कमला ह्यारिस चुनाबी सफलता प्राप्त नहुनुमा केहि राजनीतिक र धेरैजसो गैह्र राजनीतिक कारणहरु छन । प्रथमत अहिले कस्तो बिश्व परिस्थितिमा उनको उमेद्वारी पर्न गयो त भन्दा चालु युद्ध – युक्रेन र गाजा युद्ध , मानब तस्करीले सृजीत आप्रबासन समस्या, कोरोना पश्चात तंग्रिन सङ्घर्षरत अर्थतन्त्र र अमेरिकाले शान्ति प्रजातान्त्रिक पुर्नस्थापना बिनानै अफगानिस्थान छोड्नु परेको अबस्था नै पहिलो कारण हुन् ।
अमेरिकी चुनाबी शैली जस्तो ७ वटा रणभूमी राज्य झुकाव, युवा शहरी मतदाताको छनौटमा रास्ट्रपती ट्रम्प पर्नु, कमलालाइ मात्र साढे तिन माहिनाको छोटो अबधि चुनाबी प्रसार – प्रसार र मतदाता संग जाने समय रहनु , आफ्ना कुराहरु राख्न समय थोरै हुनु , सालिन एब कुटनैतिक नरमपन्थी चुनाबी भाषा शैली हुनु आदि पनि अहिलेको मतदाताको रोजाइमा नपर्नु दोश्रो कारण हुन् ।।
एउटा सानो त्यति प्रभाबशालि कारण त होइन र पनि धेरै जसो महिला अधिकारकर्मी – फेमिनिष्टले भन्ने गरेको उदाहरणमा कमला ह्यारिसलाइ चुनाबी सफलता किन हात लागेन भन्ने कुरा बुझ्न अमेरिकी समाजको बनोट र अमेरिकीहरुको छनौट वा प्राथमिकता के कस्तो छ बुझ्न जरुरि छ । महिला अधिकारकर्मीहरुको दाबी अनुसार अमेरिकामा कानुन, सामाजिक चलन, व्यबहार महिला मैत्रि बन्न थालेको युरोप, बेलायत भन्दा पछाडी नै हो , इतिहासको बिभिन्न कालखण्डमा यो क्रमस विकासित र परिमार्जन हुदै आएको देखिन्छ । जस्तो इस १९२० देखि स्वत महिलाले भोट दिन पाउथे भने सन् १९६५ मात्र सबै महिलाले भोट हाल्ने र चुनावमा उठ्न पाउने कानुन बन्यो । पुरुषको स्वीकृति बिना कुनै पनि महिलाले काम पाउदैन थे र महिला भएको कारणले कुनै पनि रोजगारदाताले काम नदिन सक्ने चलन थियो १९६४ सम्मनै । १९७२ पछि मात्र महिलाले परिवारनियोजनको अस्थाई साधान कुनै पुरुषको स्वीकृति बिनै प्रयोग गर्न सक्ने कानुन आयो । १९७४ पछि मात्र महिला एक्लैले पुरुषको स्वीकृति बेगर नै घर किन्न पाउने अधिकार पाएका थिए । सन् १९८८ पछाडी मात्र महिलाले बैक संग ब्यबसायिक कर्जा पुरुषलाइ साक्षी या सनाखत नगरी लिन पाउने कानुन बनेको थियो ।। सन् १९८८ सम्म कुनैपनि महिलाले पुरुष साक्षी बिना घर , एपार्टमेन्ट भाडा लिन पाउँदैनथे । १९९४ महिलाहरुले घरेलु हिंसा बाट बचाउने कानुन पास भएको थियो । तर यी ऎतिहासिक तथ्यको अहिलेको चुनाबी परिणाम सग कतै जोडिन आउछ भन्ने छैन ।
माथिको तेश्रोकारण अमेरिकी राजनैतिक वृत्त वा बृहत्तर समाज महिलामैत्री छैन भन्नु सर्वथा गल्ति हुनेछ । कारण उनि कमला उपरास्ट्रपति निर्बाचित भएर नै पूर्ण कार्यकाल पुरा गरेकी हुन् । यस भन्दा अगाडी सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनले ठुलै प्रतिष्पर्दामा उत्रेकी हुन् तत्काल डोनाल्ड ट्रम्प भन्दा बेसी पपुलर भोट पनि ल्याएकी हुन् ४८ प्रतिशत तर इलोक्टर कलेजमा २३२ मात्र आएकोमा जबकी जित्ने रास्ट्रपति ट्रम्पले मात्र ४६ प्रतिशत भोट ल्याएका इलोक्टर कलेजमा ३०६ सिट ल्याएका थिए । दुइ – दुइ पटक सम्म महिला रास्ट्रपतिको उमेद्वार दिने डेमोक्र्याटिक् पार्टीका समर्थकहरु महिला मैत्री थिएनन भन्न मिल्दैन ।