कलिउड नाइट २०२४ अपार सफलताका साथ सम्पन्न, अमेरिकामा जन्मेका बालबालिकाको अद्वितीय प्रस्तुतिको दर्शकद्वारा मुक्त कण्ठले प्रशंसा

लोक दोहरी गायक गायिका भगवान भण्डारी तथा कल्पना दाहालको प्रस्तुतिले सुनमा सुगन्ध

विजय थापा २०८१ असोज १३ गते ११:३३ मा प्रकाशित

डिसी महानगर क्षेत्र । गत सेप्टेम्बर २८ शनिबारका दिन केसी डान्स सेन्टरद्वारा प्रस्तुत कलिवुड नाइट २०२४ कार्यक्रमले ऐतिहासिक सफलता हासिल गर्नुको साथै प्रशंसा नै प्रशंसा बटुल्न सफल भएको छ । दर्शकले मुक्त कण्ठले प्रशंसा गर्दै बिगत बर्ष भन्दा कलिवुड नाइट २०२४ अझ उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् ।

पहिलो पटक प्रत्यक्ष लोक दोहोरीको आयोजनाले अझ मनोरंजन प्रदान गरेको दर्शकले बताए । लोक दोहरी गायक भगवान भण्डारी तथा गायिका कल्पना दाहालको प्रस्तुतिले सुनमा सुगन्ध ल्याएको पृष्ठपोषण (फिडब्याक )दिए ।

अधिकांश दर्शकले बिगत बर्ष भन्दा अझ व्यावसायिक ,परिस्कृत ,अझ माझिएको र कुनै खोट लगाउने कुनै स्थान नभएको भन्दै आगामी बर्षहरुमा पनि सहभागिता जनाउने प्रतिक्रिया तत्कालै दिए । साथै अधिकांशले बालबालिकाको अत्यधिक सुन्दर प्रस्तुतीको बर्णन गर्न नै नसकिने बताउदै केसी डान्स सेन्टरले यसलाई कायम राखोस् र निरन्तरता दियोस भन्दै शुभकामना दिए ।

दर्शकहरु अत्यन्तै हर्षित ,खुसी र गदगद देखिन्थे भने सर्वाधिक उत्कृष्टको भएको भन्दै अमेरिकामा यस्ता प्रस्तुति हेर्ने कहिले नपाईएकोमा गर्वको महसुस भएको कार्यक्रम हेरे पछि दर्शकले आफ्ना भनाई राखे । त्यहाँ पहिलो पटक कार्यक्रम हेर्न आएका थुप्रै दर्शकले अमेरिकामा जन्मिएका बालबालिकाहरुको कार्यक्रम हेरे पछि हर्षित भएको र दोश्रो पुस्ताको कमाल जति नै प्रशंसा गरे पनि कम हुने बताए ।

यस बर्ष पनि खचाखच भिड रहेको कार्यक्रममा विशेष आकर्षण मध्ये कै लोक दोहरी गायक गायिका भगवान भण्डारी तथा कल्पना दाहालको प्रस्तुतिले सुनमा सुगन्ध रहन पुग्यो । भण्डारी र दाहालले प्रत्यक्ष लोक दोहोरी गीत प्रस्तुत गर्न अगाडी एक अर्को गीत प्रस्तुत गरेका थिए ।

लोक दोहोरी कार्यकमको अन्त्यमा देउसी गीत लगत्तै राखिएकोले प्रत्यक्ष लोक दोहोरीमा चाहिने र वरिपरि प्रशस्त कलाकारहरुले कल्पना दाहाल र भगवान भण्डारीलाई घेरेर साथमा साथ दिएका थिए । बीच बीचमा लोक दोहरी चल्दै गर्दा नृत्य फरक फरक समूहले नृत्य प्रस्तुती दिएका थिए ।

यस पटक न्यूयोर्कमा बसोबास गर्दै आएकी रेश्मा सुनुवारको पनि बेजोड प्रस्तुती रहेको थियो । उनले वरिष्ठ कलाकारहरुका पुराना गीतहरु प्रस्तुत गर्नुको साथै आफ्ना कालजयी गीत समेत प्रस्तुती गरेकी थिइन् । यस बर्ष फेरि आयोजना गरिएको सुपर मम (महा आमा )हरुको प्रस्तुतिले अझ दर्शकलाई मनोरंजन प्रदान गर्न सफल भएको छ ।

