तिहारको बेलामा दाजुभाइलाई टीका लगाएसँगै सगुन पस्किने यी रङ्गीचङ्गी झिलिङ्गा हेर्दा जति आकर्षक देखिन्छन्, मानव स्वास्थ्यमा भने उत्तिकै हानीकारक छन् । तर, उपभोक्ता भने यसबारे सचेत छैनन् । जसका कारण अरुबेलाभन्दा तिहार भित्रिँदा अखाद्य रङ मिसाइएका झिलिङ्गाको माग बढ्दो छ ।
पोखरा १, बागबजारस्थित वाराही झिलिङ्गा पसलमा मंगलबार पोखरा महानगरपालिकाको अनुगमन टोली छिर्दा धमाधमरुपमा झिलिङ्गा बनाइरहेको भेटायो । मूल सडकदेखि अलि भित्रैको एकनाले घरको छतभरि झिलिङ्गा लहरै सुकाइएका थिए भने कोठाभित्र धमाधम मेसिनमार्फत झिलिङ्गा बनाइँदै गरेको अनुगमनमा भेटिएको हो ।
राजेन्द्र श्रेष्ठ संचालक रहेको उक्त पसललाई गत वर्ष पनि महानगरको अनुगमन टोलीले झिलिङ्गामा कुनै पनि रङ प्रयोग नगरी बिक्रीवितरण गर्न सचेतना गराएको थियो । यसपलि पनि अनुगमन टोली पुग्दा अटेर भएको पाइएको पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । संचालक श्रेष्ठले यस वर्ष करिब २५ बोरा जति झिलिङ्गा बनाएर बिक्री गरी बजार गइसकेको जनाए । अझै बिक्रीका लागि तयार हुँदै थिए । टोलीले झिलिङ्गामा मिसाइने रङ जफत गरेको छ भने आइन्दा गल्ती नदोहो¥याउन सचेत गराएको छ । बागबजार क्षेत्रका अधिकांश पसलले यसप्रकारको झिलिङ्गा बिक्रीवितरणका लागि राखेको भेटिएको अनुगमन टोलीले जनायो । हेर्नुहोस भिडियोमा
प्रतिक्रिया