नवनिर्वाचित अ्मेरिकी रास्ट्रपती डोनाल्ड ट्रम्पको पुनरागमन कति शुखद कति चुनौतीपूर्ण ? 

मदन बस्नेत, टोरोन्टो, क्यानाडा २०८१ कार्तिक २३ गते २:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अभुतपूर्व जित हाँसिल गरेका छ्न। भर्खरै सम्पन्न निर्वाचनमा उनले विजयका लागि न्यूनतम आवश्यक २७० भन्दा बढी इलेक्टोरल मत जितेका मात्र हैनन दुवै सदनमा पनि ट्रम्पको ‘ग्रान्ड ओल्ड पार्टी’ ले असाधारण बहुमत पनि प्राप्त गरेका छ्।

निर्वाचित इलेक्टोरल कलेजले ट्रम्पलाई औपचारिक रूपमा राष्ट्रपतिमा निर्वाचित गरेपछि आगामी जनवरी २० बाट ट्रम्पले ‘ओभल अफिस’ को कमान्ड सम्हाल्दै गर्दा उनले थुप्रै चुनौतीहरूको पनि सामना गर्नु पर्नेछ। उनका सामु देखा परेका आन्तरिक घरेलु चुनौतीका साथसाथै बिश्वब्यापी रुपमा टड्कारो रुपमा देखा परेका चुनौतीलाई कसरी छिचोल्छ्न र कस्ता रणनीतीको अख्तियार गर्नेछ्न त्यसैले उनको कार्यकाल कति शुखद वा कति दुखद भन्ने कुराको पनि निर्धारण गर्नेछ्।

डोनाल्ड ट्रम्पको सत्तामा आएपछि उनले फेस गर्नु पर्ने पहिलो चुनौति भनेको मुद्रास्फीति नियन्त्रण हो। सन् २०२२ मा मुद्रास्फीति ४० वर्ष यताकै उच्च स्तरमा पुगेको थियो र अहिले यो केही तल आएको त छ तर चुनावी अभियानका क्रममा ट्रम्पले जनतालाई मुद्रास्फीति नियन्त्रण गर्ने वाचा पनि गरेका थिए, उनलाई त्यसबाट भाग्न सहज छैन। यो अर्को कुरा हो कि अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष रूपमा मूल्य नियन्त्रण गर्ने सीमित अधिकार छैन तर उनले अख्तियार गर्ने आर्थिक नीतीले त्यसमा धेरै फरक पार्नेछ्। ट्रम्पले ऊर्जा उत्पादन बढाउने दावी पनि गरेका छन्, जसले यसको मूल्य नियन्त्रण गर्नेछ। यसमा विज्ञहरु खासै आशावादी छैनन् । ट्रम्पले कागजपत्रविना देशमा बसोबास गर्ने आप्रवासीविरुद्ध कारबाही गरी संघीय भूमिमा घर बनाउने योजना ल्याई आवासको मूल्य घटाउने बताएका थिए। अब हेर्नुछ उनले चुनावी र्यालीमा बोलेका कुरा कति कार्यान्वयन गर्नेछ्न्।

त्यसैगरी उनको दोश्रो मूख्य चुनौती भनेको बढ्दो राष्ट्रिय ऋण र वित्तीय घाटालाई नियन्त्रण गर्नु हुनेछ। अमेरिकी सरकारले पहिले नै २६ ट्रिलियन डलर सार्वजनिक ऋण सामना गरिरहेको छ। आगामी दशकमा यो झण्डै दोब्बर हुने अनुमान गरिएको छ । यदि ट्रम्पले आफ्नो कर कटौती पहलहरू जारी राख्ने आफ्नो २०१७ वाचा पालना गरे भने, ऋण चिन्ता थप बढ्नेछ। उनले आफ्नो कार्यकाल २०१७ मा कर कटौती गरेका थिए, जुन अर्को वर्ष सकिँदैछ। अब उनले यसलाई निरन्तरता दिने घोषणा गरेका छन् । यसो भएमा देशको वित्तीय घाटा पनि ४.५ ट्रिलियन डलरले बढ्ने छ

तेस्रो चुनौती भनेको सरकारी ऋण लिने सीमा निर्धारण सम्बन्धी मुद्दा हो। अमेरिकामा, संघीय ऋण सीमा जनवरी 2025 मा पुन: निर्धारण गरिनेछ। सरकारले ऋण लिने सीमालाई लिएर पनि सरकार र कांग्रेसमा प्रतिपक्ष आमनेसामने हुन सक्छन् । यस विषयमा राजनीतिक मतभेदका कारण नयाँ सरकारको चिन्ता बढ्ने आशंका छ । जे होस्, अमेरिकी सिनेटमा रिपब्लिकनले बहुमत पाए पनि हाउस अफ रिप्रिजेन्टेटिभमा कुनै पनि दलको बहुमत छैन । यस्तो अवस्थामा अवस्था झनै अनिश्चित हुनेछ ।

