माता लक्ष्मीका १६ रुप मध्ये १५ रुपको असिम कृपा छ मात्र नेपालीलाइ !

इन्दु भूषण गौतम २०८१ कार्तिक २१ गते १:०२ मा प्रकाशित

हालैमा नेपाल देखी अमेरिका सम्म बिश्वका बिभिन्न देशहरुमा रहने नेपाली समुदायले बहुत हर्षोल्लासका साथ लक्ष्मी पूजा दिपावली नेपाल संम्वत मनाए। गत सालमा जुन रुपमा लक्ष्मीको आगमन नभए पनि आउने सालमा पक्कै पनि लक्ष्मी सम्बृद्धि लिएरनै आउनु हुन्छ भन्ने भरोसा आसाका साथमा। अझ परदेशमा बस्ने नेपालीको मन आफ्नो जन्म भुमिमै पुग्दछ र परदेशमा बनाइएका चाडपर्वहरुमा कता कता केहि नपुगेको भान हुन्छ पनि। त्यसमाथी हालैको बाढीडुवान पहिरो र डिङ्गे रोगको आतङ्कले मन पोली रहन्छ, आफ्ना पृयजन कसरी सुरक्षित रहलान् नि प्रभु भन्दै। अनि स्वभाविक रुपमा आक्रोस पोख्न पनि थाल्छन्, ” हाम्रो भन्दा पछि बनेका, विगतमा नेपाल भन्दा गरिब देशहरु, युद्धले क्षत विक्षत भएको मुलुक कसरी हामीलाइ ऊछिनेर धेरै अगाडी , धनि राष्ट्रकै दर्जामा पुगे हामी झन तल तल पर्दैछौ । अमेरिका युरोपका धनी देशहरुमा लक्ष्मीको पुजा हुदैन र पनि लक्ष्मीको बास त्यही छ , जहा लक्ष्मीको पुजा हुन्छ, गरिबि र बेरोजगारी छ भन्ने नेपालीको जमात पनि ठुलै छ ।

बेलायतका प्रख्यात पर्वतारोहि सर कृष्टियन जोन स्टोरीय बोनीनगटोनले बिबिसीलाइ भन्नु भयो नेपाल भनेको सुपर स्विजरल्याण्ड हो (१०० वटा स्विजरल्याण्डको सौन्दर्य जोड्यो भने मात्र एउटा नेपाल बन्छ ) । प्राकृतिक बातावरण, जैविक बिबिधता , भौगोलिक बिबिधता र पर्यटनको लागि नेपाल नम्बर एक सुन्दर स्थान हो भन्ने बिभिन्न समयमा निस्केका त्रिपएडभाजर, नेसनल ज्योग्राफि आदिले गरेको सर्वेक्षणले बताउछ ।

