नेतान्याहुले बन्धक परिवारलाई माफी मागे, हमासलाई दबाब दिनुपर्ने बताए

इनेप्लिज २०८१ भदौ १८ गते ११:०१ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस सप्ताहन्तमा बरामद गरिएका छ जना मारिएका बन्धकहरूको परिवारसँग माफी मागेका छन्।

“म तपाईहरुसँग माफी माग्छु , हामी तपाईहरुका प्रियजनहरूलाई जीवित फिर्ता ल्याउन सफल भएनौं। हामी नजिक थियौं, तर हामी सफल भएनौं,” नेतान्याहुले सोमबार पत्रकार सम्मेलनमा भने।

नेतान्याहुले अगाडी भने इजरायली रक्षा बलहरूले इजिप्टको सिमानामा उपस्थिति कायम राख्नुपर्छ, तर उनले भने कि आईडिएफलाई त्यहाँ सेनाको “ठूलो” उपस्थिति आवश्यक छैन। यसका लागि सीमानाका सबै प्रमुख क्षेत्रमा सेनाको समूह चाहिन्छ, उनले भने। आइडिएफले युद्धको लक्ष्यमा पुग्न फिलाडेल्फी मार्ग (कोरिडोर)मा उपस्थिति कायम राख्नुपर्छ भन्ने कुरा पुन दोहोर्‍याएका छन् ।

अन्तर्राष्ट्रिय “दबाब” हमासमा निर्देशित हुनुपर्छ, इजरायललाई प्रति होइन ,नेतन्याहुले भने ।

“यी हत्याराहरूले हाम्रा छ जना बन्धकहरूलाई मृत्युदण्ड दिए, उनीहरूलाई टाउकोको पछाडि गोली हाने। र ,अब यसपछि हामीलाई गम्भीरता देखाउन भनिएको छ, हामीलाई छुट दिन भनिएको छ? यसले हमासलाई के सन्देश दिन्छ?” उनले भने ।

हमासका सेनाका प्रवक्ताले नयाँ विज्ञप्तिमा इजरायली बन्धकहरूलाई बल प्रयोग गरेर मुक्त गरिने बताएका छन्।

प्रतिक्रिया