चौथो र महत्वपूर्ण चुनौती विदेशी आयातित सामानहरु माथि अगाउने भनिएको ठूलो कर कार्यान्वन गर्नु हो। यसअघि ट्रम्प राष्ट्रपति हुँदा उनले अमेरिकामा स्वतन्त्र व्यापारलाई बढावा दिएका थिए तर जो बाइडेनले पनि चीनबाट आयात हुने सामानमा लगाइएको करलाई निरन्तरता दिएका थिए । यसपटक उनले अधिकांश विदेशी वस्तुको आयातमा १० देखि २० प्रतिशतसम्म नयाँ महशुल लगाउने प्रस्ताव राखेका छन् भने चीनबाट आयात भएमा ६० प्रतिशत पुग्ने दाबी गरेका थिए। यसको उद्देश्य स्वदेशी वस्तु र उत्पादकहरूलाई प्रवर्द्धन गर्नु र आउटसोर्सिङलाई रोक्नु हो। तर, यो कदमका कारण उपभोक्ताले मुद्रास्फीतिको सामना गर्नुपर्ने आर्थिक विज्ञहरू बताउँछन् ।

पाँचौ चुनौती नयाँ कानुन बनाउने हो। अमेरिकी कांग्रेसमा विभाजनका कारण महत्वपूर्ण नयाँ कानुन पारित गर्न ट्रम्पलाई त्यती सहज हुने छैन । सिनेटमा रिपब्लिकन बहुमत भए पनि कुनै पनि दलले सम्पूर्ण कांग्रेसलाई नियन्त्रण गर्दैन। यस्तो अवस्थामा ध्रुवीकरणका कारण उनीहरूले चुनौतिको सामना गर्नुपर्ने हुन्छ, किनभने विभिन्न विषयमा राजनीतिक दलबीचको मतभिन्नताले सरकारी कोषमा पनि असर पर्ने देखिन्छ ।

छैठौं चुनौती गर्भपतन सम्बन्धी मुद्दा हो। सन् २०२२ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई अस्वीकार गरेको थियो। त्यसपछि राष्ट्रपति पदका लागि यो पहिलो निर्वाचन हो । यो ऐतिहासिक निर्णय दिनेहरूमध्ये तीन न्यायाधीशहरू थिए जसलाई ट्रम्पले आफ्नो पहिलो कार्यकालमा नियुक्त गरेका थिए। प्रजातान्त्रिक पार्टीले पनि चुनावमा यस मुद्दालाई पुँजीकरण गर्ने प्रयास गर्‍यो, किनभने धेरै राज्यहरूमा गर्भपतनलाई प्रतिबन्ध लगाइएको थियो। ट्रम्पले पनि निरन्तर रूपमा विश्वास गर्दै आएका छन् कि राज्यहरूको गर्भपतनमा आफ्नै कानून हुनुपर्छ। फ्लोरिडामा ६ हप्ताको प्रतिबन्धको विषयमा ट्रम्पले गर्भपतन अधिकारको मुद्दामा मतदानको विरोध गर्ने बताएका थिए । चुनावी अभियानका क्रममा ट्रम्पले राष्ट्रिय स्तरमा गर्भपतनमा प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर नगर्ने बताएका थिए ।

चुनावमा अति नै महत्वका साथ सबैले चासो राखेको र बहस गर्न रुचाएको अर्को चुनौती अध्यागमनको समस्या समाधान हो। यो मुद्दा ट्रम्पको प्राथमिकताको सूचीको रहेको मुद्दा पनि हो। सन् २०१६ मा उनले यसमा पर्खाल बनाउने र औपचारिक नारा बनाएको बताएका थिए । 2023 को अन्त्यमा, अमेरिकी सीमानाहरू पार गर्नेहरूको संख्यामा रेकर्ड वृद्धि देखियो। तर, यो वर्ष भने घटेको छ । ट्रम्पले पर्खाल बनाएर र सीमा सुरक्षाकर्मीको संख्या बढाएर हाम्रो सिमाना पूर्ण रूपमा सिल गर्ने वाचा गरेका छन्। उनले अमेरिकाको इतिहासमा कागजपत्रविना बस्ने सबैभन्दा धेरै मानिसलाई देश निकाला गर्ने वाचा पनि गरेका छन् । उनीहरूले यसलाई कसरी सामना गर्छन् त्यो हेर्न बाँकी छ्।

