जम्बूद्वीप भारतवर्ष आर्यवर्त क्षेत्र बसोवास गर्ने बेदिक सनातनीहरुको तिहार दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्तिक कृष्णपक्ष त्रयोदसीदेखि कात्तिक शुक्ल द्वितीया दिन सम्म पर्दछ । यस पर्वलाई यमपञ्चक र दिपावलीको नामले पनि पुकारिन्छ । वैदिक सनातनीहरुले उपसना , पुजा अचर्ना गर्ने र विश्वास गर्ने आस्था राख्ने र सवैको प्रमाणिक ग्रन्थ वेद हो । सबै हिन्दु धर्मालम्वीका आस्था बिश्वास त्रिदेव ब्रह्मा, बिष्णु , महेश्वर, महाकाली , महालक्ष्मी , महासरस्वती , भवानी ,देवीदेवता, तेतिस कोटीमा समान छ । आस्था र बिश्वास समानभएपनि स्थानअनुसार चाड पर्व मनाउने संस्कृती फरक फरक छन् । जम्वुद्धिप आर्यवर्त क्षेत्र मानसरोवर देखि कन्याकुमारी सम्म बैदिक भूमि हो । यस भूमिमा वसोवास गर्ने सवै मानवको साझा चाँड तिहार हो । धार्मिक र सांस्कृतिक रुपमा सनातनीहरुले पुजाआजाका लागि धान चामल, जौ, तील र विभिन्न रंगका रंगहरु, फलफुल प्रयोग गर्छन । ती सवैलाई भगवानका प्रतिक रुपमा प्रयोग गर्ने गरेकाछन् ।संस्कृतमा हिन्दु धर्मको ऐतिहासिक नाम सनातन धर्म हो जसको अर्थ “शाश्वतधर्म“, “अनन्तमार्ग“ भन्ने बुझिन्छ । परम्परा देखि चल्दै आएकापर्व संस्कृती मनाउदै आएका छन् । कतिपय पर्वहरु लोक बिश्वासका आधारमा मनाउदै आएको सर्वबिदितै छ । यसैक्रममा वैदिक सनातनीहरुको कार्तिक कृष्णपक्ष त्रयोदसीदेखि कात्तिक शुक्ल द्वितीया दिन सम्म पर्दछ । सवै सनातनीहरुले मान्ने पुजने भगवान एउटै हुन । नेपाल भूमिमा वसोवास गर्ने सनातनीहरुले प्राचिन देखी अविच्छिन्न रुपले पर्वहरु मनाउदै आएका छन भने हाम्रो छिमेकि मुलुक भारतमा वसोवास गर्ने वेदिक सनातनीहरुमा र हामीमा धेरै पर्व मनाउनेमा केहि भिन्नता छ । उनिहरुको पात्रोमा पनि भैया द्वितिया भनेर लेखेको हुन्छ तर उनिहरुले हामीले मनाएको जसरी मनाउदैनन् । बिभिन्न कारणले गर्दा छुटन गएको हुन सक्छ । नत्र वैदिक सनातनीहरु सवैको महान पर्व तीहार हो । सनातनी धर्मालम्वीहरु प्रकृती पुजक हुन । जल ,जमिन जंगल सवैलाई पुज्छन् भने स्थलचर , जलचर , उभयचर र सरिसृप सवैलाई भगवानका रुप देख्ने सम्मान गर्ने पुजा अर्चना गर्ने गर्दछन् । प्रकृतीमा रहेका उडने पंंक्षि , स्थलमा रहेने पशु , वृक्ष , जमिनमा रहने जलजन्तु , जल थल दुवैमा रहने उभयचर , घस्रेर हिडने सरिसृप सवैलाई कुनै कुनै रुपमा पुजा आजा अर्चना गर्ने भएकोले बेदिक सनातनीहरु प्रकृती पुजक पनि हुन ।, तिहारमा काग , कुकुर , गाई, गोरु, तथा मानिसको समेत पूजा हुन्छ । नेवार संस्कृतीमा आफनो पुजा आफै म पुजा गर्ने चलन छ । घर लिपपोत गरि घरको चारैतीर दीपावली गरी लक्ष्मी र गोवर्द्धन पर्वतको समेत पूजा उपासना यस पर्वको थप विशेषता हो । यस पर्वमा तोरण टाक्ने अर्को बिशेषता छ । आरोग्यताका देवता धन्वन्तरीको कात्तिककृष्ण त्रयोदशीका दिन धन्वन्तरी जयन्ति मनाउने गरिन्छ । धन्वन्तरी देवता देवासुर सङ्ग्रामका बेला समुद्र मन्थन गर्दा अमृतघडाका साथमा प्रकट भएका हुन् भन्ने पौराणिक शास्त्रमा उल्लेख छ । दीपावलीको अन्तर्य पनि आयु र आरोग्यसितै सम्बन्धित छ, जसले तन र मनलाई सफा र उज्यालो पार्नुपर्ने सन्देश दिएको छ चन्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्धितियासम्मको अवधि तिहार हो। तिहारको पाँच दिन क्रमशः काग, कुकुर, लक्ष्मी (गाई), गोबर्धन पुजा (गोरु) र भाइ टीका पर्दछ ।
