रास्वपाको घुम्ती आन्दोलन: बैकल्पिक धार भुत्ते पार्ने,  सभापतिसंगसंगै पार्टीलाई सती पठाउने ?

मदन बस्नेत, टोरोन्टो, क्यनाडा २०८१ कार्तिक २८ गते ११:०४ मा प्रकाशित

पार्टी सभापति रवी लामिछाने सहकारीको रकम अपचलन अभियोगमा अनुसन्धानकालागि थुनामा परेपछी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले कठिन मोडबाट गुज्रिएको छ ।

स्थिति यस्तो छ कि नयाँ किसिमले राजनीति गर्छौ भनेर आएका उत्साहित युवाहरुसँग न त आफ्नो सभापतिलाई डिफेन्ड गर्ने कुनै शब्द छ, न त पार्टीको पक्षमा बोल्ने कुनै विषय नै शेष बचेको छ्।

पार्टी सभापति रवी लामिछानेलाई बयानकालागी तोकिएको तारिख र सहर धाउँदै गरिने सभापति बचाउ घुम्ती आन्दोलनबाट आम कार्यकर्ता पंत्ती पनि आजित भएको छ्।

दुनियाँका सामु लाजमर्दो तरिकाले सडकमा प्रदर्शन गरिरहेको अबस्थामा त्यसलाई सच्याएर अघि बढ्नु पर्नेमा त्यसलाई नीरन्तरता दिदै सडक आन्दोलन शसक्त्त बनाउने र थप चर्काउने निर्णय रवी, डिपी र स्वर्णिम सम्मिलित हिरासत बैठकले गरेको छ।

नेपालमा किसानका लागि वर्षायाम अन्नको खेती गर्ने र हिँउद खेती स्याहार्ने समय हो । तर, पार्टीका नेतालाई त्यही हिउँद राजनीतिको खेती गर्ने समय हुने गरेको छ्। सौभाग्यले यसपटक सडक तताउने जिम्मा रास्वपाले पाएको छ्।

बहुसंख्यक जनता बेरोजगार भएको देशमा केही हजारको जुलुस आयोजना गर्नु खासै ठूलो समस्याको विषय पनि होइन । नयाँ भएर होला शायद, रास्वपा सडकको भीड देखेर दंग छ्। सडकको भीड बाट हौसिएर माननीयहरु बीच अचेल को भन्दा को बढी भाईरल बन्ने भन्ने होडबाजी नै चलेको छ्।

सडकमा आयोजित ती प्रदर्शन र संघर्षहरूमा जनताका मुद्दाहरू आउनु पर्नेमा पार्टी र तिनका नेताका व्यक्तिगत वा समूहगत मुद्दा मात्रै मुखरित हुने गरेकोमा डिलमा बसेर हेर्नेहरु अक्कनबक्क भएका छन् । आम जनताकोलागी निरासाको बिसय नै यही हो।

रास्वपाले यतिखेर गरिरहेको आन्दोलन रास्टृयता केन्दृत वा जनताको जनजिबिका केन्दृत वा मुलुकले भोग्नु परेको गरिबि, बेरोजगारी, महँगी, भ्रस्टाचार बिरुद्द छैन्। छ त केवल पार्टी सभापति लामिछाने को रिहाई केन्दृत छ्। पार्टी सभापतिलाई प्रतिशोध साधियो भन्ने भाष्य सृजना गर्नमा केन्दृत छ्।

सडक आन्दोलन बिगतमा पनि हुन्थे। तर त्यस्ता आन्दोलन बिगतमा व्यवस्था बदल्न र संविधान परिवर्तन गर्न भएका थिए । अभियुक्त थुनिएपछि उनीहरुलाई छुटाउन सडक आन्दोलनहरु भएका थिएनन्। रास्वपा जानेर नजानेर मुद्दा केन्दृत हैन ब्यक्त्ती केन्दृत आन्दोलन गरिरहेको छ र बिधिको शासन बिपरित रवी लामिछानेको रिहाईको एक सुत्रीए माग गरिरहेको छ्।

जान्ने भएर छानिएका भनिएका पार्टीका सभासदहरु सडकमा जसरी प्रस्तुत भएका छ्न र उनीहरुले जस्तो खालको भाषा प्रयोग गरिरहेका छ्न त्यसले उनीहरु लोकप्रियताको निम्ति र व्यक्तिगत चर्चाको लागि असाध्यै भोका देखिएको भान हुन्छ्। रास्वपामा बौद्धिक मानिएका नेताहरूसमेत अभियुक्त सभापतिको बचाउ गर्न आँखा चिम्लेर तँछाडमछाड गरेको स्थितिले धेरैलाई चकित पारेको छ ।

अभियुक्त जोसुकै होस्, जुनसुकै तप्काको होस् र जुनसुकै शक्ति होस् नेपाली जनतालाई ठग्नेलाई निर्ममता पूर्वक छानबीन हुनुपर्छ र हदै सम्मको कारवाही हुन्पर्छ भन्ने आँट, हिम्मत र साहस रास्वपाका वौद्विक भनिएका आदर्श नेतृत्व ठानिएका ब्यक्तित्वमा समेत नदेखिनु बिडम्बना नै हो।

