अमेरिकी मेगा मिलियन्स चिट्ठा २५ औ पटक सम्म कसैलाई परेन , भाग्यशालीले ६८१ मिलियन डलर जित्ने

इनेप्लिज २०८१ भदौ १५ गते २०:१५ मा प्रकाशित

अमेरिकी मेगा मिलियन्स चिट्ठा २५ औ पटक सम्म कसैलाई नपरेकोले अबका महा भाग्यशालीले ६८१ मिलियन डलर जित्ने भएका छन् ।

मेगा मिलियन चिट्ठाका अनुसार लगभग तीन महिना कुनै पनि विजेता घोषणा नगरिए पछि उक्त चिट्ठाको मूल्य वृद्धि भै अनुमानित ६८१ मिलियन पुगेको छ। जुन मेगा मिलियन खेलको इतिहासमा सबैभन्दा ठूलो मध्ये एक हो। मेगा मिलियन्सका अनुसार एक इलिनोइस खेलाडीले ५५२ मिलियन जितिसकेपछि यो चिट्ठा लगातार २५ औ पटक सम्म पनि कसैले सबै अङ्क मिलाएका छैनन् । चिट्ठा जित्ने सम्भावना ३०२ ,५७५,३५० मा १ हुने मेगा मिलियन्सले जनाएको छ ।

अर्को चिट्ठा सेप्टेम्बर ४ मा खोलिने छ। खेलको इतिहासमा सातौं-ठूलो चिट्ठा हो भने सेप्टेम्बर महिनामा बिजेताले सबैभन्दा ठूलो मेगा मिलियन्स पुरस्कार घर लानेछन् ।

विजेताले नगद पुरस्कार लिन चाहेमा ३३६. १ मिलियन डलर लान सक्नेछन् । अथवा बिजेताले ३० बर्षको लागि वार्षिक भुक्तानी पनि स्वीकार गर्न सक्छन्।

यस वर्ष केवल दुई अन्य व्यक्तिले मेगा मिलियन्स चिट्ठा जितेका छन् ।

प्रतिक्रिया