शास्त्रीय मान्यता अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिन सम्म बसेको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमराज बहिनीका घरमा पाँचदिन सम्म बस्दा बहिनी यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ईच्छा वर माग्ने भनेपछि बहिनी यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै बरदान दिए । जुन दिदी बहिनीले मनसा, वाचा, कर्मणा र शुद्धचित्तले भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने बरदान दिए भन्ने शास्त्रीय मान्यता अनुसार प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशु पंक्षिबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गरेको छ भने अर्कोतीर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।यमराज वैदिक सनातनीहरुका आदर्शका देवता हुन । गोवर्धन पाहाडले घनाबृष्टिबाट मानवलाई रक्षा गरेको कारणले पुजा गर्ने चलन चल्दै आएको छ । पौराणीक शास्त्र अनुसार भगवान कृष्ण र स्वर्गका देवता इन्द्रसँग सम्वन्धित छ। भगवान ईन्द्र गोकुलवासीसंग रिसायर घनघोर वर्षा पारे पछि भगवान कृष्णले गोकुलमा रहेका मानव पशुपंक्षी सवैको रक्षाकोलागी गोवर्धन पर्वत उचालेर रक्षा गरेको शास्त्रीय माून्यता छ । यसैगरि दानबिर बलिराजाले वालबालिकालाई नाँचगान गरेर खुसियाली मनाउन पठाएको त्यही नाँचगान भैलीको रुपमा आजसम्म रहेको किम्वदन्ती छ । वास्तवमा तीहार कहिलेदेखि मनाउन लागीयो भनेर यकिन नभए पनि सनातन या परम्परा देखि मनाउदै आएको पौराणिक शास्त्रहरुमा उल्लेख छ । काल गणना सुरु भएको ३५०० पूूर्व बस्ने गोपालहरुको प्रसङ्ग र सिजा राज्यका १४ औं शताब्दीका बलिराजाको प्रसङ्ग सँगसँगै आउने हुँदा तीहर पर्व हजारौं वर्ष देखी मनाउदै आएको देखिन्छ ।
काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग अत्यन्तै चलाख पक्षी हो । कागलाई विशेष गरी सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार धर्मत्मा यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिलेपनि रहेको छ । कागलाई हिन्दू धर्ममा सन्देशवाहकको रुपमा लिइन्छ ।
कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, । मानव सभ्यता देखिनै कुकुर मानवसंग अत्यन्त नजिक रहेको भनिन्छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ । कुकुर भगवान भैरवको वाहन पनि हो ।
कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।
गाई तिहार ,लक्ष्मी पूजा
तिहारको तेस्रो दिन गाईको पूजाआजा गरी गाई तिहार मनाइन्छ । हिन्दु धर्मालम्वीहरुले गाईलाई लक्ष्मी र गौमाताका रूप मान्दछन् । धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने संस्कार छ । गाईलाई लक्ष्मी र माताको रुपमा पुजिन्छ । त्यसदिन साँझ दिपावली गरि धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक उपसना गरि पुजा अर्चना गर्ने चलन छ ।।
गाई गोरु पुजा
तीहारमा गाई, गोरुको पूजा पनि गरिँदैछ। गाई, गोरुको पूजा गरी जौ चामल मिसाएर नुन हाली खुवाउने चलन छ । यसलाई पिरो खुवाउने भनिन्छ । नेपाली समाजमा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधेको डोरो (रक्षासूत्र) यो दिन गाईका पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि वैतरणी नदी तर्न सजिलो हुन्छ भन्ने जनविश्वास छ।
गोबर्धन पर्वतलाई पुजिन्छ
कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। गर्ने परम्परा छ । गोवरको पाहाडको प्रतिक बनाएर पुजा गरिन्छ ।
द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाउदै आएको जनबिश्वास छ । गोवर्धनपूजाका अवसरमा देवालय तथा अन्य बाटाहरूमा तोरण टाँग्ने लगायतका कार्य गरेर उत्सव मनाउने चलन चल्दै आएको छ। गोबर्धन पूजाको दिन बलिराजाको पनि पूजा गरिन्छ । यम पञ्चका अन्तीम दिन भाई टिका लगाउने परम्परा रहेको छ । भाइतिहार (भाइ टीका) तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । स्थान अनुसार हिन्दु धर्मालम्वीहरुले पनि आ आफनै तरिकाले तिहार मनाउने गर्दछन् ।
प्रतिक्रिया