रास्वपाले यतिखेर गरिरहेको आन्दोलन रास्टृयता केन्दृत वा जनताको जनजिबिका केन्दृत वा मुलुकले भोग्नु परेको गरिबि, बेरोजगारी, महँगी, भ्रस्टाचार बिरुद्द छैन्। छ त केवल पार्टी सभापति लामिछाने को रिहाई केन्दृत छ्।

परम्परागत दल एमालेले सत्तामा हुँदा आफ्नै पूर्वमन्त्री पार्टी नेतामाथि मानव तस्करीको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइरहँदा आफूलाई फरक दाबी गर्ने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने फौजदारी अभियोगमा समातिएका आफ्ना सभापति रवि लामिछानेलाई छुटाउन सम्पूर्ण तागत लगाएर सडकमा रोईलो गरेको पटक्कै सुहाएको छैन्।

पार्टी सभापति रवी लामिछाने जस्तै उपप्रधानमन्त्री भइसकेका, त्यो पनि कांग्रेस-एमालेकै नेता पक्राउ परेको विगत धेरै पुरानो छैन । रास्वपाले बेथितिको पर्याय मानेका ती दलले, आफ्ना नेताविरुद्धको पक्राउ र अनुसन्धानलाई भिडबाट प्रभावित गर्न खोजेको कहिं कतै देखिएन । तर, आफूलाई तिनै दलको विकल्प, विधिको शासनको पक्षधर बताउने रास्वपाले फौजदारी अभियोगमा समातिएका सभापतिको पक्षमा प्रहरी कार्यालय र अदालत अगाडि प्रदर्शन गरेर जग हँसाई गरेको छ्।

सरकारको विरोध गर्न रास्वपा स्वतन्त्र छ, तर त्यो विरोध रवि लामिछानेको सहकारी ठगी र संगठित अपराधमा भइरहेको छानबिनलाई बाधा पुग्ने गरी गरिनु आश्चर्यलाग्दो विषय बनेको छ्।

रवी भनेकै रास्वपा र रास्वपा भनेकै रवी भन्ने उनीहरुको ठम्याई नै गलत छ्। रास्वपा र रवी एउटै हैनन फरक ईन्टिटी हुन भन्ने हेक्का नराखेर पार्टीका सम्पूर्ण नेता कार्यकर्ता नै सभापति रवी संगसंगै सती जाने जुन रहर रास्वपामा देखिएको छ, त्यसले उसको बैकल्पिक धारलाई समेत भुत्ने साबित गरेको छ्।

केही दिनअघि देखि पोखरा, काठमाडौं र अहिले भैरहवामा गरिएको प्रदर्शन पार्टीको नियन्त्रण भित्र नै छैन्। पार्टीका नेता, सभासदहरु नै निकै असभ्य रुपमा प्रस्तुत भैइरहेका छ्न्। उनीहरुका नारा उनीहरुको पदिय मर्यादालाई सुहाउने खालको पटक्कै छैन्। जारी आनोलन भीडलाई उत्तेजित बनाउने र सोसल मिडियाको कन्टेट बनाउने प्रतिस्पर्धा जस्तो देखिएको छ्। रगतको बलिदानी मागे र घरघरबाट हातहतियार सहित प्रदर्शनमा आउने आह्वान बास्तबमा संयमित र अनुशासित बिरोध होईन अदालतलाई प्रभावित बनाएर लामिछानेलाई छुटाउने दुस्साहस नै हो भन्ने बुझ्न कुनै माथापच्ची गरिरहनु पर्दैन्।

पार्टीका सांसदहरूलाई कानुनले आफ्नो बाटो लिन्छ भन्ने सामान्य जानकारी हुनुपर्ने हो तर उनीहरुले जानीजानी कानुनी राज्यको धज्जी उडाउने कार्य गरिरहेका छ्न्। कानुनी कारबाहीका लागि अदालतमा प्रवेश गरिसकेको विषयलाई सडकमा नारा लगाउने, समाजलाई भड्काएर हिंसा पैदा गर्न खोज्ने कार्यमा पनि उनीहरु लागिरहँदा उनीहरु के अर्थमा पुराना दलभन्दा भिन्न ? जनता प्रश्न गरिरहेका छ्न्। रास्वपाको यस्तै त्यस्तै ब्यबहारबाट रुस्ट भएर जनताले उनीहरुको आन्दोलनलाई पटक्कै साथ दिएका छैनन्। जनसमर्थन बिनाको कार्यकर्ता बटुलेर गरिने प्रदर्शनले परिणाम दिदैन भन्ने हेक्का शायद उनीहरुलाई होला नै।

दिउँसो सडकमा प्रधानमन्त्री केपी ओली, कांग्रेसका शेरबहादुर देउवा, गगन थापालगायतका नेताविरुद्ध अश्लील गालीगलौज गर्ने र रात परेपछी बालुवाटार पुगेर लामिछानेलाई छुटाउन हारगुहार गर्ने शैली झनै लज्जास्पद छ ।

