अमेरिकाको एरिजोना राज्यको वेल्स फार्गो बैंकको आफ्नै कार्यालयको लेखनपीठ(डेस्क)मा महिला कर्मचारी मृत फेला फेला पारिएको प्रहरीले बताएको छ ।
सिएनएनका अनुसार वेल्स फार्गो कर्मचारी अन्तिम पटक काममा गएको दिन पछि उनको लेखनपीठ मृत फेला पारिएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।
एरिजोनाको निगम कार्यालय( कर्पोरेट अफिस)मा वेल्स फार्गोको कर्मचारीले गत शुक्रबार बिहान उनको अन्तिम पटकको आफ्नो पालो सकिए पछि उनले समय प्रणालीमा (क्लक आउट )समय सकिएको जनाइन । तर उनको शव चार दिन पछि उनको कार्यालयले हरेक कर्मचारीलाई छुट्याएको कम गर्ने घनाकार लेखनपीठ (क्युबिकल डेस्क)मा फेला पारेको थियो।
उनको सप्ताहन्तको समयमा मृत्यु भएको टेम्पी प्रहरी बिभागले जनाएको छ । ६० वर्षीया डेनिस प्रुधोम्मे टेम्पी वेल्स फार्गोमा काम गर्थिन । अगस्त १६ का दिन बिहान ७ बजे उनि भवनमा प्रवेश गरेकी थिइन्।
अगस्त २० मा उनि काम गर्ने स्थानमा भवनको तेस्रो तल्लामा रहेको कार्यलयमा मृत फेला पारेको प्रहरीलाई खबर गरिएको अधिकारीहरूले भने। प्रुधोम्मेलाई अपरान्ह ४ः५५ बजे मृत घोषणा गरिएको टेम्पी प्रहरीले जनाएको छ ।
वेल्स फार्गोले प्रुधोम्मेको मृत्यु पछि आफ्ना कर्मचारीहरूको सुरक्षा र कल्याणका सम्बन्धमा आन्तरिक प्रक्रियाहरूको समीक्षा गरिरहेको छ।
प्रतिक्रिया