छायाँछवि क्रियशनले नियमीत रुपमा आयोजनामा गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्ड –०८१ को ११ औं संस्करण सम्पन्न गरेको छ । ११औं संस्करणमा उत्कृट मौलिक तीज गायिका तर्फ गम्कीदे मादलु… बाट एलीना चौहानले बाजी मारेकी छिन् भने उत्कृष्ट तीज गीत गायिकामा हरदनि पुजा गर्छु म… बाट शोभा पाण्डे एवं यहि बिधामा जुरी तर्फ बिन्दु बिसी ले अवार्ड चुम्न सफल भइन् । उत्कृष्ट मौलीक तीज गीतको लय तर्फ काली पसम की डोरी कसम… गीत बाट प्रेम सापकोटा सोनुले अवार्ड प्राप्त गरे । यसै गीतबाट स्मारीका ढकालले मौलीक तीज गीत मोडलमा बाजी मारीन् भने तीज गीत मोडल (महिला) तर्फ कविता न्यौपाने उत्कृष्ट बन्न सफल भइन् । साथै यसै बिधामा तीजको उमङ्ग.. गीत बाट शीला गजुरेलले जुरी अवार्ड प्राप्त गरीन् ।
छायाँछबि क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८१ को अवसरमा चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखी स्थापीत छाँयाछवि दिपाशा स्मृति पुरस्कार प्रदान गरिएको छ । एघार हजार एक सय एघार रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघको प्रथम अध्यक्ष अञ्जु निरौलाले प्राप्त गरीन् ।
त्यसैगरी ११ औं छायाँछबि तीज म्युजिक अवार्ड २०८१ कै अवसरमा मोडल सिम्रन दुलाल कुसुम, पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई, बरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछबि तीज नारी सम्मान द्धारा सम्मानित गरिएको छ । यस किसीमकोे सम्मान आ–आफ्नो क्षेत्रलाई उल्लेख्य योगदान दिए बापत सम्मानित गरीएको आयोजक छायाँछबि क्रियशन अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
११औ संस्करणको छायाँछवि तीज म्यूजीक अवार्ड मा जुरीका रुपमा गीतकार कृष्णादेबि आचार्य रोशनी, गायक भीम लिम्बु, गीतकार गोबिन्द भट्ट एवं पत्रकार दीपज्योति थापा रहेका थिए । त्यस्तै कार्यक्रममा तीज सम्बन्धित साँस्कृतिक प्रस्तुती रहेको थियो । गायिका सहिमा श्रेष्ठ र गायिका अञ्जु श्रेष्ठ ले गायन प्रस्तुति दीएका थिए भने मोडल अश्मिता पुरी र निकीशा श्रेष्ठ एवं सूर्याेदय डान्स स्टूडीयोको नृत्य प्रस्तुती रहेको थियो । कार्यक्रमको सञ्चालन दीपज्योति थापाले गरेकी थिइन् । कार्यक्रममा रमेशमान श्रेष्ठको सेट डिजाइन, छीरीङ भुटीयाको साउण्ड डिजाइन रहेको थियो ।
छायाँछबिले आयोजना गरेको कार्यक्रमका अध्यक्ष शान्तिप्रिय एवं स्टेरीङ कमीटीमा माधवराज खरेल, श्रीदेब भट्टराई, गोकर्ण लामीछाने, कमला जोशी, भीम पौडेल, राजन थापा, दीपक थापा रहेका थिए । अवार्डको सल्लाहकार भुवन चन्द, बसुन्धरा भूषाल, चैत्यदेबि एवं देबिका बन्दना हुनुहुन्थ्यो भने कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, लोक दोहोरी प्रतिष्ठानका पूर्ब अध्यक्षद्धय दुर्गा रायमाझी, चन्द्र शर्मा, गायिका देबिका बन्दना, साहित्यकार दामोदर पुडासैनि, कलाकार उत्तम केसी, अभिनेत्री मोडल जेबिका कार्की, संस्कतिकर्मी आर सी कोइराला, निर्देशक दीनेश कार्की, कलाकार गजति बिष्ट, मोडल मञ्जिता केसी सहित चलचित्रकर्र्मी एवं संगीतकर्मीको उपस्थिति रहेको थियो ।
अवार्ड बिजेताहरुः
उत्कृष्ट तीज गीत एरेञ्जर
विनय कार्की क्षेत्री – तिमी म नाचौं
उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
प्रकाश मिश्र – उनकै नाममा
उत्कृष्ट तीज गीत छायाँकार
मुकेश हुमागाई – के लाई पीर लीन्छौ
उत्कृष्ट तिज गीत भिडीयो सम्पादक
वीरेन्द्र भाट विपीन – रातो टिकैमा
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. सुरेन्द्र वसेल – तीजको उमङ्ग
उत्कृष्ट तीज गीत भीडीयो निर्देशक
श्रीजन बराल – नाँच मायाले
उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१. राहुल श्रेष्ठ – हवाइजहाज चडेर
उत्कृष्ट तीज गीत मोडल (महिला)
कविता न्यौपाने – नाँच मायाले
शिला गजुरेल – तीजको उमङ्ग (जुरी)
मौलीक तीज गीत मोडल
स्मारिका ढकाल – काली पसम की
उत्कृष्ट तीज दोहोरी गीत गायक
राजेश बर्देवा – नाच छम्म छम्म
उत्कृष्ट तीज दोहोरी गीत गायिका
अञ्जना सरु – तिमी म नाचौं
उत्कृष्ट तीज गीत शब्द
सुमन बैरागी पण्डित – आएन परदेशी
उत्कृष्ट मौलीक तीज गीत शब्द
लोकराज अधिकारी – गम्कीदे मादलु
उत्कृष्ट तीज गीत लय
शुकदेव अधिकारी – नाँच मायाले
उत्कृष्ट मौलीक तीज गीत लय
प्रेम सापकोटा सानु – काली पसम की
उत्कृष्ट तीज गीत नव–गायिका
संजीता खड्का – बालेनको शहर
उत्कृष्ट तीज गीत गायिका
शोभा पाण्डे – हरदनि पुजा गर्छु
विन्दु बिसी – रातो टिकैमा (जुरी)
उत्कृष्ट मौलीक तीज गीत गायिका
एलीना चौहान – गम्कीदे मादलु
प्रतिक्रिया