इन्डोनेसियाका नयाँ राष्ट्रपति प्राबोवो सुब्यान्टोले डोनाल्ड ट्रम्पलाई पुन: निर्वाचित भएकोमा बधाई दिँदै आफ्नो दूरवार्ता (फोन कल)को श्रब्यदृश्य (भिडियो )पोस्ट गरेका छन् । पूर्व विशेष सेनाका सेनापतीले आफ्नो अमेरिकी “प्रशिक्षण” को सन्दर्भको चर्चा गरे ।
अमेरिकी राष्ट्रपति निर्वाचितहरूलाई धेरै पटक “सर” अर्थात् महोदय। ,महोदय भन्दै सम्बोधन गरेको सिएनएनले लेखेको छ ।
राष्ट्रपति जो बाइडेनलाई भेट्न वाशिंगटनमा रहेका प्राबोवोले गत सोमबार आफ्नो आधिकारिक संचार माध्यम (सोशल मिडिया )हरूमा लगभग तीन मिनेटको दूरवार्ता प्रकाशन गरेका छन् ।
प्रबोवोले भने ‘जहाँ भए पनि व्यक्तिगत रूपमा बधाई दिन म तयार र उड्न पनि तयार छु ,सर (महोदय ) । ट्रम्पले जवाफ दिदै भने “यो धेरै राम्रो कुरा हो । तपाईले चाहानु भएको बेला हामी त्यो गर्नेछौं।”
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले इन्डोनेसियाले “महान काम” गरेकोमा प्राबोवोप्रति “गर्व” गरेको बताए । “तपाईको अंग्रेजी धेरै राम्रो छ,” ट्रम्पले आफ्नो समकक्षीलाई भने। सन् १९८० को दशकमा संयुक्त राज्य अमेरिकामा तालिम लिएको उनले बताए ।
प्रतिक्रिया