समग्रमा दर्शकहरूले भरपुर मनोरञ्जन गरे भने समयमा सुरु भएकोमा दर्शकहरूले मुक्त कण्ठले केसी डान्स सेन्टरको प्रशंसा गरेका छन् । एक मिनेट पनि ढिलो नगरी समय मै समाप्त हुनु भनेको नेपाली समुदायमा असम्भव र दुर्लभ हुन्छ । कहिले ठिक समयमा आयोजना गर्न सक्दैनन् र हुने नसक्ने उदाहरण यस बर्ष र यस पटक पनि कलिवुड नाइट २०२४ ले सबैलाई आश्चर्य चकित बनाउन सफल भएको छ ।

कलिवुड नाइट २०२४ कार्यकमले अमेरिकामा रहेका नेपाली समुदाय र सम्पूर्ण संघ/संस्था आयोजकहरूलाई राम्रो पाठ सिकाएको छ । र अमेरिका भरिका सबै संघ/संस्थाले यस केसी डान्स सेन्टरले कार्यक्रम आयोजना गरे झैँ कार्यक्रम गरेमा हरेक बर्ष दर्शकहरुको वृद्धि हुने कुरामा कुनै शंका हुने छैन ।

यस बर्ष पनि समयमा केही दर्शकहरु समय मै नआएकोले प्रारम्भको दुर्गा सामूहिक नृत्य हेर्न पाएनन । दर्शकहरू ढिलो पुगेकोले प्रारम्भका उत्कृष्ट प्रस्तुतिबाट चुकेका छन् । कार्यक्रमको शुभारम्भमा दसैँको दुर्गा स्तुति सामूहिक प्रस्तुति सर्वोत्कृष्ट रहेको थियो ।

७ -८ दर्जन भन्दा ज्यादा अमेरिकामा जन्मेका तथा सानैमा अमेरिका आएका बालबालिकाहरूले करिब ६ महिना अगाडी देखि अहोरात्र पूर्व अभ्यास गरेर आत्म विश्वास साथ गरेको प्रस्तुतिले सबै दर्शकलाई भरपुर मनोरंजन दिलाएको छ । केसी डान्स सेन्टरकै बिधार्थी /किशोर/ किशोरीहरूले नेपाली गीतहरूमा गरेको नृत्यहरू कुनै व्यावसायिक नृत्याङ्गना /नृत्य गर्ने कलाकार भन्दा कुनै फितलो थिएन । हरेक प्रस्तुति उतिकै बेजोड प्रस्तुति रहन पुगेको थियो । ३ घण्टा सम्म चलेको उक्त कार्यकममा दोस्रो पुस्ताको प्रस्तुति एक पछि अर्का कार्यक्रम हेर्दा अद्वितीय रहेकोले दर्शकहरु मग्नमुग्ध रहन पुगेका थिए ।

दर्शकहरूले बेजोड प्रस्तुति हेर्दै बीच बीचमा ताली बजाएर सम्मान गरेका थिए । भाषण, सम्मान तथा खादा नओढाउने पूर्व घोषणा गरे अनुसार कार्यक्रम सम्पन्न गरिएको थियो ।

साथै केसी डान्स सेन्टरका संस्थापक तथा संचालक द्वय नविन केसी तथा लुना श्रेष्ठले समेत बेजोड नृत्य प्रस्तुति गरेका थिए । यस पटक पनि सबै जातजातिलाई समेट्दै हिमाल, पहाड र तराईका विभिन्न जातजातिका विशेष गीतहरूमा अमेरिकामा जन्मेका ,केसी डान्स सेन्टरमै सिक्दै गरेका किशोर/किशोरी तथा अन्य कलाकारहरुको प्रस्तुति बेजोड रहेको थियो ।

कार्यक्रम सञ्चालन परशु तिमिल्सिना,रिया श्रेष्ठ, रिचा ढकाल तथा किञ्जल शर्माले गरेका थिए । कार्यकमको सुरुमा र अन्त्यमा केसी डान्स सेन्टरका नबिन केसी तथा लुना श्रेष्ठले स्वागत मन्तब्यको साथै सबैलाई धन्यबाद दिएका थिए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया