अमेरिकामा निर्वाचन हुन् केवल ३ दिन बाँकी हुँदा भर्जिनिया आई पुगेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भाषणमा हामी भर्जिनिया जित्छौं र हामीले सबै कुरा जित्छौं भने । हामी सबै कुरा जित्नेछौं ,लोकप्रिय मत पनि, उनले भने।
उनले “कमला ह्यारिसको अर्थतन्त्र” को प्रहार गरे । अवैध आप्रवासीहरूले रोजगारी र स्रोतहरू लिएर अमेरिकाको अश्वेत जनसङ्ख्यालाई नराम्ररी असर गरिरहेको ट्रम्पले बताए।
उनले अर्थतन्त्र जोगाउन सक्ने निर्वाचनमा आफू मात्रै उम्मेदवार भएको बताए । “हामी सामान्य ज्ञानको पार्टी हौं,” ट्रम्पले भने । उनले इलन मस्कको उच्च प्रशंसा गरे। “हामीले हाम्रो अर्थतन्त्रलाई बचाउने क्रममा, म हाम्रो सिमाना पनि बचाउनेछु,” ट्रम्पले भने।
ट्रम्पले अमेरिकामा हिंसाको बारेमा कुरा गर्न जारी राख्दै यो सबै गैरकानुनी आप्रवासीको कारण भएको बताए। “मैले पद शपथ गरेको दिन आप्रवासी आक्रमण समाप्त हुन्छ र हाम्रो देशको पुनर्स्थापना सुरु हुन्छ,” उनले भने।
उनले आफ्नो पहिलो दिनमा अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो निर्वासन सुरु गर्ने र देशमा “भयानक गिरोह” विरुद्ध लड्ने बताए।
यदि तिनीहरू हाम्रो देशमा फर्किए भने स्वचालित रूपमा १० वर्षको कारागार जाने उनले बताए। उनले आगामी दिनमा कानून प्रवर्तन अधिकारीहरूलाई सुरक्षित राखिने र अवैध आप्रवासन विरुद्धको लडाइमा अर्को कठोर कदम चाल्ने बताए।
उनले ह्यारिसले भनेका सबै कुरा झूट हुन् र उनीसँग भविष्यको लागि कुनै दर्शन छैन । उनले ह्यारिसलाई कम आईक्यु भएको व्यक्तिको रूपमा चित्रण गरे ।
उनले सबैलाई बाहिर निस्कनुहोस् र मतदान गर्नुहोस्,उनले भने। ट्रम्पले अमेरिकी सिनेटका उम्मेदवार हङ काओलाई बाहिर ल्याए र काओले केही क्षण बोले ।
ट्रम्पले भर्जिनिया राज्यका गभर्नर ग्लेन यंगकिनलाई पनि मंचमा बोलाए। “मेरा साथीहरू, अमेरिकालाई डोनाल्ड ट्रम्प चाहिन्छ। भर्जिनिया जितौं!” यंगकिनले भने।
प्रतिक्रिया