काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘तिम्रै नाम जप्न पाऔ’ सार्वजनिक भएको छ । टेक विसी र जुनु गौतमको स्वर, भीम बिसीको संगीत र कुमार रानाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा टेक विसी र रस्मिता तामाङलाई फिचरिङ गरिएको छ । गीत आफूले माया गरेको प्रेमिलाई समर्पित गरिएको छ । ‘सधैंभरि यसैगरी तिम्रै हुन पाउँ । मरि गए यो जीवन तिम्रै नाम गर्न पाउँ’ गीतमा भनिएको छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । प्रकाश खड्का र टिमको छायांकन रहेको भिडियोलाई बि(स्टार फिल्मसले सम्पादन गरेको हो ।
गीत यस्तो छ
केटा/केटी
तिमीले गाउने गीत मसँगै गाउनु है । तिमीले लाउने प्रित मसँगै लाउनु है ।
केटा
सधैंभरि यसैगरी तिम्रै हुन पाउँ । मरि गए यो जीवन तिम्रै नाम गर्न पाउँ ।2
केटा/केटी
तिमीलाई चोट लाग्दा मलाई पनि दुखेको छ । तिम्रो सामु सबै आँसु पलभरमैं सुकेको छ ।२
केटा
सधैंभरि यसैगरी तिमीलाई माया लाउ। मरि गए यो जीवन तिम्रै नाम गर्न पाउँ । 2
केटी/केटी
यो मनले चाहेको कुरा तिमीभित्रै पाए मैले
तिम्रै भरमा बाँचेको छु । छाडि नजानु है कहिले २
केटी
सधैंभरि यसैगरी तिमीलाई माया लाउ। मरि गए यो जीवन तिम्रै गुण गाऊ । मरि गए यो जीवन तिम्रै नाम गर्न पाउँ ।
प्रतिक्रिया