पर्यावरण एक जानकारी

ओम प्रकाश पुन २०८१ भदौ ३१ गते ११:१५ मा प्रकाशित

पर्यावरण भनेको हाम्रो वरपरको वातावरण हो । पृथ्वीमा मानव वा जीव जन्तु जिउन लायक परिेवेश वा वातावरणीय अवस्थालाई पर्यावरण भनिन्छ । अहिले विश्व पर्यावरण विनाशको प्रकृया तिब्र गतिमा अघि
बढीरहेको छ ।

यसले मानव मात्रै हैन सिङ्गो जीव जगतलाई नै संकटमा पार्दै लगेको छ । अहिले ग्लोवल वार्मको चर्चा खुव हुदै आएको
छ ।

यसको बारेमा संयुक्त
राष्ट्र संघ देखि एनजीओ ÷ आइएनजिओका हरेक कार्यक्रममा छलफल र रोकथामका बारेमा बहस हुने गरेको छ । पर्यावरण संरक्षणको क्षेत्रमा धनी देखि गरीव देशहरूले आ–आफ्नो हैसियत अनुसारको बजेट छुट्याउने कार्य पनि गरिरहेका छन् ।

तर पनि ती सबै औपचारिकतामा मात्रै सिमित छन् । पर्यावरण बिनासको मुल कारण केहो? भन्ने कुराको जरो कुरामा नपुगि गरिने औपचारिक कार्यक्रमले मात्रै यसको समाधान दिन सक्दैन । तसर्थ यसको मुल समस्या र समाधानका बारेमा बैज्ञानिक समाधान दिन जरुरी छ ।

पर्यावरण र पुजीवाद
पर्यावरण विनाश वा संरक्षणमा बिश्व राजनीतिक समाज व्यवस्थामा भर पर्छ । अहिले जुन गतिमा पर्यावरण विनाश भैरहेको छ, त्यसको मुल कारण भनेको पुजीवादी विश्व व्यवस्था हो । पुजीवादी विश्व व्यवस्था अहिले भुमण्डलीकृत साम्राज्यवादी
चरणमा छ ।

पुजीवादको मुल चरित्र र बिशेषता भनेको जसरी हुन्छ छिटोभन्दा छिटो नाफा कमाउनु हुन्छ ।

त्यो नाफा पनि समाजको लागि हैन व्यक्तिको लागि केन्द्रीकृत गरिन्छ । पुजीवादी र पुजीपतीहरुले मानव श्रमलाई शोषण गरेर जति सक्दो छिटो प्राकृतिक श्रोतलाई दोहन गरेर नाफा कमाउछन् । त्यसको लागि पुजीवादी समाज व्यवस्थाले उनीहरुलाई सुविधा उपलब्ध गराएको हुन्छ र नियम कानुन मार्फत सम्पुर्ण अधिकार प्रदान गरेको हुन्छ । जस्तो कि अहिले खोला नालाको गिट्टी बालुवा, वनजंगल, खनिज पदार्थ , कलकारखाना लगाएतमा लगान र फाइदाको सम्पुर्ण एकाधिकार तिनै पुजीपति र उनका एजेण्टहरुलाई दिइएको छ । ठेकेदार र ठेकेदारी कम्पनीले कहिल्यै पनि प्राकृतिक स्रोत भावी सन्ततिलाई भनेर छोड्दैन बरु जतिसक्दो आजै सकेर भएपनि नाफा कमाउन चाहन्छ । आज पर्यावरण विनाशको मुल कारण यहीँ बनेको छ ।

आज बिकसित भनिएका धनी देशहरूले आफ्नो देशमा पर्यावरण बिनाश गरेर बिकास गरिरहेका छन् तर बिकासोन्मुख देशहरूमा पर्यावरण संरक्षण गर्ने नाममा बिकाश अबरुद्ध गरिरहेका छन् । उनीहरुले कमजोर देशबाट कच्चा पदार्थको दोहन गर्ने र आफ्नो देशमा समृद्धि हासिल गर्ने नयाँ रणनीति लिएका छन् । अझ त्यसमा पनि मानव स्वास्थ्यको लागि हानिकारक युरेनियम जस्ता धातुको उत्खनन आफ्नो देशमा हैन गरीब देशहरूमा गर्ने रणनीति लिएका छन् । अहिले जति पनि जताभावी पर्यावरण बिनाशको मुल कारण नै पुजीवादी विश्व व्यवस्था रहेको छ । महान बैज्ञानिक स्टेपिङ हकिङ्सले पनि मर्नु भन्दा पहिले पुजीवादी व्यवस्थाका कारण पृथ्वीको आयु ६ सय बर्ष मात्रै हुने चेतावनी दिएका छन् ।

यसलाई रोक्ने उपाय भनेको बैश्सिक सरकार आवश्यक रहेको पनि उल्लेख गरेका छन् । त्यो भनेको कम्युनिस्टको भाषामा समाजवादी साम्यवादी व्यवस्था हो । तसर्थ सारमा भन्नुपर्दा विश्व पर्यावरणलाई बचाउने दीर्घकालीन र स्थायी समाधान भनेको पुजीवादी व्यवस्थाको उन्मुलन र बैज्ञानिक समाजवादी ÷ साम्यवादी व्वस्थाको स्थापना गर्नु नै अन्तिम विकल्प हो ।

लेखक : ओम प्रकाश पुन ( बरिष्ठ राजनीतिककर्मी पनि हुनु हुन्छ । )
पर्यावरण :

प्रतिक्रिया