पेन्टागनका सैन्य कागजातहरू चुवाहट गर्ने सैनिक अधिकारी ज्याक टेसेरालाई १६ बर्ष कैद सजाय हुने भएको छ । उनलाई संघीय आरोपमा मंगलबार सजाय सुनाइने छ । उनले १६ वर्षको जेल सजाय स्वीकार गरेका छन् ।
टेसेरालाई सैन्य कागजातहरू चुवाहट गरि सामाजिक संजाल)मा प्रकाशित गरेको आरोप लगाइएको थियो। “अमेरिकी इतिहासमा जासुसी ऐनको सबैभन्दा महत्त्वपूर्ण र परिणामकारी उल्लङ्घनहरू मध्ये एक हो,” बोस्टन संघीय अदालतमा मंगलबार सजाय सुनाइने छ।
उनले गत मार्चमा जानाजानी राखेको र राष्ट्रिय सुरक्षा जानकारी प्रसारण गर्ने ६ वटा मुद्दामा आफू दोषी भएको स्वीकार गरेका थिए ।
“राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारीको खुलासाबाट प्रतिवादीले राष्ट्रिय सुरक्षामा पुर्याएको क्षति असाधारण छ,” अभियोजनकर्ताहरूले सजाय सुनुवाइ अघि दायर गरेको ज्ञापनपत्रमा भनेका छन् । उनले सामाजिक संजाल डिसकर्डमा प्रकाशन गरेका थिए ।
आफ्ना अज्ञात साथीहरूलाई प्रभाव पार्न उनले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षालाई असाधारण रूपमा गम्भीर क्षति पुर्याएका थिए ।
अदालतमा दायर गरिएको हस्ताक्षर गरिएको निवेदन सम्झौता अनुसार उनले आफूले सामाजिक संजालमा जानाजानी राखेको र सबै छवटा मुद्दाहरूमा दोषी स्वीकार गर्न सहमत भएका छन् ।
प्रतिक्रिया