लक्ष्मीको परिचय:
शास्त्रीय मान्यता अनुसार लक्ष्मी भन्नाले रुपया पैसा धन सम्पत्ति मात्र हैन १६ वटा लक्ष्मीको रुपहरुनै एक साथ् लिइन्छ । जसमा पहिलो रुप आदिलक्ष्मी हो र वहालाई किर्तिमान (FAME) भन्ने कुरा जनाउछ । दोश्रो सन्तान लक्ष्मी – जसले आशीर्वादले परिवारको बृध्दि एब सन्तान छोरा छोरी प्राप्त हुन्छ । तेस्रो हुन् विद्यालक्ष्मी जसको आराधनाले भौतिक एबआध्यात्मिक ज्ञान (KNOWLEDGE ) मिल्दछ भनिएको छ । चौथो धनलक्ष्मीको आशीर्वादले गरिबी हट्छ भने पाचौ लक्ष्मीलाई मेधा भनिन्छ र कलियुगको नकारात्मक शक्ति, मानसिक रोग आदिको निवारण हुन्छ । छैठो गजलक्ष्मीको आशीर्वादले पशु चौपाया र दुग्ध जन्य मासु जन्य पदार्थको प्राप्ति र पाचन शक्ति समेत बृध्दी हुन्छ भनिएको छ । सातौ धीरलक्ष्मीको आराधनाले शरिरलाइ चाहिने उर्जा – शक्ति (STRENGHTH) सबै प्राप्त हुन्छ । आठौ लक्ष्मीमाताको नाम जयलक्ष्मी हो वहाको आशीर्वादले आफुले प्रयास (endeavors ) गरेका सबै कार्य सफल हुन्छन । नवौमा भाग्यलक्ष्मीकै आशीर्वादले मानिसको भाग्यको उदय सम्बृध्दि प्राप्त हुन्छ । दशौ लक्ष्मीमाता हुनुहुन्छ सिध्दीलक्ष्मी र वहाको आशीर्वा ले मात्र मानिसमा कार्यमा सिध्दी निपुणता र सफल क्यारियरको निर्माण हुन्छ । त्यस्तै एघारौ रुप लक्ष्मीको आरोग्यलक्ष्मी भनिन्छ – स्वास्थ आयु आरोग्यता प्राप्तहुन्छ माताको आशीर्वादले भने बाह्रौ रुप लाई सिध्दालक्ष्मी भनिन्छ र भगवान संगको प्रेम र आध्यात्मिक जागरणको लागि माताको आशीर्वाद आवश्यक हुन्छ । तेह्रौ देखि सोह्रौ सम्म क्रमस सौन्दर्यलक्ष्मी, साम्राज्यलक्ष्मी र नारायणी लक्ष्मी जसका तिन नेत्र छन् हुनुहुन्छ । वहाहरु लक्ष्मीकै आशीर्वादले सुन्दरता प्राप्त हुन्छ, स्वतन्त्रता स्वच्छन्दता )रोग, पिर , पारिवारकै हामी नेपालीहरुलाई यी १६ वटैलक्ष्मी माताको आशीर्वाद कुनै न कुनै रुपमा छ , बरु तिनै युरोपियन अमेरिकनहरु ठगिएका छन ।

आध्यात्मिक, सस्कृतिक, सामाजिक र प्राकृतिक रुपमा नेपाली हामी ससारकै धनि हौ तर भौतिक सम्पत्ति, स्वास्थ्य शिक्षामा हामी निकै नै पछि छौ ।। आगामी लेखमा नेपालको भौतिक समृद्धिको bottlenecks वा उल्झनको बारेमा आउदैछ । यस लेखमा मेरो मुख्य फोकस चाही बर्षभरिको बिभिन्न सास्कृतिक चाड पर्ब र आपसी सद्भाबले नेपाली हामीलाई सम्बृद्ध तुल्याएर बिभिन्न १५ वटा लक्ष्मीकै आसिर्बाद कसरी प्राप्त छ , त्यसको बारेमा उल्लेख गर्न चाहन्छु ।

