फ्लोरिडामा मिल्टन आँधीको कारण मंगलबार मात्र ७०० वटा उडान रद्ध ,१०० बर्षमा आउदै गरेको आँधी १० देखि १५ फिट समुन्द्री छाल आउने

इनेप्लिज २०८१ असोज २२ गते १९:५४ मा प्रकाशित

हेलिन नामक समुन्द्री आँधी ओभानो नहुदै फ्लोरिडामा फेरि आउदै गरेको मिल्टन समुन्द्री आँधीको कारण मंगलबार मात्र ७०० वटा हवाई उडान रद्ध भएका छन् । र ,बुधबारलाई १,५०० वटा उडान रद्ध भएका छन् ।

१०० बर्षमा आउदै गरेको आँधी १० देखि १५ फिट समुन्द्री छाल आउने अपेक्षा गरिएको छ ।

एबिसीन्यूजका अनुसार बुधबार राति फ्लोरिडाको भूमिमा अवतरण (ल्यान्डफल )हुने अनुमान गरिएको छ। सेन्ट पिटर्सबर्ग र सारासोटा बीच बुधबार सम्भवतः श्रेणी ३ को आँधीको रूपमा आउने अनुमान गरिएको छ ।

ट्याम्पा खाडीले १० देखि १५ फिटसम्मको किर्तिमान तोड्ने समुन्द्री आँधीको सामना गर्ने पूर्वानुमान गरिएको छ। फोर्ट मायर्समा आँधीबेरी ६ देखि १० फिटसम्म पुग्न सक्छ।

मिल्टन फ्लोरिडा माथि सर्दै गर्दा ज्याक्सनभिलमा ५ फिट र सवानामा ४ फिटसम्म आँधीबेरी आउने जनाईएको छ । एबिसीन्यूजका अनुसार सेन्ट पिटर्सबर्ग क्षेत्रमा १३० माइल प्रतिघण्टाको गतिमा हावा चल्न सक्छ। आँधीको अन्त्यसम्ममा १८ इन्चसम्म वर्षा हुने सम्भावना रहेको छ।

मङ्गलबार देशभर ७०० भन्दा बढी उडानहरू रद्द गरिएका छन् र अर्को १,५०० उडानहरू बुधबार रद्द गरिएका छन् ।

सेन्ट पीट-क्लियरवाटर अन्तर्राष्ट्रिय विमानस्थल, ट्याम्पा अन्तर्राष्ट्रिय विमानस्थल, ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थल, ओर्लान्डो स्यानफोर्ड अन्तर्राष्ट्रिय विमानस्थल र सारासोटा ब्राडेन्टन अन्तर्राष्ट्रिय विमानस्थल सबै बन्द हुने तयारीमा छन्।

आपतकालीन सेवाहरूको फ्लोरिडा बिभागले मिल्टन आँधी अगाडि बासिन्दाहरूलाई खाली गर्ने क्रममा आश्रयहरूमा र त्यहाँबाट नि:शुल्क सवारी उपलब्ध गराउन उबरसँग साझेदारी गरेको बताएको छ।

युनाइटेड एयरलाइन्सले आँधीबेरी क्षेत्रका बिमानस्थलहरूमा अतिरिक्त उडानहरू र ठूला विमानहरू थपेको छ । युनाइटेड बिमान सेवाले हाल प्रभावित विमानस्थलबाट २५,००० व्यक्तिहरूलाई आरक्षित गरेको छ ।

“हामीले यस्तो पहिले कहिल्यै देखेका छैनौं,” ट्याम्पाका प्रहरी प्रमुख ली बर्काउले मंगलबार मिल्टन नजिक आउँदा चेतावनी दिए। “यो शताब्दीको आँधी हो।”

ट्याम्पा खाडीले १० देखि १५ फिटसम्मको कीर्तिमान तोड्ने आँधीको सामना गर्ने पूर्वानुमान गरिएको छ। समुन्द्री आँधी करिव एक तले घर भन्दा माथि उठ्ने ट्याम्पाका नगर प्रमुख जेन क्यास्टरले जोड दिए।

यसै गरि पटक पटक फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टिसले सबैलाई सुरक्षित स्थानमा घर छोड्न आग्रह गरि रहेका छन् । अमेरिकी उपराष्ट्रपती कमला ह्यारिसले पनि सबैलाई स्थानीय अधिकारीहरुको आदेश पालना गर्न बिशेष अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया