नेपालमा भाइटीकाको धमाधम ,अमेरिकामा केहि घण्टा पछि मनाईदै

इनेप्लिज २०८१ कार्तिक १८ गते ११:५९ मा प्रकाशित

नेपालमा तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । अमेरिका केहि घण्टा पछि भाई टीका मनाईदै छ l

अमेरिकामा संयोगबस भाईटीका आईतबार परेकोले अधिकांशको छुट्टि भएको कारण निकै चहल पहल बिहानै देखि देखिने छ l दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । अमेरिकामा नेपाल जस्तै भारतीय तथा नेपाली पसलहरु प्रसस्त हुनाले हरेक पूजा सामग्रीहरु उपलब्ध हुने हुनाले नेपालमा जस्तै गरि मनाइन्छ ।

नेपालमा “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम मानिएको छ l अमेरिकामा बसोबास गर्ने नेपालीले पनि त्यहि साइतमा लगाउने गरेता पनि टाडा टाडाबाट आउनु पर्ने र अन्य बिबिध काम मिलाउने पर्ने भएकोले राती सम्म पनि लगाउने छन् l

अमेरिकाको डिसी क्षेत्रमा २ नोभेम्बर ११ बजेर ४१ मिनेट भनेता पनि अमेरिकामा आज आइतबार नोभेम्बर ३ का दिन नेपाल कै साइतमा भाइटीका मनाउने भएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ ।

यस्तै भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।

प्रतिक्रिया