इजरायली रक्षा बलको हवाई हमलामा हमासका मानव रहित यान (ड्रोन)सेनापति मारिएको दाबी गरेको छ । इजरायली रक्षा बल(आइडिएफ)ले बुधबार उत्तरी गाजा भूभागमा भएको हवाई हमलामा हमासका मानव रहित यान (ड्रोन) कमाण्डर मारिएको बताएको छ ।
आईडिएफका अनुसार महमूद अल-मबोह क्षेत्रको उत्तरी भागमा हमासका सेनापति मारिएका छन् । आइडिएफले सामाजिक संजाल मार्फत माबोह इजरायल तर्फ र इजरायली सेनाहरू विरुद्ध मानवरहित यान प्रक्षेपण गर्न जिम्मेवार सेनापति थिए।
हेज्बुल्लाहका कार्यवाहक नेता उप-महासचिव शेख नइम कासिमले मंगलबार जारी गरिएको एक पूर्व श्रब्यदृश्य (रेकर्ड )गरिएको भिडियो सम्बोधनमा हेज्बुल्लाहसँग “शत्रुको संस्था भित्रको कुनै पनि बिन्दुलाई लक्षित गर्ने अधिकार” रहेको बताए।
यसै गरि इजरायलको क्षेत्रीय संगठनमा सरकारी गतिविधिहरूका लागि काम गर्ने संयोजकका अनुसार १४५ भन्दा बढी सहायता गाडीहरू मङ्गलबार र ५० वटा बुधवार गाजा प्रवेश गरेको बताए ।
प्रतिक्रिया