विश्वब्यापी रुपमा सबैले निकै चाख दिएर हेरीरहेको मूल चुनौती रुस – युक्रेन बीच चलिरहेको युद्दको अन्त हो। ट्रम्पले चुनावमा भने झैं २४ घण्टामा युक्रेन-रूस युद्ध कसरी रोक्ने ? के गर्लान ? आफुले बोलेको कसरी पुर्याउलान ? उनको रिपब्लिकन पार्टीको विदेश नीतिमा विश्वका अन्य देशहरूबीचको मतभेदबाट आफूलाई टाढा राख्नु समावेश छ। यस्तो स्थितिमा ट्रम्पले रुससँग वार्ता गरेर २४ घण्टाभित्र युक्रेन–रुस युद्ध अन्त्य गर्ने वाचा कसरी पूरा गर्लान ? यो चुनौतीको सामना गर्नु भनेको आफैंमा फलामको चिउरा चपाए जस्तै हो।

उनले राष्ट्रपतिको चुनावी अभियानका क्रममा भनेका थिए कि म जेलेन्स्की र पुटिनलाई राम्ररी चिन्छु। मलाई विश्वास छ कि युद्धको अन्त्य अमेरिकाको हितमा हुनेछ। के उनको यो ब्यक्तिगत चिनाजानी र सम्बन्धले रुस युक्रेनको युद्द रोकिन्छ ? रुसले युक्रेन नाटोसँग नजिक भएको कारणले मात्रै आक्रमण गरेको भन्दै आएको स्थितिमा ट्रम पदभार ग्रहण गरेपछि २४ घण्टाभित्र युद्ध रोक्न कसरी सक्षम होलान ? नेटो रास्ट्रहरुलाई पिठ्यु फर्काएर बस्न कसरी अर्हाउलान ?

मध्यपूर्वको बढ्दो अनिश्चयता र अस्थिरताका बीच ट्रम्पले इजरायल र हमासको मुद्दामा कस्तो अडान लिन्छ ? यो अर्को त्यस्तो चुनौती हो जसले ट्रम्पको नेतृत्वको सफलता वा असफलताको सजिलै मापन गर्ने छ्।

ट्रम्पले चुनावमा भने झैं २४ घण्टामा युक्रेन-रूस युद्ध कसरी रोक्ने ? के गर्लान ? आफुले बोलेको कसरी पुर्याउलान ? उनको रिपब्लिकन पार्टीको विदेश नीतिमा विश्वका अन्य देशहरूबीचको मतभेदबाट आफूलाई टाढा राख्नु समावेश छ। यस्तो स्थितिमा ट्रम्पले रुससँग वार्ता गरेर २४ घण्टाभित्र युक्रेन–रुस युद्ध अन्त्य गर्ने वाचा कसरी पूरा गर्लान ? यो चुनौतीको सामना गर्नु भनेको आफैंमा फलामको चिउरा चपाए जस्तै हो।

ट्रम्पले आफ्नो छवि इजरायलको समर्थकको रूपमा र प्यालेस्टाइन विरोधीको रूपमा कायम राखेका छन्। यसका बाबजुद पनि उनले गाजामा इजरायलले आक्रमण गर्ने तरिकाको बारम्बार निन्दा गरेका छन् । उनले आफू राष्ट्रपति भएको भए इजरायल–गाजा युद्ध नहुने पनि बताएका थिए। । रास्ट्रपति भएपछी अब ट्रम्पले मध्यपूर्वमा देखिएको अशान्ति र मडारिएको युद्दको बादल कसरी साम्य पार्लान ?

ट्र्म्पको पूर्व कार्यकालमा प्यालेस्टाइन उनी संग निकै रुस्ट र क्रोधित थियो। राष्ट्रपतिको रूपमा ट्रपले उनको त्यो कार्यलालमा जेरुसेलममा अमेरिकी दूतावास सारेर प्यालेस्टाइनलाई चिढ्याएका थिए र उनको प्रशासनले वेस्ट बैंकमा इजरायली बस्तीहरू पनि प्रतिबन्ध लगाईदिएका थिए। यसपटकको कार्यकालमा ईजरायलले ध्वस्त बनाएको प्यालेस्टाइनलाई उनी कसरी ब्यबस्थापन गर्छ्न, त्यो सबैको चासोको बिसय बनेको छ्।

यस अलावा ट्रम्पले मौजुदा इन्डो–प्यासिफिक रणनीतिमा ठूलो परिवर्तन गर्दै चीनलाई सन्तुलनमा राख्ने, भारतसँगको सम्बन्ध सुदृढ पार्ने र क्षेत्रीय सुरक्षालाई नयाँ आकार दिनेमा आफुलाई केन्दृत गर्दै अघि बड्छ्न कि आक्रमक रुपमा आर्थिक उन्नति तिर लम्किएका भारत र चीनसंग कस्तो ब्यबहार गर्छ्न ? सबैले उत्सुकतापूर्वक हेरीरकेका छ्न्।

ट्रम्पका सामु चुनौती बनेर आएका यी र यस्तै सवालहरु प्रति देखाउने उनको समाधानयुक्त रणनीतिले उनको पुनरागमनको औचित्य साबित गर्ने छ्।

मदन बस्नेत, टोरोन्टो, क्यानाडा

प्रतिक्रिया