको हासिदिक यहूदीहरूको धार्मिक आन्दोलन चाबडका प्रतिनिधि हुन् । गत बिहीबार दिउँसोदेखि बेपत्ता थिए। चाबडको आधिकारिक संजालस्थल (वेबसाइट)ले उनलाई दुबईबाट अपहरण गरेको बताएको छ।
आइतवार एक संयुक्त विज्ञप्तिमा इजरायली प्रधानमन्त्रीको कार्यालय र विदेश मन्त्रालयले कोगनको शव युएई अधिकारीहरूले फेला पारेको जनाएको छ ।
कोगनको हत्या एक जघन्य यहूदी बिरोधी आतंकवादी कार्य हो। इजरायल राज्यले यस अपराधका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन सबै उपायहरू प्रयोग गर्नेछ, विज्ञप्तिमा भनिएको छ।
आइतवार आफ्नो मन्त्रिपरिषद् बैठकको उद्घाटनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने: “इजरायल राज्यले कोगनका हत्याराहरू र उनीहरूलाई न्यायको कठघरामा ल्याउन सबै उपायहरू प्रयोग गर्नेछ।”
प्रतिक्रिया