राष्ट्रपति जो बाइडेन र पूर्व विदेश सचिव हिलारी क्लिन्टनलाई बिधुतिय प्रणाली (अनलाइन)मा ज्यान मार्ने धम्की दिएको पेन्सल्भेनियाका एक व्यक्तिलाई अभियोग लगाइएको छ ।
संघीय अभियोजकहरूले पेन्सिलभेनियाका उक्त व्यक्तिलाई धम्की दिएको आरोप लगाएको मंगलबार सार्वजनिक जारी गरेका छन् ।
ग्रेगरी मिट्जेल नामका ती व्यक्तिले डोनाल्ड ट्रम्प विरुद्ध पहिलो हत्याको प्रयास गरेको केही घण्टापछि नै उक्त धम्की प्रकाशन (पोस्ट )गरेका थिए। मिट्जेलले हिलारी अब अर्को तिमी र जो को लागि आउने छ याद गर्नु भनि धम्की दिएका थिए । अर्को दिन उनले गरेको प्रकाशनमा अदालतको कागजात अनुसार मिट्जेलले लेखे, जो तिमी अब समाप्त हुदै छौ र हिलारी तिमी पनि समाप्त हुदैछौ लेखेका थिए ।
उनले फेरी अर्को चरण जो बाइडेनको टाउकोमा कसैले गोली हानेको छ जस्ता शब्दहरु प्रयोग गरेका थिए । मिट्जेलले बाइडेन विरुद्धको उनको धम्कीको अनुसन्धानलाई सम्हालिरहेका सहायक अमेरिकी अधिवक्तालाई मार्ने धम्की दिएको अभियोजकहरुले उनलाई अर्को आरोप लगाएका छन् ।
मिट्जेलले राष्ट्रपतिलाई मार्ने धम्की र संघीय अधिकारीलाई धम्की दिने जस्ता धेरै आरोपहरू सामना गरिरहेका छन्।
प्रतिक्रिया