अध्यावधिक गरिएको : अमेरिकाको जर्जिया राज्यको एक बिद्यालयमा गोली चल्दा २ विद्यार्थी र २ शिक्षकको मृत्यु, १४ वर्षीय संदिग्ध हिरासतमा

इनेप्लिज २०८१ भदौ २० गते ०:१७ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको जर्जिया राज्यको एक बिद्यालयमा गोली चल्दा २ विद्यार्थी र २ शिक्षकको मृत्यु भएको प्रहरी अधिकारीहरुले बताए । यसै सिलसिलामा १४ वर्षीय संदिग्धलाई हिरासतमा लिइएको एबिसीन्यूजले जनाएको छ ।

अपलाची माध्यमिक बिद्यालयका विद्यार्थ संदिग्धलाई वयस्कको रूपमा मुद्दा चलाइने भएको छ । उनिकेवल १४ बर्ष उमेरका मात्र रहेता भए पनि उनलाई वयस्कको रुपमा मुद्धा चलाईने अधिकारीहरुले जानकारी दिएका छन् ।

जर्जिया राज्यको विन्डरस्थित अपलाची हाईस्कुल(माध्यमिक बिद्यालय)मा बुधबार बिहान भएको गोलीकाण्डमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको जर्जिया अनुसन्धान बिभाग (ब्यूरो अफ इन्भेस्टिगेशन)ले जनाएको छ ।

अन्य नौ पीडितहरू मध्ये आठ विद्यार्थी र एक शिक्षकहरु घाइते भएका थिए भने उनीहरुलाईअस्पताल लगिएको थियो ।

संदिग्ध १४ बर्षिय कोल्ट ग्रे अपलाची बिद्यालयका विद्यार्थी हुन । उनले केही मिनेटमा प्रहरी अधिकारीको सामना गरे र तुरुन्त आत्मसमर्पण गरे । पीडितहरू मध्ये कसैलाई लक्षित गरीएको हो वा होइन भन्ने अझै स्पष्ट नभएको अधिकारीहरूले बताए ।

१७ वर्षीय सर्जियो काल्डेरा रसायनशास्त्रको कक्षामा थिए तब उनले बन्दुकको आवाज सुने। उनले भने ,उनका शिक्षकले ढोका बन्द गरे र विद्यार्थीहरू कोठाको पछाडि भागे। काल्डेराले बाहिर चिच्याएको सुनेका थिए। विन्वाडर एटलान्टाबाट लगभग ४५ माइल टाडा छ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई गोलीबारीको बारेमा जानकारी दिइएको थियो।

बाइडेनले एक विज्ञप्तिमा जारी गर्दै समबेदना दिएका छन् ।

प्रतिक्रिया