संगीतकार प्रमोद पन्तको नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ यही शुक्रवार सार्वजनिक भएको छ । समीक्षा अधिकारी र ईश्वर पोखरेल अविरलको स्वरमा सजिएको यो गीतलाई शिव पलाँसले लेखेका हुन् । योगेश काजीको संगीत संयोजन रहेको यो गीतको भिडियोमा गम्भीर बिष्ट र प्रियंका कार्कीले अभिनय गरेका छन् ।
कोरियोग्राफी र निर्देशन समेत बिष्ट स्वयमको रहेको छ । श्रोता एवम् दर्शकहरुबाट आइरहेको सकारात्मक प्रतिक्रियाले आफूलाई संगीत सृजनामा हौसला थपेको उनले बताए ।
प्रतिक्रिया