*हेडलाइन:** मान्छेलाई भगवानसंग सिधै जोड्दछ छठ : धीरेन्द्र प्रेमर्षि

इनेप्लिज २०८१ कार्तिक २१ गते २२:३१ मा प्रकाशित

सप्तरी, हनुमाननगर: हनुमाननगरमा आज कोसिया ३ कार्यक्रमको पहिलो सत्रमा चर्चित साहित्यकार र कलाकार धीरेन्द्र प्रेमर्षिले छठ पर्वले साधारण मानिसलाई पण्डित वा कुनै मध्यस्थकर्ताको आवश्यकता बिना नै सिधै भगवान् प्रकृति पूजा गरि जोड्दछ बताउनु भएको छ।

दुई-दिनसम्म चल्ने यस कोसिया कार्यक्रममा पहिलो दिनको उद्घाटन सत्रमा हनुमाननगरमा आइ लभ मिथिलाद्वार आयोजना गरिएको छठ पर्वसम्बन्धी कार्यक्रम गर्वको विषय भएको प्रमुख अतिथि सरिया सिपलियाले बताइन्। कार्यक्रममा विभिन्न सत्रहरू राखिएका थिए।

इतिहासक स्वर्णिम डगर: हनुमाननगर: यस सत्रमा डा. पिताम्बर लाल यादव, बंशीधर कवडा, र पं. गोविन्द मिश्र वक्ताका रूपमा उपस्थित थिए भने प्रस्तोतामा पत्रकार आर.एन. विश्वास र विषय प्रवेश कमल मण्डलले गराएका थिए। हनुमाननगरको गौरवमय इतिहास भए पनि यो ओझेलमा परेको विषयमा डा. पिताम्बर लाल यादवले चर्चा गरे। स्थानीय उद्योगपति बंशीधर कवडाले हनुमाननगरको ऐतिहासिक विवरण सुरक्षित रहे पनि यसको अनुसन्धान र प्रचारमा कमी भएको जानकारी दिए। ऐतिहासिक महत्वको हुनमान मूर्तिलाई पनि सरकारी स्तरमा उपेक्षा गरिएको र यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नु आवश्यक भएको बताए।

साहित्य सरोवर सत्रमा अनन्या राय, उर्जा साह, हरिओम मेहता, अभय यादव, अशोक अमन, र मनोहर पोखरेलले आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए। प्रस्तुतिका लागि विद्यानन्द वेदर्दिले संयोजन गरेका थिए। कार्यक्रममा अध्यक्षता नारायण ठाकुरले गरेका थिए भने स्वागत मन्तव्य सत्रुघन प्रसाद राय र रवि शर्माले दिए। “परती परेको जमिनमा एकपटक मात्र अन्न फल्दैन, यो कार्यक्रम समाज सुधारका लागि युवाहरूको निरन्तरता आवश्यक छ,” भनेका थिए मधेश प्रदेशको आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले।

“यस कार्यक्रममा भाग लिएर आत्मविश्वास बढेको छ। हनुमाननगरमा पनि बौद्धिकस्तरका कार्यक्रमहरू सम्भावना अझै जीवित रहेको देख्यौं र अतीतको महिमा महसुस गर्यौं,” स्थानीय युवा धीरेन्द्र साहले आइ लभ मिथिलालाई आफ्नो प्रतिक्रिया दिए।

कार्यक्रममा इन्टेलेक्चुअल फाउण्डेशनका अध्यक्ष डा. सूर्य प्रसाद यादव, मिलाफ नेपालकी अध्यक्ष रमिला साह, मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादव, आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, गायिका ज्योति विश्वार्कमा, करूणा झा, रूपा झा र वडा नं. ९ का अध्यक्ष हरिशचन्द्र वर्मा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन रुबी मिश्र र गजेन्द्र गजुरले गरेका थिए। आयोजक समितिले भोलि साँझ ७ बजे दोस्रो दिनका सत्र हुने जानकारी दिएको छ।

प्रतिक्रिया