दक्षिण लेबनानमा आइडीएफले थप २ हेजबुल्लाह कमाण्डर (सेनापति )मारेको जनाएको छ ।
इजरायल रक्षा बलले दक्षिणी लेबनानको टायर क्षेत्रमा गरिएको आक्रमणमा तटीय क्षेत्रमा हेजबुल्लाहका सेनाका सेनापति मौसा इज्ज अल-दिन तथा तटीय क्षेत्रमा हेजबुल्लाहका तोपखाना सेनापति हसन माजिद दाइब मारिएको घोषणा गरेको छ ।
गत महिना मात्रै इजरायलमा ४०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गर्नका लागि दुई हेजबुल्लाह सेनापति जिम्मेवार रहेको आईडिएफले आरोप लगाएको छ।
पछिल्लो २४ घण्टामा इजरायली विमानले हमास र हेजबुल्लाहसँग सम्बन्धित १२० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको आइडिएफले जनाएको छ।
आइडिएफका अनुसार “इजरायली सैनिकहरूले दक्षिणी लेबनानमा हेजबुल्लाह लक्ष्यहरू विरुद्ध सीमित, स्थानीयकृत, लक्षित आक्रमणहरू सञ्चालन गर्न जारी राखेका छन्।”
यसैबीच गाजा भूभागमा पनि सेनाले उत्तरी गाजाको जबलिया क्षेत्रमा परिचालन गतिविधि जारी राखेको जनाएको छ । दर्जनौं आतंककारी हवाई तथा स्थलगत गतिविधिमा मारिएको आइडिएफले जनाएको छ ।
इजरायली सैनिकहरूले आतंकवादीहरूलाई समाप्त गर्न, आतंकका पूर्वाधारहरू ध्वस्त पार्न र हतियारहरू पत्ता लगाउन कारवाही सञ्चालन गरेका थिए।
प्रतिक्रिया