अर्की महिला नेत्री मर्लिन अल्ब्राइटले उच्च पद स्टेट सेक्रेटरी बहुत कुसलताका साथ् १९९७ – २००१ मा सम्पन्न गरिन ।त्यस्तै रिपब्लिकन पार्टी बाट प्रभाबकारी प्रथम अस्वोत महिला कोन्ड़ोलिसा राइसले सन् २००५ देखि २००९ बहुत नै कुसलताका साथ नेत्रीत्व दिइन । यहि २०२४ को चुनाबमा २७ प्रतिसत यानेकि १३ जना महिला सिनेटर, १२ जना महिला गभर्नरले काम गर्दै हुनुहुन्छ ।
अमेरिकी शासन प्रणाली र प्रशासन महिला मैत्री छैन भन्नेहरुले यो तथ्य पनि जान्नु जरुरि छ कि विश्व मै पहिलो पटक डेनमार्कका लागि महिला अमेरिकी राजदुत सन् १९३३ मा नियुक्त गरेको र हाल सम्म डेमोक्र्याट र रिपब्लिकन बाट बिसौ जना महिला राजदुत बनाईए र त्यो क्रम जारि नै छ । नेपालमा पनि जुलिया चाङ्ग ब्लक सन् १९९० ताका सफल अमेरिकी राजदुत थिइन् । यसरी माथिका उदाहरण ले महिलाहरुलाइ अमेरिकी सरकारका सबै नेतृत्वमा कुनै भेद -भाव छैन र सफलताका साथ् पुरुष सरह काम गरिरहेछन ।
फेमेनिष्टहरुले अमेरिका महिला मैत्री छैन र यसले महिलालाइ नेतृत्व स्वीकार्दैन भन्ने तर्क सैद्धान्तिक हिसाब ले र ब्यबहारिक हिसाब ले गलत छ । आखिर कारण चाही के हो त ? यसको बृहत्तर प्राज्ञिक क्षेत्रले , समाज बिज्ञानको दृष्टिकोण बाट कसरी मुल्याङ्कन गरिएको छ त ?? यसको हामि सर्बसाधारणले बुझ्ने भाष्य के हो त ??
अमेरिकी समाजको बनोटको तुलाना युरोप र ससारका अरु राष्ट्रहरु संग पनि गरेका छन निदरल्याण्ड का प्रख्यात ब्यबस्थापन र मानाव शास्त्री ग्रेट हस्फ्टेड ले आफ्नो Hofstede’s cultural dimensions theory मा, जस अनुसार अमेरिकन समाजको बनोट र समाज भित्र गहिरिएर रहेकोको सास्कृतिक एव मनोबिज्ञानिक ( cross-cultural psychology) ले आफनो नेतृत्व को छनौट गर्दा ठुलो भूमिका खेलेको हुन्छ ।
ग्रेट हॉफस्टेडले सन् 1967 देखि 1973 सम्म विश्वका बिभिन्न देशहरुका सरकारी तथा गैह्र सरकारी क्षेत्रका सङ्गठनहरु ब्यबस्थापन गर्दा के के मूल सिध्दान्त अपनाईने गरेको छ र तिनका आयामहरुको सुक्ष्म अद्ययन गरेर मुख्यतया चार आयामलाइ औल्याएका थिए । व्यक्तिवादि -सामूहिकता बाद (individualism-collectivism ) ; विषम अनिश्चितता प्रति बेवास्ता (uncertainty avoidance) शक्तिको दुरी र सामाजिक पदानुक्र्मको तागत ( power distance (strength of social hierarchy) र पुरुषत्व-स्त्रीत्व ( masculinity VS femininity) अथवा काम प्रधान वा काम गर्ने व्यक्ति प्रधान (task-orientation versus person-orientation) ।
अमेरिकन ब्यबस्थापन बढ्ता पुरुषत्व प्रधान र कम स्त्रीत्व प्रधान भएको ग्रेट हॉफस्टेडको ब्यबस्थापकिय संस्कृतिको अद्ययनले जनाउछ । उनले विकास गरेका आयामहरुमा चौथो आयाम हालको चुनावमा पुरुषत्व-स्त्रीत्व ( masculinity VS femininity) कै दृष्टिकोण बाटै निर्णायक भएको पाइयो । बहुसङ्ख्यक मतदाताहरुले कामको व्यक्ति बाट कुन प्रकृया बाट हुन्छ , महिला वा पुरुष कसले काम गर्छन त्यो कुरा गौण हो , मुख्य कुरा काम हुनु पर्यो , अमेरिकाको विद्यमान समस्याहरुको समाधान हुनु पर्छ भन्ने कुरालाइ प्राथमिकता दिएको पाइयो । बिरालो कालो होस् या सेतो मुसा मार्नु पर्यो भन्छन अमेरिकी मतदाताहरु ।