उक्त समूहका नेताहरू लामिछानेलाई प्रहरीले हिरासतमा दुर्व्यवहार गर्‍यो भनेर राष्ट्रिय मानवअधिकार आयोग गुहार्न पनि पुगे । एउटा पूर्वगृहमन्त्रीलाई प्रहरीले दुर्व्यवहार गरेको होला भनेर कल्पना पनि गर्न नसकिने कुरालाई रास्वपाले भजाउने प्रयत्न त गर्यो तर असफल भयो।

आम नागरिक समाज र बुद्दिजिवीहरुको ठम्याई के छ भने बैकल्पिक शक्त्ती वौद्विक सर्कल भनेर चिनिएको रास्वपाका उच्च तहका नेताहरुले प्रदर्शनको नाममा अदालतलाई सडकबाट धम्क्याइरहेका छन् अनि भित्रभित्रै प्रधानमन्त्री, गृहमन्त्री र सत्ताधारी पार्टीका अन्य नेताहरूसँग लामिछानेको रिहाइका लागि बिन्तिभाउ गरिरहेका छन् । जनतालाई एकथरी देखाउने र भित्रभित्रै राजनीतिक सौदाबाजी र सँठगाँठको राजनीति गर्ने दोहोरो चरित्र प्रदर्शन गरिरहेका छ्न्।

सहकारी ठगी र संगठित अपराधजस्तो गम्भीर अभियोगमा थुनामा परेका व्यक्तिलाई छुटाउन सडकमा नाङ्गो प्रकारले प्रदर्शन र हारगुहार गर्नु र रातिराति सरकारका प्रमुख ब्यक्तीहरुलाई भेटेर बिन्तिभाउ चढाउनु भनेको राजनीतिक र कानुनी हिसाबले आपत्तिजनक हो नै, नैतिक रूपले पनि लज्जास्पद घटना हो ।

त्यस्तै उनीहरुले पार्टी सभापति पक्राउ परेपछि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएर दर्जनौँ भ्रमहरू सिर्जना गर्ने प्रयत्न गरेका छन् । अनुसन्धानबाट ध्यान अन्यत्र मोड्नका लागि साइबर बुलिङ, प्रदर्शन, भेला, अश्लील गालीगलौजजस्ता क्रियाकलापमा आफ्ना समर्थकहरू खटाईरहेका पनि छ्न।

कुनै राजनीतिक सौदाबाजी नहुने र कानुनले सही बाटो लिने हो भने रवि लामिछानेले संगठित अपराध र सहकारी ठगीबाट उन्मुक्ति पाउने सम्भावना धेरै न्यून छ । यसै बीच दोहोरो पासपोर्टको मुद्दा अनायास ब्युँतिएको दिनबाट अर्को दिनगन्ती सुरु हुनेछ ।

एउटै व्यक्तिले लामो समयदेखि घटाउँदै आएका यति ठूला अपराधको साम्राज्यबाट राजनीतिमा पदार्पण हुनु नै नेपाली राजनीतिको दुर्भाग्यपूर्ण स्थिति हो । कुनै पनि अपराधलाई राजनीतिक आडमा उन्मुक्ति दिइनु हुँदैन । यदि त्यसरी उन्मुक्ति दिइएमा देशको राजनीति थप अपराधीकरण हुँदै जानेछ ।

रास्वपाका इमान्दार नेता कार्यर्ताले यतिबेला असंयम भएका कार्यकर्तालाई सम्हाल्नु पर्छ र औचित्यहीन बनिसकेको आन्दोलनलाई सुरक्षित अवतरण गराउन भूमिका खेल्नु पर्छ्।

लोक रिझ्याई र साईबर पपुल्यारिटीको पछी लागेर फौजदारी मुद्दाका अभियुक्त सभापतिको पक्षमा को बढी कस्सिएर को भन्दा को बढी रवी भक्त भन्ने प्रतिस्पर्धा मा लाग्नु हुन्न्। रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार’ छ भन्ने सिद्द गर्न जति छिटो कदम चाल्छ, त्यति नै छिटो पार्टीको ड्यामेज कन्ट्रोल हुने अबस्था सृजना हुन्छ्। नत्र रास्वपा बैकल्पिक शक्त्ती हैन , लोभि पापी अबसरबादी कै नयाँ भजन मण्डली हो भन्ने स्वत: प्रमाणित हुन्छ्।

त्यसैले आरोपीमाथि स्वतन्त्र, निष्पक्ष र दबाबरहित ढंगले अनुसन्धान, अभियोजन र न्यायिक निरूपणको वातावरण बनाउन र अनुसन्धानमा अनावश्यक हस्तक्षेप नहुने प्रत्याभूति प्रदान गर्न रास्वपाले ढिला गर्नु हुन्न्। आगे मर्जी आफ्नै !

मदन बस्नेत, टोरोन्टो, क्यानाडा

प्रतिक्रिया