धार्मिक हिसाबले पनि ५१ प्रख्यात शक्तिपिठहरुमा मुक्तिनाथ क्षेत्र , पशुपति गुह्यॆश्वोरी , जनकपुर र त्रिपुरासुन्दरी (डोल्पा) नेपालमै पर्नुले हाम्रो भुमि हिन्दु आध्यात्मिक केन्द्र थियो र अझै छ । बौद्ध धर्म भन्दा अगाडी चेलेको बोनबौद्ध धर्म अझै उत्तरी डोल्पा -मुस्ताङ्ग मात्र बाकी छ । बुद्ध जन्मले त ससारकै केन्द्र नेपाल रहेछ भन्ने प्रमाणित गर्छ – मक्का , जेरुसलाम , बेथ्लेहम भन्दा पहिले । अझ त्यसलाई थप महत्व दिदै तिब्बतका प्रख्यात धर्मगुरु मेलोरिप्पाको तपोभूमि (मनाङ्ग) , पद्मसभ्भव र सय्यौ रिप्मुचे बुद्धधर्मका गुरुहरुले तपस्या गरि सिध्दी प्राप्त गरेको हलेसी गुफा, मुस्ताङ्ग डोल्पामा अझै गुफा धार्मिक आस्थाका केन्द्र छन । राजा जनकको साम्राज्य नेपालमै रहनु , जगतकै जननी सीतामाताको भुमि नेपालनै थियो र छ । श्रीङ्गिऋषि (गुल्मी रिडि) , बाल्मिकी ऋषि (चितवन), ब्यास ऋषि (तनहु) , गजेन्द्रमोक्ष आदि धाम (नवलपरासी) ले हामी सबै ससारकै बिसिष्टतम देशमा रहेछौ भन्ने हिन्दु धर्मशास्त्रले नै प्रमाणित गरि सकेको छ । जैन धर्मका गुरु ऋषभदेब र भारतका प्रथम राजा भारतले तपस्या ज्ञान प्राप्त गरेको मुस्तांग कालीगण्डकी क्षेत्र जैन धर्मावलम्बी को लागी पनि आकषर्णकै केन्द्र रहेको छ नेपाल । स्वामीनारायण सम्प्रदायका गुरु स्वामी नारायणले तपस्या पछि ज्ञान प्राप्त गरेको भुमि मुस्तांग स्वामीनारायायण समुदायको लागि पनि उत्तिकै आस्थाको केन्द्र रह्यो । शिख गुरु नानक सम्बत १५७४ – १५७५ मा नेपाल आउनु भयो र काठमाडौँको बालाजु बिष्णुमति किनारमा रहनु भएको थियो जहाँ याध्द्पी उहाको पालामा स्थापना भएको गुरु नानक मठ अझै छ , सिख समुदायको प्रमुख धार्मिक केन्द्र बन्न पुगेको छ । धर्तीको पहिलो तिर्थ बरहाक्षेत्र, स्कन्द पुराणको सम्पूर्ण हिमबत खण्डमा नेपालको बिभिन्न धार्मिक स्थान को बर्णन गरिएको छ ।।

बेलायतका प्रख्यात पर्वतारोहि सर कृष्टियन जोन स्टोरीय बोनीनगटोनले बिबिसीलाइ भन्नु भयो नेपाल भनेको सुपर स्विजरल्याण्ड हो (१०० वटा स्विजरल्याण्डको सौन्दर्य जोड्यो भने मात्र एउटा नेपाल बन्छ ) । प्राकृतिक बातावरण, जैविक बिबिधता , भौगोलिक बिबिधता र पर्यटनको लागि नेपाल नम्बर एक सुन्दर स्थान हो भन्ने बिभिन्न समयमा निस्केका त्रिपएडभाजर, नेसनल ज्योग्राफि आदिले गरेको सर्वेक्षणले बताउछ ।

शेर्पा र गोर्खाज भन्ने नेपालीको कार्य दक्षता एब कार्यक्षमताले प्रसिद्धी पाएको एउटा सम्मानित ब्राण्डहो । अन्य क्षेत्रमा पनि नेपाली दक्षताले युरोप अमेरिका अष्ट्रेलिया भरी सम्मानित भएकोले बौद्दिकतामा नेपाली पनि बिश्वकै धनि राष्ट्रकै हाराहरिमा छौ ।

यसैले नेपालको सुन्दरतामा, नेपालीको बौद्दिकताआपसी भाइचारा – प्रेम, कार्यदक्षता, धार्मिकता, मान्यतामा, नेपालीको अरोग्यता , नेपालको शान्ति सम्वृद्धिमा १६ लक्ष्मी मध्ये १५ लक्ष्मीको बास छ भन्ने यथार्थ तथ्यलाइ हामीले अनुभव गरेका छौ साथै हाम्रा सामु स्वदेशका तथा बिदेशका मान्यता प्राप्त सस्थाले प्रकासित गरेका पुस्तक जोर्नलले प्रमाणित गर्दछ । हामी नेपालीको लागि मात्र धन लक्ष्मीको कमि छ र त्यो कसरी पुरा होला आगामी लेखमा प्रस्तुत गरिने छ ।

इन्दु भूषण गौतम

प्रतिक्रिया