समग्र अमेरिका पुरुषत्व ( masculinity) बेसी भएको देश हो । किनभने पुरुषत्व ( masculinity) बेसी भएको देशमा अन्वेश्वण , उत्पादन, बजारीकरण, ब्यापारीकरण , नियम कानुनको पालाना, मुद्रा आर्जन नै प्रमुख ठानिन्छ – जो अमेरिका को अर्को परिभाषा नै हो । पुरुषत्व-बेसी भएको देशको मुख्य प्राथमिकता भनेकै आर्थिक उन्नति गर्नु पर्ने, कुनै पनि बिबाद वा द्वन्दलाइ समन्वय गरेर हैन शक्तिले दबाएर सुल्टाउने नीति हुन्छ । त्यो देशका मानिसको काम गर्नुको मुख्य उद्येश्य नै अर्थोपार्जन गर्ने भन्ने हुन्छ । पुरुषत्व हाबी भएको समाज र देशमा आफ्नो बिचार कडाइका साथ् लागु गराउने, पालाना गर्न लगाउने , र अरुहरुको के कस्तो प्रतिक्रिया आउछ त्यसको ख्याल नगरी आफ्नो मात्र कुरा पुरा शक्ति लगाएर लागु गराउने हुन्छ । बैज्ञानिक अन्वेसण बाट आएका उपलब्धिलाइ बिभिन्न खाले उत्पादन सामग्री, मेसंनरी, औषधि आदि बजारमा पठाउने र व्यापक व्यापार, ब्यबसायिकताको विकास गर्ने हुन्छ ।
यिनै ग्रेट हॉफस्टेडले ब्यबस्थापकिय संस्कृतिको चार आयामको पुरुषत्व ( masculinity) बेसी भएको अमेरिकामा कमला ह्यारीसको प्रस्तुति मतदाता अस्वस्थ हुन् सकेनन, प्रस्तुतिले विश्वास जित्न सकिनन । ह्रारिसको रास्ट्रपतिमा अनुभबको कमि र विद्यमान समाधानमा समन्वय (coordination) गर्ने उनको योजना को सट्टा राष्ट्रपति ट्रम्पमा आफ्नो राष्ट्रपतिमा पुरानो अनुभब र समाधानका उपाया दृढताका ( Assertiveness) साथ गर्ने ठोस (Persuasive) बचन प्रति बिश्वास गरेको पाइयो । राष्ट्रपति पद आरक्षण गरिने पद होइन र यसले महिला – या पुरुष , यो जाति जनजाति भनेर छुट्याएर दिइने पद पनि होइन, यदि कसैलाई सो पद प्राप्त भएन भन्दैमा ” समग्र समाज र देशलाइ नै महिला मैत्री भएन किनभने फलाना महिलालाइ त्यो पद मिलेन ” भन्नु अनभिज्ञता हुन्छ । हॉफस्टेडले भन्नु भएको ” पुरुषत्व प्रधान ” भए भन्दैमा महिला मैत्री छैन भन्ने होइन – यो काम गर्ने सस्कार या तरिका या पद्दति मात्र हो ।।
एउटा सानो नेपालको उदारण दिउ – डा भोलारिजाल प्रख्यात स्त्री रोग बिषेसज्ञ हुनुहुन्छ – वहालाइ संग उपचार गराउने महिलाले लामो समय पर्खनु पर्ने हुन्छ । तर त्यति नै बिषसज्ञाता हासिल गरेकी कुसल महिला कुनै गाइनोकोलोजीको डाक्टरको क्लिनिकमा महिलाहरु जचाउन त्यति जादैन जति डा रिजाल कहाँ जान्छन – कारण डाक्टर पुरुष होस् या महिला होस् उ बिज्ञ हुनुपर्यो , रोगको राम्रो उपचार / निदान गर्न सक्ने हुनु पर्यो र विश्वास जित्न सक्नु पर्यो । अब ” पितृ सत्तात्मक नेपालमा म महिलाले खोलेको मेरो क्लिनिकमा त्यति सारो बिरामी आएनन” भनेर ति महिला डाक्टर ले भन्न मिलेन — अहिले अमेरिकी चुनावको परिणाम ।।
प्रतिक्रिया